शुक्रबार, वैशाख १४, २०८१

भाग्न खोज्दा चितुवाको काखैमा मृग

डेन हून२०७८ जेठ १७ गते १८:०१

दुबै जंगलका दक्ष धावक हुन्, मृग (ईम्पाला) र चितुवा (चित्त) । तर यहाँ भोको चितुवाले मृगलाई झ्याप्पै फेला पार्छ । चितुवाबाट भाग्न खोजेको मृग उल्टै चितुवाको कामखा पुग्छ । उसले आक्रमण गर्न खोज्दा चितुवामाथिबाट अर्थात् चितुवालाई नाघेर भाग्न खोजेको बेला चितुवाले झयाप्पै समात्छ ।

इम्पाला (मृग) को झुण्ड दक्षिण अफ्रिकाको पिलानेसबर्ग राष्ट्रिय निकुञ्जमा जेब्रा र केही गिनिया पक्षी (कुखुराको जाती) सित पानी पिईरहेका थिए । कताबाट आयो भन्ने पत्तो नदिईकनै भोकाएको चितुवा देखापर्‍यो । उसले बथानलाई तितरबितर पार्न बथानमाथि आक्रमण गर्‍यो ।

मृगहरु मध्ये एउटा सिधा चितुवाकै बाटोमा दगुरेर भाग्न कोशिस गर्‍यो । आफू भाग्न खोज्दा चितुवालाई बाधा पुर्‍याउने प्रयास गर्‍यो । भाग्नकोलागि फट्किएको मृगलाई चितुवाले आकाशमै रोकिदियो । अघिल्ला खुट्टा च्याप्प समात्यो, हावामै रोकेर उसले भुइँमा बजार्‍यो । चितुवाका डमररुहरु आएर लुछुनु अघि चितुवाले भुइमा बजारेर हलचल गर्न नसक्ने बनाउन खोज्यो ।

चितुवाले भुइँमा म्रिगलाई लड्बडायो, धसार्‍यो केहिबेर । धुलो हटाउन खोज्यो मृगको शरिरको । धूलो झरेपछि चितुवाका दुई डमरु आएर मृग तान्न थाले । तिनले मारेको ठाउँबाट मृगलाई घसार्दै पर कतै लैजान खोजे ।

फोटोग्राफर डेन हून द्वारा खिचिएका तस्विर हुन् यि । उनले यो सम्पूर्ण प्रक्रिया जम्मा ५८ सेकेन्डमात्रै खिचेको उल्लेख गर्दै भनेका छन् “मेरो जिवनको सबैभन्दा लामो ५८ सेकेण्डको वर्णन’ ।

तपाइँको प्रतिक्रिया