शुक्रबार, वैशाख १४, २०८१

फ्रान्समा जेल भरिभराउ, कैदी नअटाएर समय अघिनै रिहाईको सुझाव

नेपालप्लस संवाददाता२०७८ जेठ १८ गते १५:११

Photo Credit-prison-insider.com

फ्रान्सेली कारागारहरूलाई कोभिडको व्यापक प्रकोपले छोएको छ । विश्वमा अन्यत्र कतै यस्तो अवस्था देखिएको छैन । मुख्यतया बन्दीहरूको स्वतन्त्रतामा प्रतिबन्धको कारणले फ्रान्सलाई सताएको छ । जेलको पर्खाल भित्र जनसंख्या वृद्धि हुँदै गइरहेको बेला फ्रान्सका जेल नियन्त्रकले खतराको घण्टि बजाईरहेका छन् ‘कैदीहरुलाई छिटो छुटाउ नत्रभने हामीसित अब खाली ठाउँ छैन ।’

“मलाई थाह छ तपाईलाई जेल सजाय छ । तर कोरोनाबाट संक्रमित हुनु, मुसा र साङ्लासँग बस्नको लागि होइन” फ्रान्सका जेल नियन्त्रक डोमिनिक सिमोनटले भनेकी थिइन् जहाँ उनी राष्ट्रपतिद्वारा नियुक्त गरिएकी थिइन् । उनी कैदीहरुकालागि वकालत गर्छिन् ।

सन् २०२० को नोभेम्बरमा आफ्नो पद ग्रहण गर्दा सिमोनटको प्राथमिकता कोविड थियो । त्यो बेला जेलमा भिड थियो । अवरुद्ध सुविधाहरूमा कोरोना फैलिनबाट जोगिईन् र कैदीहरुलाई जोगाउन काम गरिन् । भाइरसको ढिलो प्रसारण होस् भनेर अपनाईेका उपायहरूको प्रभावलाई सम्बोधन गर्नुपनि उनको जिम्मेवारि थियो ।

कोभिडका नयाँ स्वरुप वा समूहहरू हालै धेरै जेलहरूमा पहिचान गरिएको छ । टुर भन्ने सानो शहरको जेलले २०६ कैदी र केही गार्डहरू मध्ये एक चौथाईमा मार्चको सुरुमा कोरोना सकारात्मक परीक्षण भेटिएपछि बन्दीहरू राख्न अस्विकार गरेको छ ।

तर एक वर्ष पहिले महामारीको सुरुवात पछि जेलका नियमहरुमा अधिक विसंगति भएको शुरु भैसकेको थियो ।

सिमोनटले भनिन् “यो चमत्कारको कुरा हो कि कोविडले धेरै कुरा समाबेश गर्नुपर्ने भएको छ । कारागारहरूमा कैदीहरूलाई कोरोनाले गर्दा कडा तनावको रूप लिएको छ ।”
जेलमा भ्रमण प्रतिबन्धित गरिएको छ । काँचका सिसाहरु थपेर थप पर्खाल वा बाराहरु बनाइएका छन् । कोठाहरु विभाजन गरेर परिवारलाई छुट्याइएको छ । कैदीहरू बिभाजित गरिएको छ । परिवार छुट्याइदिँदा परिवारका सदस्यहरु एकापसका कुरा सुन्नको लागि चिच्याइन्छन् । बच्चाहरूलाई अब केहि सुविधाहरू दिन वा लिन भेटघाटको अनुमति छैन। सिमोनटले भनिन् “भ्रमणहरू नरक भइसकेका छन् ।”

जेलभित्रको काम, शैक्षिक पाठ्यक्रम र प्रशिक्षण कार्यक्रम निलम्बित गरिएको छ । केही जेलहरूमा कैदीहरू बाहेकबाट बच्नको लागि बाहिरी समय तोकेर सीमित पारिएको छ। एक अर्कोमा मिसिन रोक लगाइएको छ ।

“व्यक्तिहरु एउटा कक्षमा दिनको २३ घण्टा हुन्छन् । जब कोठामा तीनैजना हुन्छन् तब यो भयानक हुन्छ ” सिमोनटले भनिन् “जेलको क्षमता सयमा ११६ पुगिसकेको छ ।” पहिले नै भीडभाड भएको स्थितिमा कैदीहरू ससाना कोठामा बस्न बाध्य छन्, ससाना सुविधाबाटपनि बञ्चित छन् जहाँ सेनिटरीको ब्यवस्थासम्म छैन् ।”

“हामीले केही बिल्कुल हताश पत्रहरू प्राप्त गर्दै आएका छौं” सिमोनट थप्छिन् । उनले अन्य टोलीसँग नियमित रूपमा नजरबन्द केन्द्रहरूको निरीक्षण गर्दै आएकि छिन् ।

उनको शक्ति र पहुँच सीमित छ । नियन्त्रणकर्ताको जिम्मेवारी सन् २००७ मा सिर्जना गरिएको थियो जसको काम परामर्शदाता हो । उनले न्याय मन्त्रालय, सांसद र स्थानिय न्यायधिशलाई प्रतिवेदन र सिफारिसहरू दिन सक्छिन् ।

“कहिलेकाहिं उनीहरूले हाम्रो कुरा सुन्छन् । कहिले एकरत्ती सुनुवाई हुन्न” उनले भनिन् । तर उनको एक शक्तिशाली उपकरण छ : मेडिया ।

जेलका घटनाहरुलाई मेडियामा सार्वजनिक गर्ने पूर्व पत्रकार सिमोनटलाई जानकारी छ, कैदीका दुख र जेलका सूचनाहरुलाई कसरि सार्वजनिक गर्ने । उनले सरकार र सांसदहरूलाई परिवर्तनकालागि दबाब स्रिजना गर्न सक्छिन् । र उनी कोविडसँग संवन्धित घटना र त्यसबाट जेलमा उत्पन्न समस्यालाईपनि सुल्झाउन कोसिस गर्दै छिन् ।

सन् २०२० को मार्च अर्थात् महामारीको सुरुमा अधिकारीहरूले न्यायाधीशहरुलाई वैकल्पिक वाक्य प्रयोग गर्न प्रोत्साहित गरेका थिए । र न्याय मन्त्रालयले दुई महिना वा सोभन्दा कम समय बस्नुपर्ने बाँकी कैदीहरुलाई छिटो रिहा गर्न अनुमति दिएको थियो ।

महामारी पूर्व अर्थात् जनावरी सन् २०२० सम्म जेलमा कैदीको संख्या ७०,६५१ थियो । तर जुलाईमा ५८,६२१ थिए ।

यो संख्या फेरि बढ्दै गइरहेको छ । एक महिनामा १,००० नयाँ कैदीहरू थपिएका छन् । यसले जेलमा भएको भिडलाई मात्रै बढाएको नभएर त्यसले गर्दा गैरजिम्मेवारपनि बनाइदिएको छ ।

मार्चको शुरुमा सिमोनेटले कैदीहरुलाई समय अघिनै छिटो छुटाउन फेरि पत्र लेखेकि थिईन ।

तर राजनीतिक अवस्था अहिले एक वर्ष अघिको जस्तो छैन । राष्ट्रपति चुनावको एक वर्ष अगाडि जहाँ राष्ट्रपति इमानुएल माख्रोलाई दोस्रो चरणमा एकदमै टक्कर दिने भनिएकि अति दक्षिणपन्थी सिद्दान्तकी उमेदवार मरीन ल पेनको बिरूद्ध उभिनु छ । त्यसैले चुनावको अगाडि वर्तमान न्यायमन्त्रीले गत साल जस्तै निर्णय गर्ने सम्भावना कम नै छ ।

“हामी दुर्भाग्यवश चुनावको अवधिमा प्रवेश गर्दैछौं । र माख्रोंको पार्टीले दक्षिणपन्थी उमेदवार, प्रतिद्वन्दीलाई चुनावी हतियार दिन चाहँदैन” सिमोनटले भनिन् ।

कैदीहरूलाई रिहा गर्ने वा उनीहरूलाई खोपका लागि प्राथमिकताको समूहमा राख्ने जस्ता कार्य उचित भए पनि दक्षिणपन्थी दलले हतियार, चुनावी मुद्दा बनाउने डर राष्ट्रपती, उनको दललाई छ ।

केहि मानिसहरु जेल जिवनको अन्तिम समयतिर छन् । केहि हप्तामात्रै बाँकि छ । “हामीले आतंकवादी वा हिंस्रक व्यक्तिहरूलाई रिहा गर्दै छैनौं ” सिमोनटले भनिन् “रिहा गरिएका कैदीहरू आफ्नो जेल सजाय समाप्त नभएसम्म तिनको निगरानी गर्ने न्यायाधीशहरूको नियन्त्रणमा रहन्छन् । यो गैरजिम्मेवार उपाय होइन । तर तिनलाई छुटाउन नसक्नु नै निराशा हो”।

कैदीहरूलाई गुनासो गर्ने अधिकार

सिमोनटले छोटो अवधिमा कुनै परिवर्तनको आशा गर्दिनन् । तर उनी जेल सजायप्रति बढी सामान्यीकृत दृष्टिकोण परिवर्तन गर्नुपर्ने ठान्छिन् । जेलमा राख्नुको सट्टा सामुदायिक सेवा प्रयोग गर्न न्यायाधीशहरुलाई प्रोत्साहित गर्छिन् ।

फ्रान्सेली कारागारमा लामो समयदेखि भीडभाड र जेलको अवस्थामा समस्या थियो ।

केही कैदीहरूले आफ्नो अवस्थालाई मानव अधिकारको युरोपेली अदालतमा पुर्‍याए । युरोपेली अदालतले कैदीहरुलाई फ्रान्सले दयनिय अवस्थामा राखेको आरोप लगायो ।

त्यसलगत्तै गत मार्च महिना संसदले संवैधानिक परिषद्को दबाबमा एक कानून पारित गर्‍यो । त्यसले दण्ड संहितामा भएको बुँदालाई खारेज गर्ने आदेश दियो जसले नराम्रो जेल सजायको निन्दा गर्नबाट रोकेको थियो । कैदीहरूले अब आधिकारिक गुनासो पेश गर्न सक्छन्, जुन उनीहरूले पहिले गर्न सक्दैनथे । त्यसलाई सिमोनेटले जेल सुधारको एक सामान्य प्रगती मानेकि छन् ।

फ्रान्सले सन् २०१६ मै १० हजार कैदीकालागि नयाँ ठाउँ बनाउनुपर्ने थियो । त्यो बेलाका प्रधानमन्त्री मानुएल भाल्सले लगभग १५ हजार सम्भावित आतंकवादी संदिग्ध व्यक्तिहरूलाई निगरानी गरिरहेकोपनि बताएका थिए ।

१५ हजार ब्यक्ति कट्टरपन्थीकरणको प्रक्रियामा रहेको र लगभग १,४०० व्यक्ति विभिन्न कथित आतंककारी अपराध सम्बन्धी अनुसन्धानको दायरामा रहेकोपनि उनले टिभी र रेडियोलाई अन्तर्वार्तामा बताएका थिए ।

भाल्सले त्यो बेलानै स्वीकार गरेका थिए, फ्रान्सले आफ्नो कारागार क्षमतालाई आउँदो वर्षहरुमा ठूलो रुपमा बृद्धि गर्नुपर्नेछ जसले गर्दा फ्रान्सको सुरक्षामा खतरा हुने व्यक्तिहरुको संख्यालाई ब्यवस्थापन गर्न सक्ने छ ।

“हामीलाई थाहा छ कि १० वर्षमा जेलमा १०,००० ठाउँहरू निर्माण गर्न आवश्यक हुने छ” भाल्सले भनेका थिए ।

भाल्सको थप भनाई थियो “फ्रान्सले सामना गर्नुपरेको समस्या यो हो कि जेलको जनसंख्या १५ हजार छ र कट्टरपन्थीहरूको खतराको कारण १०,००० पर्याप्त हुँदैन ।”

फ्रान्सको जेल प्रणाली पहिलेदेखि नै संकटमा छ । किनकी फ्रान्सको जेलमा पहिले भन्दा धेरै कैदी छन् । र त्यो संख्या बढिरहेको छ ।

सन् २०१६ को जुलाईमा अधिकारीहरूले ६९,३७५ कैदीहरू गन्ती गरे जबकि फ्रान्सका १८८ वटा जेलहरुमा जम्मा ५८,३११ जनाको क्षमता मात्रै थियो ।

प्रधानमन्त्री भाल्सले इस्लामी कट्टरपन्थी र आतंकवादीकालागि मात्रै भनेर फरक जेल बनाउने चाहनापनि राखेका थिए ।

तपाइँको प्रतिक्रिया