बिहीबार, वैशाख १३, २०८१

स्विजरल्याण्डमा जमीनमुनिबाट सामान ओसारपसार हुने

नेपालप्लस न्युज डेस्क२०७८ जेठ १९ गते १२:३०

स्विजरल्याण्डको सरकारले जमिनमुनिबाट सामान ओसारपसार गर्ने महत्वाकांक्षी योजना ल्याएको छ । निजी क्षेत्रको निकै सक्रियतातापूर्वक सहभागिता रहेको सामान ओसारपसार गर्ने गाडीहरु मार्फत् जमीनमुनिबाट चौबिसै घण्टा चलाउने योजना स्विस सरकारले ल्याएको हो ।

पहिल्यैदेखि सुरुङहरु खन्दै ल्याइ एको स्विजरल्याण्डमा कार्गो ओसारपसार गर्न थप ५ सय किलोमिटर सुरुङ खन्न प्रस्तावित गरिएको छ । सम्बन्धित प्रदेश सरकार र संघिय संसदमा यस सम्बन्धी अवधारणा पेश गरिएको छ ।

सन् २०४५ सम्म पूरा हुने योजना बनाइएको यो अवधारणा क्षेत्रीय योजना मन्त्री सिमोनेता सोमारुगाले प्रस्तुत गर्दै भनेकी छिन् ‘निजी क्षेत्रको लगानी रहेको कार्गो व्यवसायलाई थप बलियो बनाउन, आपूर्तिलाई सहज बनाउन र सामान ओसारपसार गर्ने काम छिटो, छरितो गरी अरु व्यवसायलाई असर नपार्नको निम्ति यो योजना ल्याएको हो ।’

तपाइँको प्रतिक्रिया

फेसबुक