शनिबार, वैशाख १५, २०८१

समुद्रमा माछा भन्दा प्लास्टिकका फोहोर बढ्दै

नेपालप्लस संवाददाता२०७८ जेठ २० गते ११:१०

सन् २०१९ मा खाली बोतलहरु र अन्य प्लास्टिक फोहरले लेबनानाको बेरुतस्थित ओजाइ समुद्री किनार ढाकेको तस्विर । Photo-pewtrusts.org

प्लास्टिकका फोहोरहरु नदी र समुद्रमा थुप्रिने क्रम अहिलेकै अवस्थामा जारि रहे सन् २०५० सम्ममा समुद्र र महासागरमा माछा भन्दा प्लास्टिकका फोहोर बढिहुने अध्ययनले देखाएको छ । वर्ल्ड इकोनोमिक फोरमको रिपोर्टले यस्तो चेतावनी दिएको हो ।

उनीहरुको अध्ययन अनुसार महासागरहरूमा प्लास्टिक फोहोर प्राय: तटको नजिक जम्मा भएका छन् । स्विजरल्याण्डको राजधानी बर्नका अन्वेषकहरूका अनुसार समुद्रलाई प्रदूषित गर्ने अधिकांश प्लास्टिकको फोहोर खुला समुद्रमा नभई समुद्री तटको दश किलोमिटर भित्र थुप्रिएका छन् ।

“हामीले गणना गरेका सबै परिदृश्यहरूमा समुद्रमा तैरिएको प्लास्टिकहरु मध्ये ८० प्रतिशत समुद्रको किनारबाट १० किलोमिटरकै वरिपरि जम्मा भएका छन्” यस अध्ययनका प्रमुख लेखक भिक्टर ओनिंकले बर्न विश्वविद्यालयको विज्ञप्तिमा भनेका छन् ।

वातावरणीय अनुसन्धान संवन्धि पत्र पत्रिकामा प्रकाशित ठूला अध्ययन र रिपोर्टले फोहोर समुद्रका बहाव, भित्रि भागहरुमा घुमिरहन्छन्, छिरोलिइरहन्छन्, समुद्री धारहरुमा चलायमान भैरहन्छन्, ज्वारभाटासितै घुमिरहन्छन् भन्ने देखाएको थियो । बर्न विश्वविद्यालयको रिपोर्टले ति अध्ययन र प्रकाशन, प्रशारणहरुलाई चुनौति दिएको छ ।

यो खुल्ला समुद्रमा पुग्न त सक्दैन नै, एक तिहाई प्लास्टिक फोहोरहरु समुद्री तटमा गएर थेग्रिन्छन् अथवा फस्छन् । ति प्लास्टिकका फोहोरहरु समुद्री तटको लामो भागमा फसेको देखिन्छन् ।

फोहोर यसरि समुद्री तटमा थुप्रिनाले गम्भिर वातावरणीय परिणामहरू हुने बैज्ञानिकहरुले चेतावनी दिएका छन् । किनभने तटीय जिव परिव्रित्ति प्रणाली (इकोसिस्टम) हरू विशेष गरी प्लास्टिक प्रदूषणप्रति संवेदनशील हुन्छन् । उनीहरूले प्रदूषित तटहरूले नाटकीय रूपमा पर्यटनको लागि आफ्नो मूल्य गुमाउँनेपनि औंल्याएका छन् ।

माछा भन्दा बढी प्लास्टिक

प्रत्येक वर्ष एक करोड देखि एक करोड ३० लाख टन प्लास्टिकको फोहोर समुद्रमा प्रवेश गर्दछन् । समुद्री जीवनका साथै समुद्री तटीय इकोसिस्टमका लागि नतिजा आएको यो मुद्दा प्रमुख वातावरणीय चिन्ताको विषय भएको छ ।

यदि हालको अवस्था जारी रह्यो भने सन् २०५० सम्ममा महासागरमा माछाभन्दा बढी प्लास्टिक हुने भविषवाणी सन् २०१६ मा वर्ल्ड इकोनोमिक फोरमले गरेको थियो ।
समुद्र सफा गर्ने प्रयास जारि छन् । तर बर्न विश्वविध्यालयको अनुसन्धानको परिणामले ति प्रयासहरु अपर्यात रहेको उल्लेख छ ।

“प्लास्टिक थुप्रिने क्रम खुला समुद्रमा तुलनात्मक रूपमा कम देखिन्छ” बर्न विश्वविध्यालयका अन्वेशकले भनेका छन् । उनको भनाईमा समुद्र सफा गर्ने स्रोत र परियोजनाहरु साँच्चिकै प्रभावकारी ढंगले प्रयोग भइरहेको छ भन्नेमा अचम्मित मान्नुपर्ने अवस्था छ । बरु समुद्रमा प्लास्टिकका फोहोर पुग्न नदिने उत्तम समाधान भनेको प्लास्टिकलाई पहिलो स्थानबाटै खुला समुद्रमा पुग्नबाट रोक्नु हो । उदाहरणका लागि ठूला नदीहरूबाट प्लास्टिकहरु झिक्नुपर्छ वा प्लास्टिकलाई नदीका किनाराहरूबाटै हटाउनुपर्छ र ति अन्तत बग्दै बग्दै समुद्रमा पुग्नबाट रोकिन्छन् ।

आश्चर्यजनक कुरा के छ भने सामान्यतया प्लास्टिकको फोहोर धेरै भएका विश्वका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित समुद्री किनारमा पर्दछन् । यो अध्ययनले देखाएको हो । यसमा दक्षिण-पूर्वी एशिया र भूमध्यसागरीय क्षेत्र सामेल छन् । त्यसमा नाईल नदीबाट प्रवेश गर्ने प्रदूषण दोब्बर छ ।

कम प्रभावित क्षेत्रहरू सामान्यतया प्रिथ्वीको ध्रुबिय क्षेत्र, चिलीको समुद्री तट र अष्ट्रेलियाली क्षेत्रका केही भागहरू छन् जुन कम जनसंख्या भएका क्षेत्रहरू हुन् ।

तपाइँको प्रतिक्रिया