शनिबार, वैशाख ८, २०८१

अंग्रेजीमा अनुवादित फ्रान्सेली उपन्यासलाई ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार’

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ जेठ २० गते ११:४२

फोटोमा दायाँतिरका लेखक र बायाँतिरकी अनुवादक आना

फ्रान्सेली उपन्यासकार डेभिड दीपले बुधवार उपन्यास “एट नाईट अल ब्लड इज ब्ल्याक” अंग्रेजीमा अनुवाद गरिएko पुस्तकको लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेका छन् ।

पेरिसमा जन्मिएका लेखक यो पुरस्कार पाउने पहिलो फ्रान्सेली विजेता बने जुन अंग्रेजीमा अनुवाद गरिएको पुस्तकको लागि पुरस्कृत गरियो । यो पुस्तक बेलायती प्रकाशकले प्रकाशित गरेको हो । मध्य बेलायतको कोभेन्ट्री क्याथेड्रलबाट अनलाइन प्रसारण समारोहमा हिजो विधवार पुरस्कार घोषणा गरिएको थियो ।

पुरस्कार छनौट समूहकी निर्णायक लुसी हुग-हालेटले भनेकि छन् “यो पुस्तकको युद्ध, प्रेम र बौलाहापनको कथामा डरलाग्दो शक्ति छ ।”

“हामी निर्णायकहरु सहमत भयौं कि यसको अविभाज्य गद्य पक्ष र जेलको अन्धकारको पाटो, चम्किलो दर्शनले हाम्रा भावनाहरूलाई छोप्यो, डोर्‍यायो र हाम्रो दिमागलाई उडायो । यो पुस्तकले हामीमा जादू गरीरहेको छ” निर्णायक मण्डलले भनेको छ ।

“यो पुरस्कार पाउँदा म धेरै खुसी छु” दीपले आफ्नो भाषा फ्रान्सेलीमा एएफपीलाई भने “यो मेरो लागि ज्यादै रोचक र सन्तोषजनक छ । यसले वास्तवमै के देखाउँदछ भने साहित्यको कुनै सीमा हुँदैन ।”

पुस्तकका अनुवादक अन्ना मोसचोवाकिसले पुरस्कारको आधा हिस्सा ५० हजार स्टर्लिङ पाउण्ड (नेरु करिब ८३ लाख) पुरस्कार जीतिन् जसले अनुवादकहरूको प्रमुख भूमिकालाई मान्यता दिन्छ ।

उनले भनिन्, “मलाई आश्चर्यले छोप्यो । म यस पुस्तकसित अझ धेरै मानिसको जम्काभेट हुन्छ भनेर अझ उत्साहित छु । यसको अनुवाद गर्न सक्षम भएकोमा म धेरै भाग्यशाली महसुस गर्छु।”

“अनुवाद न त एक्लो न दुई व्यक्तिको काम हो । यो लेखक, अनुवादक र पुस्तकको बीचमा एक किसिमको सहयोग हो जुन काम मलाई लाग्छ जहिलेपनि धेरै उत्साहजनक हुन्छ” उनले थपिन् ।

दीपको उपन्यासले पहिलो विश्वयुद्धको खाडलमा दुई सेनेगाली सैनिकहरू फ्रान्सको लागि लड्दै गरेको कथा बताउँछ । जब एक जना माडेम्बा मारिन्छ, अर्को अल्फा अझ ठूलो हिंसा र पागलपनमा पुग्छ ।

सेनेगलमा हुर्केका दीप आफ्नो सेनेगलका हजुरबुबाले युद्धमा लडे पनि उनले आफ्ना अनुभवहरूका बारेमा कहिल्यै पनि कुरा नगरेको तथ्यबाट प्रभावित भए ।

यो पुस्तक पहिलो पटक सन् २०१८ मा फ्रान्सेली शीर्षक “फ्रेर दाम” (शाब्दिक अर्थमा भाईको आत्मा) एक शब्दको नाटकको रुपमा प्रकाशित भएको थियो । किनभने यसको शब्द “फ्रेर दार्म्स (हतियारयुक्त भाई), वा ब्रदर्स इन आर्म्स (हतियारधारी दाजुभाई)’ जस्तो देखिन्छ ।

मोश्चोभाकिसले “सुन्दर पुन्” राम्रो नाम भएपनि त्यो नामको अनुवाद अंग्रेजीमा दुरुस्तै गर्न कठिन पर्ने भएकाले अंग्रेजीमा शीर्षक परिवर्तन गर्ने निर्णय गरेको उल्लेख गरेकि छन् ।

लन्डनमा रहेको यस पुस्तकको प्रकाशक पुष्किन प्रेसले ट्वीट गरेको छ : “डेभिड दीप र उनका अनुवादक अन्ना मोसचोवाकिसमाथि हाम्रो चकितपूर्ण गर्व छ ।”

यो अन्तर्राष्ट्रिय बुकर पुरस्कार, पहिले म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार भनेर चिनिन्थ्यो । यो पुरस्कार सन् २००५ देखि चलिरहेको छ जुनबेला यो अल्बेनियाली लेखक इस्माईल कादारेले जितेका थिए ।

यो बुकर पुरस्कार अंग्रेजीमा लेखिएको पुस्तकलाई दिईने बुकर पुरस्कारकै एक हाँगा हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक