बिहीबार, वैशाख १३, २०८१

श्रीलंकाको रासायनिक कार्गो जहाज समुद्रमा डुब्दा ‘ठूलो वातावरणीय संकट’

नेपालप्लस संवाददाता२०७८ जेठ २० गते २३:४१

Sri Lanka Airforce Media/Handout via REUTERS

टनका टन रसायन बोकेको एउटा मालवाहक जहाज श्रीलंकाको पश्चिमी तटमा डुब्दा लाखौंको क्षती र समुद्रका सयौं जिवलाई असर पुगेको छ । श्रीलंकाली सरकार र नौसेनाले बुधबार साँझ बताएको भन्दै फ्रंस न्युज २४ ले आज बिहिवार जनाएको हो । यो दूर्घटनालाई श्रीलंकाको सबैभन्दा खराब समुद्री प्रकोपमध्ये एक भनिएको छ ।

सिंगापुरमा दर्ता गरिएको एमभी एक्स-प्रेस पर्ल जहाजमा १४८६ कन्टेनरसहित २५ टन नाइट्रिक एसिडलगायत अन्य केमिकल र सौन्दर्यका सामाग्रिहरु थिए ।

विज्ञहरूले प्लास्टिकका टुक्राहरू टापुको तटीय रेखा र समृद्ध माछा मार्ने मैदानमा डुबेको बताएका छन् । उनीहरुले यसलाई पछिल्ला दशकहरुमा सबैभन्दा ठूलो वातावरणीय संकट मध्ये एक सिर्जना भएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया