बुधबार, असार २, २०७८

मैनबत्तीको कथा

मणिकुमार श्रेष्ठ सिजन२०७८ जेठ २१ गते ११:३६

गाउँका सबै ठिटाहरु एक आपसमा कुरा गरिरहेको हुन्छन् । भदौको पारिलो घाममा मकैको थ्याप्लो पेटमा सकिन नपाउँदै उनीहरुले कोदाको रोटी खाने अपेक्षा गरेका छन् । यसरी कोदाको रोटीसँगै गाउँमा नै दिदीहरुले पेवाको रुपमा बनाइएको तिनपाने पनि पिउने रहर जागेको छ सानेलाई ।

साने गाउँको सोझो ठिटो मध्ये एक थियो । उसको उक्सावटमा कोही पनि केटाहरु लाग्दैन थियो । बरु अरुको उक्सावटमा उसले विभिन्न प्रकारका कामहरु गरिरहेको थियो । जुन कामले उसको परिवार र समाजलाई नै नराम्ररी असर परेको थियो । यो समयमा उसको उमेरको हिसाबले कुरा गर्ने हो भने १२–१३ वर्षसम्म रहन गयो । त्यहाँदेखि उसले अरुको उक्सावटमा काम गर्न छाडेको पनि वर्षौ भइसकेको छ । केवल अहिले उ सरसल्लाह र छलफलबाट मात्र काम गर्ने गरेको छ ।

यसरी दिनहरु बित्दै गए । रातहरु वित्तै गए । महिना हुँदै वर्ष अनि एक कोरी दुई कोरीको नजिक पुगेको छ उसको उमेर । उसले उमेरमा विभिन्न प्रकारका नराम्रा कामहरु गरेको थियो । साथी संगतीको कारणले गर्दा उसले यस प्रकारको काम गरेको थियो । उसको दिमाग सामन्यतः अरुको भन्दा अलिक बोधो किसिमको थियो । तर अलिक जिद्धी स्वभावको थियो उ । विहानीको लालीकिरण झैं उसका जवानीको पनि प्वाँख पलाएको थियो । उ पनि अरु साथीहरुको लहैलहैमा गाउँको खेताला गोठालो गर्ने गरेको थियो । यसरी उसले गरेको क्रियाकलापहरु गाउँमा निकै चर्चाको विषय बनेको थियो कहिलेकाहिँ । उसले जिन्दगीमो कहिले पनि प्रथम हुने जमर्को गरेन किनकि उसलाई एक नम्बर खासै रुची पर्दैन थियो ।

उसले के भन्ने गर्दथ्यो भने कि त शुन्य लिनु कि त दुई अंकको नम्बर लिनु भन्ने थियो । सायद पुर्खाको नासो हुनसक्छ । उसले जिन्दगीमा प्रथम नभए पनि सबैभन्दा बढि नम्बर जिन्दगीमा धेरैपटक ल्याएको छ । चाहे आमाको नजर होस, चाहे शिक्षकको नजरमा होस, चाहे साथीको नजरमा होस, चाहे प्रेमिकाको नजरमा होस या त उसकी श्रीमतिको नजरमा होस धेरै पटक प्रथम हुने मौका पाएको छ । त्यो पनि सयमा सय नम्बर ल्याएर । धेरै पटक जिन्दगीको पाना कोरेको छ उसले । यही नम्बरको कारण उ भन्ने गर्दछ ‘म एउटा मैनबत्ती हो ।’

यसरी शुन्य आकासमा सुरु जिवनको तारताम्य निकै चुनौतीको सामु खडा भएको छ । उसले सानो छँदा विभिन्न समयमा गाउँको गोठमा कमैको ढोड बालेर किताबका पानाहरु पढेको थियो । अनि अलिक समयले गति लिएसंगै यसको पढ्ने शैली पनि फरक हुँदै गए । उसले अब कुपी हुदै मैनबत्तीका साहाराले अक्षरहरु चिन्न थालेको थियो । तिनै मैनबत्तीको साहारामा अध्ययन गर्ने सहकर्मी साथीहरुले उसलाई बिच बाटैमा छाडे भने उसले साथीहरुलाई पनि बिचबाटैमा छाड्यो । साथीहरुसंग दिनहरु बित्दाबित्दै उसका निकै सम्झन लायक दिनहरु आए । किनकि उसका अरु साथीहरुले उसले गरेको जति अनुभव गर्न पाएका छैनन् । चाहे देश प्रदेश जहाँ जे भए पनि उसले साहित्यकार तथा नेपाली राजनीतीको जननेता विश्वेश्वर प्रसाद कोइरालाले आफ्नो कथामा लेखेको केही अनुभव बहन गर्न पाएको छ ।

गाउँमा उसँगै बसीखेली गर्ने साथीहरुले जे जस्तो कुरा सुनेको भएपनि आजको दिनमा उसको निकै महत्व बढ्दै गएको छ । किनभने त्यही गाउँमा हलो कोदालो गर्ने साथीहरु गाउँको स्थानीय सरकारका प्रमुख भएका छन । धेरै पटक प्रथम हुन नसकेको साथीहरुलाई जनताले प्रथम बनाएका छन् । तिनै प्रथम हुनेहरुको सारथी भएका छन् । हिजोको दिनमा विद्यालयमा विलक्षण प्रतिभा भएको साथीहरु ।

जिन्दगीले मानिसलाई धेरै किसिमको अनुभुती दिलाउने गर्दो रहेछ । अनि तिनै अनुभुतीको माध्यमबाट समाज विकासका क्रमहरु खडा भएर अगाडी आउँदा रहेछन् । सायद विश्वेश्वर प्रसादका पिताजीले विराटनगर निर्माणको लागि त्यो समयमा पहल नगरेको हुँदो हो त अहिले हाम्रा गाउँठाउँमा यातायातमा संसाधनहरु आएको नहुँदो हो । नेपाली जनताले समाजवादको नारा लगाइरहँदा विश्वेश्वरप्रसाद कोइरालालाई अग्रभागमा राखेको छन् । जसरी एउटा गाउँको शैक्षिक विकासमा त्यस ठाउँको अगुवाको नाम आउने गर्दछ ।

यसरी समयको गतिसँगै उ २१ वर्षको हुँदो उसको वैदेशीक रोजगारीको यात्रा तय हुन्छ । उ मलेशियाको तीन वर्षको बसाइ पछि नेपाल फर्किएको छ । उसलाई विभिन्न जन्जीरहरुले गिजोलेको छ अहिले । यसैको बिचमा उसको मलेशिया बसाई (२०६०-०४-२२ देखि २०६३-४-२८) कहाली लाग्दो नै भयो । विचमा मलेशिया बसाईकै क्रममा उसले चोरको फन्दामा पर्नुको साथै निकै ठूलो संकटमा समेत परेको थियो । जुन उसको मानसपटलबाट सदासदा बिलाएर जान सकेन । अनुभुतीको मास्टर मेमोरीमा रहिरहे ।

नेपालको द्वण्द्वकालिन अवस्थामा आएको आँधीहुरीले उसलाई पनि छोयो । उसको जीवनको कुरा गर्दा विभिन्न प्रकारका पुर्णकालिन कार्यकर्ता, जनमुक्ती सेना लगायतको नजिकको अनुभव उसले आर्जन गरेको सम्पती हो । यसरी उसले जनआन्दोलकै क्रममा भएको विभिन्न टिका टिप्पणी गर्दा गर्दै नेपाली पत्रकार समेत भएको अनुभुति छ उसमा । उसले नेपालको पत्रकारितामा दश बर्षको अनुभति संगालेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद भई नेपाली पत्रकारितामा दरिलो आयाम थपेको थियो । साथ साथै उसले नेपालको समाजवादी आन्दोलनमा उसले विभिन्न चरणमा कलम चलाएको थियो । जुन कलमको कारणले गर्दा उसलाई एउटा उचाईमा पुर्याएको छ । उ नेपाली संचार जगतको एउटा पत्यारिलो नाम हो ।

यसरी विभिन्न प्रकारका आरोह–अवरोहको बिचबाट चलिरहेको उसको जिवनमा उसले चाहेको जस्तै सुन्दरी उसको जिवन संगीनीको रुपमा आएको छ । उसको जिवन संगीनीको सहयोगमा उसले विभिन्न प्रकारका कामहरु गरिसकेको छ । उसको जीवनसाथीको सहयोगमा उसले दुई छोरीलाई जन्म दिइको छ । यसरी नेपाली पत्रकारीता र साहित्यको माध्यमबाट समाजलाई नियालेको उसले राजनीतिको माध्यमबाट समेत नियालीरहेको छ । समाजवादी आन्दोलनको रुपरेखामा आफूलाई उभ्याउनका लागि सदावार रुपमा लागिहने प्रण गरेको हुनाले सामाजिक न्याय र परम्परावादी मान्यतालाई समेत खलल नपार्ने गरी समाज विकासको परिकल्पना गरेर अगाडी बढेको छ ।

सामाजिक संरचनानै पुरातनबादी सोच र पश्चगामी सोचको किचलोमा परेको छ । जसको कारण यहाँको वर्ग समुदाय र समाज नै विभाजित भएका छन् । हामीले सोचेको भन्दा फरक किसिमबाट समाजको रुपरेखा अगाडी बढेको छ । हामी सदैव समान ढंगबाट समाजका कामरु अगाडी बढोस भन्ने उपेक्षा गरेका हुन्छौं । तर हाम्रो आम समुदाय नै आजको युगिन घडिमा विभिन्न सामाजिक मोडालिटीको प्रयोग गर्ने जमर्कोमा रहेको छ ।

त्यही समुदायमा हुर्केको बढेको मान्छेको सोच सबैको एकनास हुदैन यहाँ । त्यसैले गर्दा वर्गिय धरातल र जातीय मान्यताको कारण र सामाजिक संरचनाको सोचाइ र काम गराई फरक–फरक हुने गर्दछ । यसरी मानविय सोचलाई फरक ढंगबाट अगाडि बढाउनका लागि आफुसंग भएको स्वाभीमानी छविलाई उजागर गर्दा उसको जिवनमा विभिन्न प्रकारका हतकण्डाहरु मच्चाएर उसलाई सिध्याउने सम्मका खेल भएका थिए । उसल नेपाली समाजलाई नियालेर हेर्न थालेको आज डेढ दशक हुन लागेको छ । यसरी सामाजिक आन्दोलनको अभियानमा रहेको हुनाले उसले सदैव अरुलाई केन्द्रविन्दुमा राखेर काम गर्ने जमर्को गरिरहेको छ ।

सामाजिक मुल्य मान्यताको आधारमा आफूलाई अगाडी बढाएको उसले आफूलाई अझै चिन्न बाँकी रहेको आभास भएको छ । हुन त जो मान्छेलाई आफूलाई चिन्छ उ समाजको एक सफल व्यक्ति हो भन्ने उसलाई लागेको छ । उ एउटा विकासबादी सोच र समाजवादी विचार बोक्ने यूवा भएको हुनाले उसको जिवनको उसलाई नै खासै मुल्यावान ठान्दैन । किनकि उसको जिवन नै उसले उपहारमा पाएको हो । वाबुआमाको समागमबाट उसको उत्पती भएको हुनाले उसलाई कुनै प्रकारका बाधा व्यवधान प्रति खासै गुनासो छैन । किन कि मानव समाजको उत्पती नै अवसरको खोजी र चुनौतीको विचबाट भएको छ ।

विक्रम सम्बत २०४० साल साउन ४ गते बुधबारको दिन आमा गंगादेवी श्रेष्ठ र पिता कृष्ण बबहादुर श्रेष्ठको कोषबाट जन्मिएको निर्मलराज, निलमणि हुँदै मणिकुमार श्रेष्ठ सिजनको नामले अहिले उसलाई चिन्ने गरेका छन् चिने जानेकाहरुले । २१ वर्षसम्म भोजपुर जिल्लाको साविक कुलु गाविस वडा नं ८ पियोकमा बसोबास गर्ने उसले वैदेशिक रोजगारीबाट आएर नेपालको त्रिभुवन विश्व विद्यलयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेर नेपालको लोकतान्त्रिीक आन्दोलनको अग्रपंक्तीमा रहँदै, पत्रकारीता र साहित्यको माध्यमबाट नेपाली समाजलाई नियाली रहेको छ । त्यही उ आज भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिकाको पहिलो योजना शाखा प्रमुखको रुपमा चिनिइको छ । जसलाई कहिल्यै प्रथम हुन मन छैन तर समाजवादी सोच र विचारको कारण उ अर्थात म निरन्तर विकासको लागि लागिरहने छु र लागि रहेको छु । त्यसैले मैनबत्तीहरुको खोजिमा छु । जसले आफु जलेर पनि अरुलाई उज्यालो दिने काम गर्दछन् ……………. समयले फेरी हाम्रो भेट अवस्य गराउने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक