बुधबार, असार २, २०७८

भेडा चोरिएर फ्रान्सेली कृषक हैरान, निगरानी गर्न प्रहरी गस्ती र सिसी क्यामरा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ जेठ २१ गते २२:०७

Photo Source-actu.fr

भेडा चोरिएर फ्रान्सेली क्रिषकहरु हैरान भएका छन् । लगातार भेडा चोरी भएर हैरानीमा परेपछि भेडा पालकहरुले अब भेडाको निगरानी गर्न क्यामरा जडान गर्न थालेका छन् ।

फ्रान्सको दक्षिणी भेग खासगरि ल्वार् एटलान्टिक भनिने क्षेत्रमा एक दशकदेखि भेडापालकहरु भेडा चोरिएर हैरानीमा पर्दै आएका छन् ।

ल्वार एट्लान्टिकका क्रिषक सेबास्तियाँ ह्यास र विलियम भेरबरकमो भेडापालक र प्रजननकर्ता हुन् । पालेका भेडा र प्रजनन गरेका माउहरु चोरिएर यि वर्षौंदेखि हैरानीमा छन् । भेडा चोरका अगाडि यिनको अवस्था शक्तिहिन बनेको छ जुन वर्षौंदेखि जारि छ ।

भेडा चोरी वर्षेनी बढिरहेको छ भन्ने तथ्यांकलेनै बोल्छ : सन् २०२० को पहिलो त्रैमासिकमा ल्वार-एट्लान्टिकमा २८ वटा भेडा चोरी भएको दर्ता थियो । सन् २०२१ को पहिलो त्रैमासिकमा ९२ वटा चोरिको घटना दर्ता गरियो । अर्थात् भेडा चोरि हुने क्रम तेब्बरभन्दा धेरैले बढ्यो ।

प्रति पशु ४०० युरो घाटा

सेबास्तियाँ ह्यास र विलियम भेरबरकमोहरू भेडा पालक हुन् । सेबास्तियाँ एटलान्तिक क्षेत्रको लिग्नेमा सन् १९९३ देखि यो पेशामा छन् । अर्का विलियम ट्रान्स-सुर-एर्द्रमा सन् १९९९ देखि । दुबैले पारिवारिक फार्महरू लिएका हुन् ।

सेबास्तियाँसँग ३५० वटा भेडाका झुण्ड छन् । विलियमले भने १६०० भेडाको व्यवस्थापन गर्छन् । यि दुबैले भेडा चोरीको धेरै अनुभव गरेका छन् । “एक रातमा ३६ वटा सम्म चोरी भए” सेबास्तियाँ ह्यास सम्झिन्छन् । प्रति भेडाको औसत मूल्य ४०० यूरो पर्छ । चोरिएका भेडाको हजारौं यूरो घाटा भएको छ ।

“यस घाटामा मलाई मेरो बीमाद्वारा क्षतिपूर्ति दिइयो । तर प्रत्येक पटक २००० यूरोको दरले घटाउन थालियो । म उजूरी दर्ता गरिरह्न्छु तर सबै प्रजननकर्ताहरूले गर्दैनन् । फ्रेंचाइजी लिन र दर्ताका मापदण्ड, प्रशासनिक काम मिलाउन लाग्ने समयको बीचमा फेरि भेडा चोरिएका हुन्छन् । प्रत्येक वर्ष जनावरको संख्यामा भएको चोरीको फाईल दर्ता वास्तविकता भन्दा कम हुन्छ ” उनी भन्छन् ।

क्यामेरा स्थापना

एक वर्षमा लगभग बीस वटा भेडा चोरिएकोमा थकित सेबास्तियाँ ह्यासले तीन वर्षअघि आफ्नो फार्ममा क्यामेरा जडान गरेका थिए ।

“मैले सात क्यामेरा जडान गरें । यसको लागत ५००० युरो भयो । तर अन्तमा मैले नाफा गरें । किनभने दुई वर्षदेखि मेरो भेडा एउटापनि चोरी भएको छैन” सेबास्तियाँ सुनाउँछन् ।

क्यामराले राम्रो कामपनि गरेको छ । उनीहरुले कयामराकै कारण चोरहरुलाई तिन पटक भेडा चोर्नबाट असफल पारिदिए । “हामी तिन दाजुभाई छौं । तिन वटा गाडीमा जान्छौं । चोरहरुलाई सनासोले चेपेर लैजान्छौं” सेबास्तियाँ आफ्नो अनुभव सुनाउँछन् ।

यदि क्यामेराले लामो समयसम्म काम गरेन भने भेडा पालक बाँच्न गाह्रो छ । “भेडा पालिएको फर्ममा कुनै अपरिचित ब्यक्तिको चहलपहल हुनासाथ मेरो मोबाईल फोनमा एउटा सूचना आउँछ । हामी त्यो सूचना पाएपछि रातमापनि धेरै किमीको यात्रा गरेर आउने गर्छौं” उनी भन्छन् ।

चोरहरुको पछिपछि

प्रत्येक वर्ष विलियमका ४० देखि ५० भेडा चोरिन्छन् । उनलेपनि क्यामरा जडान गरेका छन् । राती भेडा फर्म आएर अवलोकन पनि गर्छन् । तर उनको फर्मबाट भने चोरी रोकिएको छैन ।

एक वर्ष पहिले हतियारसहित आफ्नो एक भेडा प्लटमा घुसपैठ गर्नेहरूको पीछा गरे । केही दिन पछि इस्टर पर्वको राती उनको भतिजीले उनलाई फेरि छक्क पारिदिईन्, किनभने चोरहरू भेडा चोरेर भागिरहेका रहेछन् ।

त्यसपछि उनले पछाडि फर्केर तीनवटा गाडीहरूको लाइसेन्स प्लेटहरू नोट गर्न तिनीहरूलाई पीछा गरिन् । तर उल्टै चोरहरुले उनमाथि हमला गर्न पिछा गर्न थाले । विलियम सम्झन्छन् “चोरहरूले साना गाउँका सडकहरूमा १२० किमि प्रति घण्टा गाडी हाँकेर भाग्दै थिए । र मेरो भतिजीलाई खाडलमा धकेल्न च्यापेर चलाएका थिए । उनीहरूले गर्न सक्ने कुरा यही थियो ।”

उनको भतिजीले नगर प्रहरीलाई खबर गरिन् । लखेटालखेट गर्दै जाँदा नँतको बेलभ्यु भन्ने पूलमा गएर टुंगियो । त्यहाँ गएर एउटा गाडी रोकियो र त्यस गाडीभित्र तिन वटा भेडा बाँधिएका थिए । एक जना ब्यक्ति पक्राउ पर्‍यो । प्रहरी ठानामा राख्यो । मुद्दा चल्यो । केहि महिनापछि अदालतले चोरलाई आठ महिनाको जेल सजायँ सुनायो ।

परिवारहरूको लागि नैतिक क्षति

आर्थिक क्षती यी भेडा पालकलागि भारी मानिन्छ । तिनको मासिक औसत तलब ७०० यूरो छ । त्यो भन्दा नैतिक क्षति अझ बढी हुन्छ ।

“हामी तुरुन्तै आर्थिक नोक्सानको बारेमा सोच्छौं । तर मनोवैज्ञानिक क्षती बढि हुन्छ किनकि यो सहनु सबैभन्दा गाह्रो पाटो हो । हाम्रा बच्चाहरू धेरै चिन्तित हुन्छन् जब हामी रातमा बाहिर चक्कर लगाउँदछौं । यो एकदमै गाह्रो छ” विलियम भन्छन् ।

आक्रमणको सिकार भएकाहरूले एक्लो महसुस नगर्न अप्रिल २०१८ मा भेडा पालकहरुले ‘कलेक्टिभ अफ ल्वार-एटलान्टिक लुटेड ब्रीडर’ भन्ने सामूहिक संस्था स्थापना गरे । यसमा ५५ सदस्य छन्।

सामाजिक नेटवर्कमा समूहको माध्यमबाट भेडा पालकहरूले एक अर्कासँग कुराकानी गर्छन् । र तिनको फर्ममा नगरप्रहरीहरूले गस्ती पनि पुर्‍याउँछन् । “चोरी वा संदिग्ध गाडी भएको थाह पाउने बित्तिकै हामी स्वयं सतर्क बन्छौं” सेबास्तियाँ ह्यास र विलियम भेरबरकमोइसले भने ।

व्यावहारिक पक्षबाहेक यस्तो समूह निर्माण गर्दा भेडापालकहरुले समर्थन पाएका छन् । “सुरुमा मैले सामूहिक फाइदा देखिन । तर जब तपाई चोरीको शिकार हुनुभयो त्यो बेला मार्गनिर्देशन गर्न, हौसला प्रदान गर्न, तपाईलाई प्रक्रियाहरु बुझ्न महत्वपूर्ण हुने रहेछ” सेबास्तियाँ ह्यासको अनुभव छ ।

कहिलेकाहिँ चोरिएका भेडा प्रहरीले पक्राउ गर्छ । त्यो बेला प्रहरीले भेडा पालकलाई आफ्नो भेडा पहिचान गर्न लगाउँछ । ‘तपाईको भेडा चिन्नुस्’ भन्दै आफ्नो भेडाको टाउकोमा हात राख्न लगाउँछ । होकि होइन भेडाको कान मुन्तिर राखिएको नम्बरबाट प्रहरीले थाह पाउँछ ।

“एक वर्ष भन्दा पनि कम समयमा, म भेडा पहिचान गर्न शिविरहरुमा चार पटक गएँ, लाईन लगाएर राखिएको ठाउँमा” सेबास्तियाँ हैरान परेका छन् ।

भिडियो र फोटोहरूको सहयोगले भेडा भेट्टाइन्छ । पहिचान गर्ने नंबर काटेका हुन्छन् चोरले । खुट्टाहरू तारले बाँधिएको हुन्छ । नजिकै कतै टाउको, छाला र भेडाका नंबरसमेत फेला पर्छन् । कुनैको मुख बाँधेर छोदिन्छ । कुनै घाइते अवस्थामा हुन्छन् । कुनै गर्भिणी भेडीलाई यातनाकै कारण बच्चा तुहिन्छ ।

यी स्तब्ध छविहरू तिसित प्रशस्त हुन्छन् । केहि भेडा म्रित अवस्थामा भेट्टाउँछन् । केहि सिकिस्त हुन्छन् । सधैं तिनको उपचार गर्न सक्दैनन् । चोरी गर्ने प्रयासबाट उम्कने भेडाले पनि पछि शारिरिक क्षति भोग्दछन् । कुनैको गर्भपतन हुन्छ त कुनैको बाँझोपन ।

सेबास्तियाँ भन्छन् “हाम्रो छालामै टाँस्सिएको छ यो काम । तर हामी थकित भइसकेका छौं । हामी निदाउन सक्दैनौं । हामी यो कामको अन्त भएकोपनि देख्न सक्दैनौं । तर समय बित्दै जाँदा हामी यो तनावबाट पार हुनपनि सक्दैनौं । हामीले समाधानहरू खोज्नुपर्नेछ । हामी हाम्रो क्षेत्रलाई लडाईको किल्ला जस्तोमा बदल्न पनि सक्दैनौं । ”

सन् २०२० को जुन महिनामा भेडापालकहरूले नँत शहरको सडकमा ३५० वटा भेडाहरू लिएर गए । भेडाहरु सडकमा प्रदर्शनी गरेर आफ्नो अवस्थाको बारेमा सचेत गराए । सरकार र प्रशासनको ध्यान तान्न खोजे ।

स्थानिय प्रेफे (सिडियो वा अन्चलाधिश जस्तै) क्लाउड हार्कुले वचन दिएका थिए ‘राज्यले भेडापालकलाई सुरक्षा उपकरणहरुमा सहयोग पुर्‍याउनेछ ।’ सेबास्तियाँ ह्यास र विलियम भेरबर्कमोइजले त्यसको धेरै पछिसम्म पनि एक सेन्टसम्म सहयोग पाएका छैनन् । “हामी चोरीको अत्याचारले पिडित अवस्थामा आइपुगेका छौं । हामी निराश छौं” विलियम र सेबास्तियाँले निराशा जनाए ।

तपाइँको प्रतिक्रिया

फेसबुक