शुक्रबार, वैशाख १४, २०८१

उत्तरी ईथियोपियामा हजारौं नागरिक अनिकालमा

नेपालप्लस संवाददाता२०७८ जेठ २२ गते १९:३२

Photo Credit-lomazoma.com

उत्तरी ईथियोपियामा सयौं हजारौं नागरिक अनिकाल ब्यहोरिरहेका छन् । इथियोपियाका शरणार्थीहरू जो नोभेम्बर २३, २०२० मा भागेर आएका थिए ति सुडानको अल-कादरिफ राज्यको सुडान-इथियोपिया सीमामा पर्ने उम रकोबा शिविरमा खानाको पर्खाइमा बसेका छन् । संयुक्त राष्ट्र संघका अनुसार टिग्ग्री क्षेत्रमा भएको लडाइबाट ति भागेका थिए ।

संयुक्त राष्ट्र संघका मानवीय सहयोग प्रमुख मार्क लोककले शुक्रबार इथियोपियाको कब्जामा रहेको टिग्री क्षेत्र र देशको उत्तरमा अनिकाल चाँडै आउँने र त्यसले हजारौं मानिसको ज्यान जाने खतर रहेको चेतावनी दिएका छन् ।

फ्रँस २४ न्युजका अनुसार मार्क लोकोकले त्यहाँ कुनै व्यवसाय, फसल र फर्म नभएको, अर्थतन्त्र पनि नष्ट भएको, कुनै बैंकिङ वा दूरसञ्चार सेवाहरू समेत नभएको अवस्थाले चिन्तागर्नुपर्ने रहेको उल्लेख गरेका छन् ।

“हामीले अहिलेनै भोकमरीसँग सम्बन्धित मृत्युको बारेमा सुनिरहेका छौँ” उनले भनेका छन् ।

लोकोकले जोड दिएका छन् “जनता ब्यूँझनु पर्छ। अन्तर्राष्ट्रिय समुदायले आर्थिक सहयोग सहित सबैलाई अगाडि बढाउनु आवश्यक छ।”

इथियोपियाका राष्ट्रपति अबी अहमदको सरकार र टिग्री नेताहरूबीचको महिनौंको राजनीतिक तनावबाट गत नोभेम्बरमा युद्ध विस्फोट भएपछि कति हजार नागरिक वा लडाकू मारिए भन्ने कसैलाई थाहा छैन ।

एपी न्युजका अनुसार मे महिनाको अन्त्यमा लोकोकले युद्ध सुरु भएदेखि टिग्रेको गम्भीर चित्र प्रस्तुत गरेका छन् जसमा करीव २० लाख मानिस विस्थापित थिए । नागरिक मारिए । थुप्रै घाइते भए । थुप्रै महिला बलात्कार र घृणित यौन हिंसाको शिकार बने । यो क्रम त्यहाँ व्यापक र व्यवस्थित थियो । सार्वजनिक र निजी पूर्वाधारका लागि आवश्यक संरचना भत्काइएको थियो । नागरिकहरूले अस्पताल र कृषि सहित नष्ट गरे ।

लोककले भने “अहिले उत्तरी इथियोपियामा अनिकालमा परेका सयौं हजारौं मानिस छन् ।”

यो एक दशकदेखि विश्वमा देखिएको सबैभन्दा खराब भोकमरी समस्या हो । किनकि सन् २०११ मा त्यहाँको भोकमरीमा साँढे दुई लाख सोमालियालीले आफ्नो ज्यान गुमाए । अहिले सन् १९८४ मा इथियोपियामा भएको विशाल त्रासदीको भयानक प्रतिध्वनित भैरहेको छ ।

सन् १९८४-१९८५ को विनाशकारी अनिकालमा करिब २० लाख अफ्रिकीहरू भोकमरी वा अनिकालले ग्रस्त रोगका कारण मरेका थिए जसमध्ये आधा जति इथियोपियामा थिए ।

लोककले भने “सयौं हजारौं वा त्यसभन्दा पनि खराब स्थितिमा मानिसले जीवन गुमाउने खतरा छ अहिले ।”

उनका अनुसार खाँचोमा परेका सबैलाई खाना र अन्य मानवीय सहायता प्राप्त गर्न सहायता एजेन्सीहरूका लागि धेरै गाह्रो भैरहेको छ । संयुक्त राष्ट्र संघ र इथियोपियाली सरकारले उत्तरी इथियोपियामा विशेष गरी सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा करीव २० लाख मानिसलाई सहयोग गरेको छ ।

तर टिग्रीयन विपक्षी सेनाले नियन्त्रण गरेको स्थानमा करिब १० लाख भन्दा बढी मानिसहरु छन् । तिनलाई खाना खानबाट रोक्नको लागि जानाजानी, निरन्तर प्रयास गरिएको छ।

त्यसबाहेक त्यहाँ इरिट्रियनहरूले नियन्त्रण गरेको स्थानहरू र अन्य मिलिशिया समूहहरू द्वारा नियन्त्रण गरिएका क्षेत्रमा सहायता पुर्‍याउन अत्यन्त गाह्रो भैरहेकोपनि लोककले उल्लेख गरेका छन् ।

लोककले सबै अवरोधहरू फिर्ता लिनुपने र एरिटेरियनहरू जो यसकालागि मुख्य जिम्मेवार छन् तिनले यो फिर्ता लिनु आवश्यक रहेको उल्लेख गरेका छन् । यसो भयो भने मात्रै अनिकालको सामना गर्नेहरूलाई सहायता पुर्‍याउन सकिन्छ ।

प्रधानमन्त्री अबी अहमदयस्ता नेता हुन् जसलाई आफूले गर्न लागेको र बोलेको कुरा गर्नै पर्छ । एरिटेरियनहरूलाई इथियोपिया छोड्न उनले बाध्य तुल्याए जसले गर्दाद ईथियोपियामा यस्तो समस्या देखिएको छ ।

लोककले सात प्रमुख औद्योगिक देशका नेताहरु (संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, जापान, इटली र क्यानडा) ले मानवीय संकट र उत्तरी इथियोपियामा व्यापक अनिकालको खतरा बारे जुन ११ देखि १३ सम्म बेलायतको कर्नवेलमा हुनगरिरहेको शिखर सम्मेलनमा एजेण्डाका रुपमा राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एजेण्डामा राखेर इथियोपियाको अनिकाललाई टार्नै पर्नेमा जोड दिएका छन् ।

तपाइँको प्रतिक्रिया