बिहीबार, वैशाख १३, २०८१

बेलायतमा कोरोनाको तेस्रो लहर आउनसक्ने स्वास्थ्यकर्मीहरुको चेतावनी

नेपालप्लस संवाददाता /बेलायत र फ्रान्स२०७८ जेठ २३ गते ५:०९

बेलायत सरकारले आगामी जुन २१ मा कोरोना भाईरस बिरुद्दको लकडाउन पूर्णरुपमा फुकाउने तयारि गरिरहेका बेला चिकित्शकहरुले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने चेतावनी दिएका छन् ।

बेलायतले जुन २१ मा हाल बाँकि रहेका अन्तिम प्रतिबन्ध हटाउनेतयारी गरिरहेको छ । तर डाक्टरहरू र वैज्ञानिक समुदायका सदस्यहरू कोविड संक्रमणका घटनामा थप वृद्धि देखेर चिन्तित छन् । उनीहरुको चिन्ता निश्चित रूपमा डेल्टा संस्करण (इन्डियन भेरियन्ट) को प्रसारसँग जोडिएको छ ।

कोरोना भाइरस संक्रमणको पछिल्लो नतिजा बेलायतको तातो र चिसो दुबै छ । मंगलबार जून १ मा बेलायतले सकारात्मक समाचार प्रशारण गर्‍यो । त्यसदिनको २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु नभएको भनियो । यो सन् २०२० जुनाई ३० पछिको पहिलो घटना थियो ।

यद्यपि तेस्रो तरंगको आगमनको बारेमा चिन्तित वैज्ञानिक समुदाय भित्र भने धेरै आवाजहरू उठाइयो । मध्य मेदेखि संक्रमितहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । शुक्रवार जून ४ का दिन स्वास्थ्य अधिकारीहरूले गत २४ घण्टामा कोविड १९ बाट संक्रमितको संख्या ६,२३८ पुष्टि भएका घटनाहरूको गन्ती गरे । तर एक महिना अघि १,९४६ मात्रै थियो ।

अस्पताल भर्ना हुनेहरूको प्रवृत्ति पनि बढेको जस्तो देखिन्छ । मे ३१ मा १२३ जना अस्पताल भर्ना भएका थिए । तर मे १५ मा त्यो संख्या ९० मात्रै थियो ।
कारण के थियो भने डेल्टा भनेर चिनिने भारतीय संस्करणको प्रसार बढ्यो । यो पहिलो पटक म्यान्चेस्टरको नजिकै पत्ता लागेको थियो विशेष गरी डार्वेन र ब्ल्याकबर्न शहरहरूमा । यो चाँडै सम्पूर्ण देशभरि फैलिएर प्रभावशाली देखापर्‍यो । नयाँ संक्रमणको तीन चौथाई हिस्सा यसैले लियो । संयुक्त राज्य बेलायतमा महामारीको विकासको अनुगमन गर्ने वेलकम सेन्जर संस्थाका अनुसार यसैले केही क्षेत्रहरूमा कोभिड १९ को सबै घटना ओगट्यो ।

फ्रान्सको रेन शिक्षण अस्पतालमा संक्रामक रोग विशेषज्ञ पियर तात्तेभाँ बताउँछन् “ब्रिटिश रूप भन्दा भारतीय स्वरुपको कोरोना भाइरस बढी संक्रामकजन्य छ । यो कोरोना भाइरसको शुरुवातमा फैलिँदा जति तनावपूर्ण थियो त्यो भन्दा कयौं बढि तनावपूर्ण भारतीय स्वरुपको फैलिंदा देखापर्‍यो” । अहिले बेलायतले २१ जुनमा अन्तिम स्वास्थ्य प्रतिबन्ध हटाउनको लागि तयारी गर्दै छ ।

उनका अनुसार तत्कालकालागि बेलायतको अवस्था संक्रमणका द्रिष्टिकोणले चिन्ताजनक छैन । संक्रमणको अवस्था बेलायतमा न्युननै छ । जनवरी महिनामा दिनकै ६० हजारसम्म संक्रमित भएको रेकर्ड थियो ।

न्यूक्यासल युनिभर्सिटी, युकेमा सार्वजनिक स्वास्थ्य चिकित्सक एलिसन पोलकद्वारा साझा गरिए अनुसार अस्पतालमा पनि अवस्था सन्तोषजनक छ। र मृत्युको संख्या एकदम कम छ । जबकि स्वास्थ्य संक्रट घोषणा गरिएको बेला प्रत्येक दिन ४५०० विरामी भर्ना हुन्थे । अहिले म्रितकको अनुपातपनि घटेको छ । अस्पताल भर्ना हुनेकोपनि उसैगरि घटेको छ ।

तर केहि डाक्टरहरुले भने अहिले संक्रमण बढेको र त्यसले खतराको सूचना दिएको बताउँछन् । “सबै छालहरु कम संख्याबाट शुरु हुन्छन्” बिबीसीले साक्षात्कार गरेको अक्स्फोर्ड युनिभर्सिटीका एक वैज्ञानिक सुनेत गुप्ताले फ्रँस २४ न्युजसित भनिन् “हो संक्रमितको संख्या कमै हो । तर अहिलेको संकेतले हामीले के देखिरहेका छौं भने यो तेस्रो छालको संकेत दिईरहेको छ ।”

ट्विटरमा महामारीविद दीपासी गार्डासानीले भनेकि छन् “यो प्रजनन दर भनेको के हो भने एक व्यक्तिले औसतमा संक्रमण हुने ब्यक्तिसित लिने व्यक्तिको संख्या औसतमा १ भन्दा बढी छ ” भन्ने हो । त्यो संक्रमण निर्दयी, खतरनाक हुन्छ । “केसहरू हाल सेप्टेम्बरको बीचमा उस्तै स्तरमा छन् र ती ४ हप्तामा लगभग तीन गुणा बढेको छ” उनी भन्छिन् “प्रजनन दर हाल मुलुकमा १ दशमलव १६ छ । यदि डेल्टा भ्यारीएन्ट वास्तवमै बढी प्रसारणयोग्य छ भने भाइरस फैलिने दरको गतिले तिब्रता लिन सक्छ ।”

र यो भेरियन्ट पहिलेका भेरियन्टहरू भन्दा बढी संक्रामक छन् । डेल्टा भेरियन्टको आक्रमण गर्ने दर १३ दशमलव ५ प्रतिशत छ भने बेलायती भेरियन्टको ८ दशमलव १ थियो । यसको इन्फेक्सन दरपनि उच्च छ । यसले अरु भाईरससित सम्पर्क हुनासाथ आक्रमण दर ६७ प्रतिशत हुन्छ । आक्रमणको गति बढ्छ ।

सुनित गुप्ता र दीप्सी गार्डासानीले जस्तै अन्य धेरैले आवाज उठाउँदै छन सरकारले जून २१ मा पूर्ण रुपमा हटाउने भनेको लकडाउनबिरुद्द । उनीहरुले अनुसन्धानको अन्तिम चरणलाई राम्रोसित हेरेर त्यो निर्णय स्थगित गर्न आग्रह गरेका छन् ।

स्कटल्याण्डले लकडाउन पूर्ण हटाउने निर्णय फिर्ता लियो । जुन १ का दिन प्रधानमन्त्री निकोला स्टर्जनले यस्तो घोषणा गरेका हुन् । विशेष गरी राजधानी एडिनबर्गमा देशका धेरैजसो स्वास्थ्य प्रतिबन्धहरू कायम राख्ने उनले घोषणा गरे । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुन १४ मा लकडाउन पूर्ण हटाउनु अघि बैज्ञानिक रिपोर्ट र अवस्थालाई हेर्ने अपेक्षा गरिएको छ

(नेपालप्लसको साथमा फ्रंस २४ न्युज र ए एफपी)

तपाइँको प्रतिक्रिया