शुक्रबार, वैशाख १४, २०८१

एकै वर्षमा तिस हजार स्विसद्वारा ‘गुडबाई स्विजरल्याण्ड’

नेपालप्लस संवाददाता२०७८ जेठ २३ गते २२:३०

विश्वको सुन्दर देश भनिने स्विजरल्याण्डमा बस्न र घुम्न चाहनेहरु लाखौं छन् । तर स्विस नागरिकहरुभने वर्षेनी ३० हजारले ‘गुडबाई’ भन्दै आफ्नो देश छोडिरहेका छन् । यसरि देश छोड्नेमा महिला, पुरुष र केटाकेटीसमेत छन् । अब प्रश्न उठ्छ, ति को हुन् ? कस्ता मानिस हुन् ? ति स्विजरल्याण्ड त्यागेर कहाँ जान्छन् ? तथ्यांकले सबै तथ्य खोल्छ ।

लगभग ३० हजार स्विस पुरुष, महिला र केटाकेटीहरू हरेक वर्ष स्विजरल्याण्डलाई बिदाइ गर्दछन् । ति मध्ये सन् २०२० मा १६५ जना बिदेशी र बिदेशी मुलका पुरुषहरु पनि स्विजरल्याण्ड छोडेर हिँडे । तर अचम्म के भने ति मध्ये महिला एक जनापनि थिएनन् ।

टाढा टाढाका देशहरूमा साहसिक कार्यको लागि जान आतुर स्विसहरु आफ्नो देश छोड्छन् । स्विजरल्याण्डमा भन्दा अन्य देशमा आफ्नो ब्यक्तित्व र पेशाको राम्रो अवसर पाउने र बाहिरि देशका महिला वा पुरुषसित प्रेममा फस्नेहरुलेपनि आफ्नो झोलासोला प्याक गरेर हिँड्ने गरेका छन् । कतिपयले फरक देशको भिन्न जिवन र शैली अनुभव गर्नपनि स्विजरल्याण्ड छोड्छन् । ति मध्ये केहिले भने केहि समयको अनुभव बटुल्न जान्छन् । तर स्विजरल्याण्डको कूल जनसंख्यामा १० प्रतिशत स्विसहरुले भने अन्य देश बस्न रुचाउने छन् ।

अधिकांश युरोपमै

स्विस आप्रवासीहरू संसारभरि छरिएका छन् । तर केहि गन्तव्यहरू अरू भन्दा स्पष्ट रूपमा लोकप्रिय छन् जुन २०१९ को तथ्यांकले देखाउँछ ।

तथ्यांकका अनुसार धेरै व्यक्ति आफ्नै छिमेकी वा नजिकैको युरोपेली देशहरूमा सर्छन् । फ्रान्स, जर्मनी, बेलायत र इटाली लोकप्रिय बसाई गन्तव्यहरू हुन् । धेरै स्विस पारिलो घाम लाग्ने देशको खोजि गर्दै स्पेन र पोर्चुगलतिरपनि जाँदैछन् । पूर्वी युरोप सामान्यतया वेवास्ता गरिन्छ किनभने पूर्वी युरोपतिर बढि ठण्डी हुन्छ ।

स्विसहरु अटलान्टिक महासागरको सबैभन्दा माथि यात्रा गर्न चाहन्छ । सबैभन्दा माथि अर्थात् संयुक्त राज्य अमेरिका र क्यानडासम्म पुग्छन् । दक्षिण अमेरिकी महादेशको ब्राजील पुगेर नयाँ घर स्थापित गर्ने लोकप्रिय स्थान हो । थोरै स्विस अफ्रिका बसाई सरेका छन् । दक्षिणपूर्वी एशिया धेरै लोकप्रिय छ । खासगरि थाईल्याण्ड ।

सधैं तन्नेरी

तथ्यांकले खुलासा गरेको थप जानकारी अनुसार २० देखि ३४ वर्षका स्विसहरु सबैभन्दा बढि घुमेन्तेमा पर्छन् । यस उमेर समूहका धेरै व्यक्तिको पहिलो बच्चा भैसकेको हुन्छ जसलेगर्दा स्विट्जरल्याण्ड छोड्ने यति धेरै साना बच्चाहरू हुन्छन् भन्ने देखाउँछ । अर्को कुरा जब बच्चाहरू स्कूल जाने उमेर वा उनीहरू किशोरावस्थामा पुग्छन् त्यस्ता साहसिक कार्यहरू गर्न जटिल हुन्छ । जे होस्, उमेरको बिभिन्नताले नयाँ सुरू गर्न कहिले ढिलो हुन्न भन्ने देखाउँछ । सन् २०१९ मा दुई महिला विदेशमा बसाई सरेका थिए जसको उमेर एक सय वर्ष भैसकेको थियो ।

त्यसो त, उमेरले गन्तव्यको छनौटलाई पनि प्रभाव पार्छ । तपाईं जति उमेरले पाको हुनुहुन्छ उति पारिलो घाम खोज्नुहुन्छ । त्यसैले पाकाहरु पारिलो घाम खोज्दै स्पेन सर्छन् । सेवानिवृत्त हुने युवा स्विजरल्याण्ड बस्नु भन्दा थाइल्याण्ड, टर्की र सर्बिया जान बढी लालायित देखिएका छन् ।

पुरुष थाइल्याण्ड जाने, महिला आइसल्याण्डतिर

सन् २०११ र २०१९ को बिचमा स्विजरल्याण्ड छोड्ने मध्ये ५२ दशमलव दुई प्रतिशत पुरुष थिए । सामान्यतया पुरुष र महिलाले विदेश जाने क्रममा एउटै गन्तव्यहरू छनौट गर्दछन् । तर यहाँ भने केहि उल्लेखनीय अपवादहरू छन् ।

सन् २०११ र २०१९ को बिचमा भ्याटिकनमा सर्ने सबै १६५ आप्रवासी पुरुष थिए । यसमा कुनै अचम्म मान्नुपर्ने छैन । किनभने महिलाहरू स्विस गार्डमा सामेल हुन सक्दैनन् । र क्याथोलिक चर्च सामान्य रूपमा महिला र पुरुषकोलागि समान अवसर पाउने क्षेत्रको रुपमा परिचित छैन । अर्थात् क्याथोलिक चर्चमा महिलाले पुरुष समान अवशर पाउँदैनन् । भ्याटिकनमा जाने भनेको कि त गार्द, सुरक्षामा हो वा धार्मिक पदमा हो ।

धेरै स्विस जो एसियामा बसाइँ सरे, विशेष गरी भियतनाम र थाइल्यान्ड, ति महिलाको तुलनामा पुरुषहरू भन्दा दुई गुणा बढी लोकप्रिय थिए । साउदी अरेबिया पनि पुरुषहरूको लागि बढी आकर्षक देखिन्छ महिलाहरूको लागि भन्दा ।

यद्यपि केहि देशहरूले महिलाहरूलाई बढी आकर्षण गरेका छन् यद्यपि भिन्नताहरू कम देखिन्छ । आइसल्याण्ड र अफ्रिकाको चाड यस सूचीको शीर्ष स्थानमा छन्।

कोविड प्रभाव

स्विस व्यक्तिहरू स्विजरल्याण्ड छोड्दैनन् मात्र, प्रत्येक वर्ष धेरै घर फर्कन्छन् पनि । धेरै वर्षसम्मको तथ्यांक हेर्दा हजारौं बढी स्विसले देश छोडे फर्किने भन्दा । सम्भवतः कोविड १९ महामारीको परिणामले हुनसक्छ, सन् २०२० पहिलो यस्तो वर्ष हो जुन सन्तुलनमा देखियो । यो वर्ष २६ हजार स्विसहरुले देश छोडे र त्यतिनै संख्याका स्विसहरु आफ्नो देश फर्किए ।

(क्याथरीन हिक्लीद्वारा जर्मनबाट अनुवाद गरिएको र थोमा स्टीफनस द्वारा सम्पादन गरिएको यो सामाग्रि किस्टोनबाट लिएर नेपालप्लसले नेपालीमा भावानुवाद गरेको हो ।)

तपाइँको प्रतिक्रिया