शुक्रबार, वैशाख १४, २०८१

बोको हरामका प्रमुख नेता मारिएको दाबी

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ जेठ २४ गते १५:१७

Photo Via jeuneafrique.com

नाईजेरियामा बिभिन्न हत्या, हिंसा र अपहरणमा संलग्न बोकोहरामका प्रमुख नेता अबुबाकर शेखौ मारिएको दाबी गरिएको छ । त्यहाँको इस्लामी प्रतिद्वन्दी समूहको हवाला दिँदै रोटर्सले उल्लेख गरेको हो ।

इस्लामिक राज्य पश्चिम अफ्रीकी प्रान्त (इस्वप्) का लडाकू समूहले आइतबार रोयटर्सले सुनेको अडियो रेकर्डिंगमा भनेको छ “नाइजेरियाको प्रतिद्वन्द्वी इस्लामी समूह बोको हरामका नेता अबुबाकर शेकाउ मरेका छन् ।”

रोयटर्र्सका अनुसार ईसापका लडाकूहरूले लडाईं गर्दा विस्फोटक पदार्थ विस्फोटन भएर मे १८ तिर शेकाउको मृत्यु भएको उल्लेख गरेका छन् । उक्त व्यक्तिले इश्वाप नेता अबु मुसब अल-बर्नावीलाई अडियो रेकर्डिंगमा भनेका थिए ।

“अबुबाकर शेकाउलाई परमेश्वरले स्वर्ग पठाएर उनको न्याय गर्नुभएको छ” आफूले पाएको रेकर्डिङमा सुन्न सकिने भन्दै रोयटर्सले उल्लेख गरेको छ ।

अल बर्नावीसँग परिचित दुई व्यक्तिले रेकर्डिंगमा सुनिएको आवाज इश्वाप नेताको भएको बताएका छन् ।

एक सरकारी अधिकारी र बोको हराम अनुसन्धानकर्ताहरु द्वारा साझा गरिएको एक नाइजेरियाको खुफिया रिपोर्टले पनि शेकाउ मरेको बताएको छ ।

इस्लामिक राज्य पश्चिम अफ्रीकी प्रान्त (इस्वप्) ले यो पुष्टि गरेको छ कि बोको हरामका पूर्व नेता अबुबाकर शेकाउले बुधवार, मे १९ तारिखमा उनको लुक्ने ठाउँमा आक्रमण गरेपछि आत्मसमर्पण गर्न भनिएको थियो । तर उनले इन्कार गरि आफ्नो ज्यान दिने निर्णय गरेका थिए ।

तपाइँको प्रतिक्रिया