मंगलबार, वैशाख ११, २०८१

अमेरिकाद्वारा अल्जाइमरको पहिलो नयाँ औषधिलाई अनुमोदन

नेपालप्लस संवाददाता२०७८ जेठ २५ गते ११:४६

Photo credit-USA TODAY via news.yahoo.com

अमेरिकाले अल्जाईमरको पहिलो औषधीलाई अनोमोदन गरेको छ । लगभग दुई दशकसम्म अल्जाईमरको औषधी बनाउन गरिएका निकै प्रयासमध्ये हाल पहिलो पटक अनुमोदन गरेको हो ।

रोयटर्स न्युज एजेन्सीका अनुसार अमेरिकाका नियामकहरूले सोमबार बायोजेन इंक भन्ने कम्पनीले बनाएको एडुकनुनुबलाई अल्जाइमर रोगको सम्भावित कारणलाई आक्रमण गर्ने पहिलो उपचारको रूपमा स्वीकृति दिएको हो । क्लिनिकल प्रमाणले औषधीले काम गर्छ कि गर्दैन भन्ने प्रमाणित गरेको छ छैन भन्नेमा भने अमेरिकामा बिवाद छ । तर यसले काम गर्छ भन्दै यसका शेयरहरु बढाउँदै पठाएको छ ।

बायोजेनले भने औषधीको मूल्य तोकिसकेको जनाएको छ । यसले औषधिलाई अदुहेलमको रूपमा बेच्नका लागि प्रति वर्ष ५६ हजार डलर मूल्य निर्धारण गरेको छ । पहिले बायोजेनको शेयर ३८ दशमलव ३ प्रतिशत रहेकोमा हाल शेर ५० प्रतिशतले बढेको छ । ६ वर्षमा शेयर बढेर ३९५।८५ डलर पुगेको छ । तर अमेरिकी ब्यापारिक साझेदार जापानी एसाई को कोले जारि गरेको शेयर भने ५६ प्रतिशतले बढेको छ ।

एडुकानुमबले अल्जाइमरको शुरुवाती चरणमा बिरामीहरूको दिमागबाट एमाइलोइड बेटा भनिने प्रोटीनको चिप्लो टाँस्सिने भण्डारहरू हटाएर फैलिनबाट रोक्छ । त्यसमा स्मरण क्षति र आफैंको हेरचाह गर्न असमर्थता बनाउने तत्व हुन्छ ।

मेयो क्लिनिकका अल्जाइमर रोग विशेषज्ञ डा रोनाल्ड पीटरसनले रोयटर्ससित भने “अल्जाइमर रोग भएका बिरामीहरूका लागि यो खुशीको खबर हो। हामीसँग कुनै रोग परिमार्जन उपचारको अनुमोदन भने भएको छैन।” यद्यपि उनले सतर्क गराए “यो पूर्ण उपचार होईन। आशा छ कि यसले रोगको प्रगतिलाई ढिला बनाउँछ ।”

“मलाई लाग्छ कि यो ठूलो दिन हो,” पीटरसनले भने “तर हामी अति धेरै बाचा गर्न भने सक्दैनौं ।”

अल्जाइमर संयुक्त राज्य अमेरिकामा मृत्युको छैठौं प्रमुख कारण हो।

अमेरिकाको खाद्य तथा औषधी ब्यवस्थापन (फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन) ले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ‘अदुहेल्मको क्लिनिकल परीक्षणको नतीजा मिसाईएको छ । तर औषधिले मस्तिष्कमा एमाइलोइड बेटा पट्टिकालाई घटाउने देखायो जसले बिरामीहरूलाई फाइदा गर्ने सम्भावना छ ।’

तपाइँको प्रतिक्रिया

फेसबुक