मंगलबार, चैत ६, २०८०

चराहरु एउटा खुट्टो मात्रै टेकेर उभिनुको रहस्य

नेपालप्लस संवाददाता२०७८ जेठ २५ गते २०:००

जमिनमा आराम गर्दा केहि चरा एउटा खुट्टामा उभिन्छन् । यस्तो ब्यवहार खोया हाँसा, लालसर लगायतका पानी चराहरुले धेरै देखाउँछन् । खासगरि लामो खुट्टा भएका चराहरू जस्तै सारस, फ्लेमिंगो, गरुड, बकुल्ला र साना खुट्टा भएकामा परेवा, साना हाँसमापनि देख्न सकिन्छ ।

धुलोमा खेल्ने वा रमाउने प्रजातिकै चरालेपनि यस्तो क्रियाकलाप गर्छन् । एउटा खुट्टाले उभिएका बेला चराहरू या त आराम गर्छन् । कि सुत्न वा तिनीहरूको भुत्ला, पखेंटा र प्वाँखहरु सफा गरेका हुन्छन् । एक खुट्टामा लामो समयसम्म उभिन वा आराम गर्न सन्तुलन आवस्यक पर्छ । त्यसकोलागि सहयोगी संयन्त्र आवश्यक हुन्छ । यसरि उभिनुको कारण के हो भनेर समिक्षा गर्दा मुख्य मुद्दा भनेको एउटा खुट्टाले उभिँदा चराहरूले कसरी सन्तुलन कायम राख्छ भनेर पत्ता लगाउनु हो ।

द्विपदीय गतिशिलता, सन्चालन मानिस र चराचुरुंगीमा पाइन्छ । मानवमा शरीर ठाडो रूपमा केन्द्रित हुन्छ, अर्थात् गुरुत्वाकर्षण रेखासितको लाइनमा हुन्छ । र गुरुत्वाकर्षणको केन्द्र खुट्टाको सम्मिलनको नजिक हुन्छ । चराहरूको शरीर अधिक तेर्सो रूपमा उभिएको हुन्छ र गुरुत्वाकर्षणको केन्द्र पिंडौला मुनीको अर्थात् नंग्रामाथिको सम्मिलित गर्न ठोंडमा अवस्थित हुन्छ । यसले सन्तुलन कायम गर्न विशेष खाँचो पर्छ ।

लामो खुट्टे चराहरू जस्तै सारस, भुँडिफोर, बकुल्ला र फ्लेमिंगो गुरुत्वाकर्षणको केन्द्र जमिनबाट धेरै टाढा हुन् छ। प्रश्न उठ्छ, यी चराहरूका आफ्नो खुट्टामा विशेष तत्वहरू छन् कि असन्तुलनबाट बच्न ? फ्लेमिंगोले यस्तो संयन्त्र हुन्छ कि तिनले एउटा खुट्टालाई टेकेका बेला अर्को खुट्टालाई चाबि लगाएजस्तो (लक) गर्न सक्छन् । त्यसो गर्दा खुट्टा फैलिन वा तन्किन बाट जोगिन्छ । अथवा नचाहेको बेला घुँडाका जोर्नी फुत्किँदैनन् र दोब्रिएरै बसिरहन्छ ।

चराहरूको खुट्टा द्विपक्षीय मानवहरू भन्दा फरक हुन्छन् । किनकि तिनीहरू उनीहरूको औंलाको सहाराले हिंड्छन् । हिँड्दा एक खुट्टाको जोड़ हुन्छ जुन मानव घुँडाजस्तो देखिन्छ । तर उल्टो कोणमा हिँड्छन् । त्यहाँ एक तिघ्राको जोर्नी हाडसँग एक माथिल्लो खुट्टा जोडिन्छ र एक भित्री नली हाड र एक घुँडा भन्दा मुनिको बाहिरि भागमा रहने सानो हाडमा खुट्टाको भाग कम हुन्छ । त्यसको पर अन्तमा टर्सल हड्डीहरूको अंशहरू समावेश हुन्छन्। त्यसकारण तल्लो खुट्टालाई टिबियोटार्सस भनिन्छ । चराका माथिल्लो र तल्लो खुट्टा सामान्यतया पसीमा लुकेका हुन्छन्।

दुवै खुट्टामा उभिँदा सन्तुलन कायम राख्न, घुँडा दोब्रिएको हुन्छ जसले घुँडाको जोड़लाई गुरुत्वाकर्षणको केन्द्रको नजिक राख्छ । चरा उभिँदा खुट्टा गुरुत्वाकर्षणको केन्द्र मुनि राख्छ जसको परिणामस्वरूप शरीरको सन्तुलन स्थिर हुन्छ ।

घुँडाको उच्च स्थानको कारण गुरुत्वाकर्षण केन्द्र घुँडाको मुनि सर्नसक्छ । यसको मतलब शरीर घुँडाको जोर्नी भन्दा मुनि हुनाले धेरै स्थिर स्थितिमा राख्न् सक्छ जसलाई सन्तुलन राख्न धेरै मांसपेशी गतिविधिहरूको आवश्यक पर्दैन ।

चराले एक खुट्टामा विश्राम गर्दा जुन खुट्टाले टेकेको हुन्छ त्यो खुट्टा गुरुत्वाकर्षणको केन्द्रको मुनि सेट हुन्छ । यस स्थितिले दुबै घुँडा र एक अर्कामा जोडिएको छेउको अस्थिबन्धन वा तन्तु (लिगामेन्ट) हरूलाई जोड दिन्छ । तर यी लिगामेन्टहरू चराहरूमा राम्रोसँग विकसित भएका हुन्छन्।

तपाइँको प्रतिक्रिया

फेसबुक