बिहीबार, वैशाख १३, २०८१

घुमन्ते हात्तीहरु १५ महिना हिँडेपछि पहाडमा सामूहिक बास

नेपालप्लस संवाददाता २०७८ जेठ २६ गते २१:३०

Photo-xinhuwa via cgtn.com

चीनमा विशाल हात्तीहरूको प्रसिद्ध बथान १५ महिनाको यात्रा पछि विश्रामको लागि रोकिएको छ । त्योपनि पहाडको खोंचमा । आफ्नो प्राकृतिक बासस्थान भन्दा टाढा छन् ति । यो लामो, अथक, रहस्यमय यात्राले देशलाई मोहित तुल्याएको छ ।

बथानहरू निगरानी गर्न र आवासीय क्षेत्रबाट टाढा राख्न चीनिया अधिकारीहरूले असाधारण स्रोतहरू परिचालन गरेका छन् । चिनियाँ मिडियाका अनुसार युनान वन अग्नी रक्षक समूह (युनान फरेस्ट फायर ब्रिगेड) ले आठ व्यक्तिको टोली यि हात्तीको पछि पछि खटाएको छ । तिनले दिनको २४ सै घण्टा हात्तीहरूलाई खोजिरहेको हुन्छ । तिनले जमिनमा निगरानी त गरिरहेकै छन् । वायुबाट ड्रोन चलाएरसमेत निगरानी गरेका छन् ।

निगरानी गर्दा जंगली एशियाली हात्तीहरूको बथान युनान प्रान्तको कुनमिङ शहरबाट ९० किमी दक्षिण पश्चिमतिर झियांग टाउनशिपको गाउँभन्दा ठीक अगाडि जंगलमा पसे जताबाट तिनीहरू आएका थिए ।

Photo-xinhuwa via cgtn.com

ड्रोनले खिचेका द्रिष्यहरुले हात्तीहरू जंगलमा सुतिरहेको देखापर्‍यो (फोटो हेर्नुस)। उनीहरूले यात्राको क्रममा आराम गरिरहेछन् जुन अहिलेसम्म ५०० किलोमिटर यात्रा गरिसकेको तथ्य बाहिरिएको छ ।

राज्य प्रसारणकर्ता सीसीटीभीका अनुसार अधिकारीहरूले पत्ता लगाए, हातीहरुले हालसालै नयाँ गतिविधि शुरु गरे । अर्थात् हात्तीहरू मंगलबार बिहान उठेर फेरि यात्रा गर्न थाले ।

हात्तीहरुले उचित खाना पाएनन् भने नजिकको गाउँ छिरेर बितण्ड मच्चाउनपनि सक्छन् । यस्तो घटना नेपालमा वर्षेनी हुने गरेको छ । त्यसैले चीनमा पनि यस्तो हुनसक्ने जानेकाले ४१० जना भन्दा बढी आपतकालीन कर्मचारी, ३७४ वटा गाडी र १४ वटा ड्रोन प्रयोग गरेर हात्तीहरूलाई मानव क्षेत्रबाट टाढा लैजान खोजेका छन् ।

जनतालाई उनीहरूको मार्गमा उद्धार गर्न निरन्तर प्रयास अनुरुप हात्तीको दुई टन दानासहित सोमबार खटाइएको थियो । हात्ती खानाको खोजिमा गाउँ नपसुन् भनेर हात्ती पस्ने संभावित क्षेत्रमै हात्तीलाई दाना राखिएको थियो ।

वन्यजन्तु अधिकारीहरूले १६ हात्तीहरूको समूह किन गत वर्ष त्यहाँबाट अन्यत्र लागे भनेर बुझ्न प्रयत्न गरिरहेका छन् । चीनिया समाचार एजेन्सी सिन्हुआका अनुसार नोभेम्बरमा तिनीहरू युनानको पुउर आइपुगेका थिए जहाँ एक पोथी हात्तीले बच्चा जन्माई । अप्रिल १६ मा त्यहाँबाट पुन प्रस्थान गर्नु अघि ति हात्ती पाँच महिनासम्म त्यहिँ बसेका थिए ।

एक हप्ता पछि दुई वटा हात्तीले समूह छोडे । तिनलाई छोडेर बाँकि १५ वटाले उत्तरतिरको यात्रा शुरु गरे । यो समुह अहिले सहि दिशातिर फर्किएको देखिन्छ । ति दक्षिण पश्‍चिमतिर फर्केर गैरहेका छन् । सोमबार अधिकारीहरूले एक भाले हात्तीलाई समूहबाट छुट्टिएर ४ किमि उत्तर-पूर्वमा टहलाईरहेको देखिएको थियो ।

मार्च २०२० मा पहिलो पटक हात्तीहरूले आफ्नो प्राकृतिक वासस्थान छोडेर यात्रामा निस्किएको देखिएको थियो । यसले चिनियाँ सोशल मिडियालाई मोहित तुल्याएको छ । यद्यपि सरकारी मेडियाका अनुसार तिनीहरूको विनाशकारी उपस्थितिले चीनिया सरकारलाई कम्तिमा ६० हजार ८ सय यु आन (सरिब साँढे १० लाख अमेरिकी डलर) क्षति भएको छ ।

हात्ती किन गए पहाडमा सुत्न ?

यो हात्तीको बथानमा छावा (बच्चा) पनि छ । त्यसैले हात्तीले छावाको हेरचाह र सुरक्षालाई पहिलो प्राथमिकता दिन्छन् । समथर भागमा चितुवा, ब्वाँसो, हुँडार लगायतका हिंश्रक जिव हुनाले तिनले छावालाई मारिदिन सक्छन् । वा गम्भिर घाईते पारिदिन सक्छन् । पाका हात्तीमाथिपनि आक्रमण गर्न सक्छन् । त्यसैले खासमा यि हात्ती सुरक्षाकोलागि पहाडतिर गएको हुनसक्ने संभावना छ ।

हिंश्रक जनावर पहाडमापनि हुन नसक्ने त होइन । तर तुलनात्मक रुपमा अन्य जिवजन्तुको हिँडडुल र आक्रमणको भय पहाडमा कम हुनालेनै पहाडको खोंचमा रोजेको हुनुपर्छ । पहाडबाट ढुंगा माटो र रुखका हाँगाले हिर्काएर ओरालोतिर लखेट्न सहज हुने भएकालेपनि हात्तीहरुले पहाडको खोंच रोजेको हुनुसक्छ ।

संवन्धित आलेख

हात्तीको गोबरबाट निकालेको कफी विश्वमा सबैभन्दा महँगो !

तपाइँको प्रतिक्रिया