बिहीबार, वैशाख १३, २०८१

विश्व सम्पदा सूचीको उम्मेदवारमा फ्रान्सेली रोटी

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ जेठ २७ गते १६:२८

राष्ट्रिय निकुन्ज, नदीनाला र ताल, झरना र पुरातात्विक र ऐतिहासिक भवनहरु विश्व सम्पदा सूचीमा परेको सुनिएकै हो । युनेस्कोमा बिभिन्न देशले उम्मेदवारी दिएकोपनि जानिएकै हो । तर फ्रान्सले भने यो वर्ष युनेस्कोमा आफ्नो परम्परागत रोटी (ब्यागेट) लाई सूचिक्रित गर्न उम्मेदवारी दर्ता गराएको छ ।

बागेट भनिने घोचा जस्तो रोटी फ्रान्सको परम्परागत खनामा पर्छ । फ्रान्सले यो रोटी फ्रान्सेलीको सम्पत्ती भन्दै विश्व सम्पदा सूचीमा सूचिक्रित गर्न दर्ता गराएको छ ।

बागेटलाई फ्रान्सले अमूर्त सांस्क्रितिक सम्पदामा समाबेश गर्नुपर्ने भन्दै छानेको हो । तर विश्व सम्पदा संघ (युनेस्को) बाट यसको अन्तिम निर्णय दिन सन् २०२२ सम्म कुर्नुपर्ने फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् ।

“फ्रान्सको यो राष्ट्रिय उम्मेदवारीलाई युनेस्कोले सफलताको मुकुट लगाईएको खण्डमा यसले जागरूकता बढाउन सम्भव तुल्याउने छ । दैनिक जीवनको एक हिस्सा रहेको खाद्य अभ्यासलाई धेरै संख्यामा साझा गर्ने छ ।  यसले एउटा विशेष सम्पदाको गठन गर्ने छ”  युनेस्कोमा सूचिक्रितका लागि रोटी दर्ता गरेपछि फ्रेन्च संस्क्रिति मन्त्री रोस्लिन बास्लोले बिज्ञप्ती जारि गर्दै भनेका छन् ।

हाल फ्रान्समा खासगरि ग्रामिण क्षेत्रहरुमा बेकरीको संख्या घटिरहेको छ । सन् १९७० मा परम्परागत बेकरीहरुको संख्या ५५ हजार थियो । अर्थात् सात सय ९० जनाकालागि एउटा बेकरी पर्थ्यो । तर हाल त्यो संख्या घटेर ३५ हजार (दुई हजार जनालाई एउटा बेकरी पसल) छ । अहिले परम्परागत बेकरी पसलहरुलाई औद्योगिक उत्पादनले बिस्थापित गरिरहेको छ ।

चलचित्र र विज्ञापनहरूद्वारा अमरत्व गरिएको फ्रान्सेलीहरूको दैनिक जीवनको प्रतीक हो ब्यागेट । पेरिसमा २० औं शताब्दीको शुरुबाट ब्यागेट देखा परेको हो । मिठो, सस्तो र स्वस्थकरसमेत भएकाले ब्याकेटले फ्रान्सेली संक्रितिको एक महत्वपूर्ण स्थान ओगटेको हो । अहिले यहाँको हरेक भोजनमा ब्याकेट समाबेश हुन्छ ।

युनेस्कोमा दर्ताकालागि ब्यागेट बारे चार वर्ष लगाएर फाईल तयार गरेको फ्रेन्च नेसनल बेकरी एण्ड पेस्ट्रीका अध्यक्ष डोमिनिक अन्राक्ले उल्लेख गरेका छन् ।

विश्व सम्पदा सूचीको मुकुट प्राप्त भएमा यसले फ्रान्सेली परम्परागत खानालाई विश्वमै चिनाउने र यसको उत्पादन तथा स्वेवन गर्नेको संख्या बढ्ने आशा फ्रान्सको संस्क्रिति मन्त्रालयको छ ।

ब्यागेट लामो घोचोजस्तो रोटी हो । पिठो, पानी, नुन, खमीर वा साठोबाट बनेको हुन्छ ब्यागेट ।

प्रत्येक वर्ष विश्वभरिबाट करिब एक सय फाइलहरु अमूर्त सम्पत्तीको सम्पदाका रुपमा समावेशीकरणको मान्यता पाउन युनेस्कोमा फाईन दर्ता गरिन्छन् ।

प्रतिष्ठित लेबलको लागि प्रतिस्पर्धा गर्न उम्मेद्वारलाई पहिलो राष्ट्रिय सूचीमा दर्ता गर्नुपर्छ ।  दोस्रो चरणमा, यसलाई एथ्नोलोजिकल एण्ड इन्टान्जिबल हेरिटेज कमिटीको सल्लाहकार समितिले युनेस्कोमा दर्ताकालागि उपयुक्त ठानेको हुनुपर्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक