बिहीबार, वैशाख १३, २०८१

अमेरिकी राष्ट्रपतीको युरोप भ्रमण : बेलायती प्रधानमन्त्री जोन्सनसित बेलायतमा भेट

नेपालप्लस संवाददाता२०७८ जेठ २७ गते १८:१७

REUTERS/Kevin Lamarque

अमेरिकी राष्ट्रपतीले जो बिडेनले आफ्नो युरोप भ्रमणका क्रममा पहिलो भेट बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसित बेलायतको कोर्नवालमा गरेका छन् ।

जो बिडेन र बोरिस जोनसन बिच आजै बिहीवार पहिलो पटक आमनेसामने भेट भएको हो । दुई देश नयाँ “अटलान्टिक चार्टर” मा सहमत हुने आशा गरिएको छ । यसले ब्रेक्सिटको नाजुक मुद्दा र आयरल्याण्डमा हुने नतिजाबाट धमिलो पार्दै आएको छ ।

अमेरिकी राष्ट्रपती जो बिडेन बुधवार अजुन ९ मा बेलायत आ इपुगेका थिए । उनी संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको रूपमा विदेश भ्रमणमा पहिलो चोटि बोरिस जोनसनलाई बिहीबार कर्नेवालको दक्षिण समुद्रीतट स्थित रिसोर्ट कार्बिस बेटीमा भेटेका छन् । बेलायतको पश्चिममा रहेको यहाँ जि ७ राष्ट्रहरुको शिखर सम्मेलन भोली शुक्रवारदेखि हुँदै छ ।

सम्मेलन विशेष गरी कोरोनाभाइरस महामारी र मौसम संकटमा समर्पित हुने छ । सम्मेलन शुक्रवार देखि आइतवारसम्म हुन लागेको हो ।

ह्वाइट हाउसका अनुसार जो बिडेनले कोभिड १९ बिरूद्ध विपन्न देशका लागि ५० करोड फाइजर बायोटेक खोप ९२ वटा बिपन्न देशलाई ऐतिहासिक खरीदको घोषणा गर्नेछन् । ति खोप संयुक्त राष्ट्र संघको कोभ्याक्स उकार्यक्रम अन्तर्गत प्राप्त गर्न वञ्चित देशहरूलाई सहयोग प्रदान गरिनेछ ।

जो बिडेनले आइतबार विन्डसर कासलमा रानी एलिजाबेथ दोस्रो सित दर्शनभेट गर्ने छन् । त्यसपछि उनले युरोपियन युनियनसँगको अर्को शिखर सम्मेलन नाटो शिखर सम्मेलनमा भाग लिने छन् । उनको युरोप यात्रा बुधवार जेनेभामा उनका रूसी समकक्ष भ्लादिमीर पोटीनसँग भेटेर टुंगिने फ्रंस २४ न्युजले उल्लेख गरेको छ।

“संयुक्त राज्य अमेरिका फर्कियो !”

“संयुक्त राज्य अमेरिका फर्कियो !” जो बिडेनले बेलायत आइपुगेलगत्तै उल्लेख गरे । उनले पाँच महिना अघि पदभार ग्रहण गरेपछि हातहतियार छोडेको सन्देशको संकेत गरे । अर्थात् अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाएको उल्लेख गरे । “विश्वभरका प्रजातन्त्रवादीहरू सबैभन्दा कठिन चुनौतीहरूको सामना गर्न एकजुट भएका छन्” उनले भनेका छन् ।

बिहीवारको लन्डनले विन्स्टन चर्चिल र फ्रान्कलीन डी रुजवेल्टले हस्ताक्षर गरेको बडापत्रको मोडेलमा डिजाइन गरिएको नयाँ “एट्लान्टिक चार्टर” लाई परिमार्जन गरि हस्ताक्षर हुने आशा गरेको छ । अब “सन् १९४१ पछि विश्व परिवर्तन भएको छ, प्रजातन्त्रको रक्षा, सामूहिक सुरक्षा र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी मूल्यहरु उस्तै छन्” बेलायती प्रधानमन्त्रीको कार्यालयले उल्लेख गरेको छ ।

“म यस वर्षको जि ७ को लागि कर्नवाल पुगेको छु जहाँ मेरा साथीहरूलाई महामारी सित लड्ने, सहज र स्पष्ठ दिशा लिने, अझ राम्रो र हरियाली बनाउने चुनौतीमा उत्रिन आग्रह गर्दछु” वाईडेनले आफ्नो ट्विटरमा उल्लेख गरेका छन् ।

दुई देशले गर्ने सहमतीमा “हालसालैका चुनौतिहरुलाई पनि मान्यता दिनेछ । जस्तै साइबर आक्रमणको खतरालाई सम्बोधन गर्नुपर्ने, जलवायु परिवर्तनसित लड्न र जैविक विविधतालाई बचाउनको लागि तत्काल कदम चाल्ने,र विश्वलाई सहयोग पुर्‍याउन कोरोना भाइरस महामारीको अन्त्य गर्न विशेष कार्यक्रम ल्याउने र यसबाट पुन: प्राप्ति गर्न सहमतीमा निर्दिष्ट गरिएको उल्लेख छ ।

(नेपालप्लसको साथमा ए एफपी र फ्रँस २४ न्युज)

तपाइँको प्रतिक्रिया