बिहीबार, चैत १५, २०८०

गरीब देशहरुलाई एक अरब कोरोना खोप दान दिने जि ७ बैठकमा प्रतिबद्दता

नेपालप्लस संवाददाता / लण्डन२०७८ जेठ २८ गते १७:३१

Image: REUTERS/Dado Ruvic/File Photo via timeslive.co.za

सात मुख्य प्रभावशाली मानिएका देशहरुको संगठन जि ७ को बैठकले गरीब देशहरुलाई कोविड १९ का बिरुद्दको खोप एक अर्ब मात्रा दान गर्ने प्रतिबद्दता गरेको छ ।

आज शुक्रवारदेखि बेलायतमा शुरु भएको भेलामा जि ७ मुलुकहरुले यो प्रतिबद्दता जनाएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालयले सार्वजनिक गरेको छ ।

महामारीलाई कसरि रोक्ने, कोरोना संकटले निम्त्याएको आर्थिक घाटालाई कसरि पूर्ती गर्ने, यो आर्थिक समस्याकाबिच बाँकी विश्वलाई के कसरि सहयोग गर्ने र मौसम आपतकालिन अवस्थालाई कसरि समाधान गर्ने भन्ने जि ७ मुलुकहरुको भेलाको मुख्य एजेण्डा छ ।

जी ७ मुलुकका नेताहरूले लगभग दुई वर्षमा गरेको आफ्नो पहिलो बैठकको समयमा विश्वव्यापी संकटको बारेमा साझा प्रतिक्रिया खोज्नेछन् । आज शुक्रवार देखि बेलायतको दक्षिण-पश्चिमस्थित कर्नवालमा शुरु भएको भेला आइतवारसम्म चल्ने छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालयद्वारा जारि सूचनामा कोरोना भाईरसलाई सन् २०२२ सम्ममा पूर्णरुपले निमिट्यान्न पार्ने विशेष लक्ष्य राखिने छ । त्यसकोलागि बिपन्न राष्ट्रकालागि एक अरब खोप दान दिईने छ ।

बोरिस जोनसनले भनेका छन् “विश्वको सबैभन्दा ठूला र प्राविधिकरुपमा सबभन्दा उन्नत प्रजातन्त्रिक देशहरुले आफ्नो जिम्मेवारी वहन गर्ने समय आइसकेको छ । र विश्वभरिलाई खोप लगाउने काम गर्ने छ । किनकि जबसम्म सबै सुरक्षित भईन्न तबसम्म कोहिपनि सुरक्षित हुन सक्दैन। ”

स्कटल्याण्डमा नोभेम्बरमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (सीओपी २) भन्दा अघि यस शिखर सम्मेलनको अर्को प्राथमिकता ग्लोबल वार्मिंङ बिरूद्धको लडाई हुनेछ ।

टाइम्स पत्रीकाका अनुसार बोरिस जोसनले विकासोन्मुख देशहरूलाई अर्थव्यवस्था सुशासन गर्न सहयोग पुर्‍याउने “मार्शल प्लान” राखेका छन् । दोस्रो विश्वयुद्ध पछि युरोपेली पुनर्निर्माणका लागि जसरि अमेरिकाले ठूलो अमेरिकी कोष खडा गरेको थियो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो ट्विटरमा उल्लेख गरेका छन् “जि ७ बैठकमा म नेताहरूलाई उत्सर्जन कटौती गर्न र हाम्रो ग्रहलाई बचाउन आग्रह गर्दछु ।”

तपाइँको प्रतिक्रिया

फेसबुक