शुक्रबार, चैत १६, २०८०

राष्ट्रपतीको गालामा थप्पड हान्नेलाई चार महिना जेल

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ जेठ २८ गते १८:४१

Photo Source-policeetrealites.com

फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोलाई थप्पड हान्ने ब्यक्तिलाई १८ महिनाको जेल सजायँ तोकिएको छ । तर उनी जम्मा चार महिना जेल बसे पुग्छ ।

राष्ट्रपति एमानुएल माख्रोंलाई मंगलबार ड्रम यात्राको क्रममा थप्पड हानेका युवालाई बिहीबार १८ महिना जेल सजाय सुनाइएको थियो जसमध्ये १४ निलम्बित गरिएको थियो ।

अठार महिना जेल सजाय सुनाएपनि त्यसमध्ये १४ महिना निलम्बित वा माफी गरिएको छ । एमानुएल माख्रोंको विरुद्ध थप्पड हानिएको दुई दिन पछि फ्रान्सको दक्षिणी क्षेत्र ड्रोमको अदालतले दामियँ तारेललाई बिहीवार जुन १० का दिन तुरुन्तै उपस्थित भएमा चार महिना मात्रै बस्नुपर्ने भन्ने जेल सजाय सुनाएको थियो ।

भ्यालेन्सको फौजदारी अदालतले दामियाँ तारेललाई १८ महिना जेल सजाय सुनाएको हो जसमा १४ महिना निलम्बित गर्न सकिने सजाय पनि थियो । उनी तुरुन्तै उपस्थित भएर छिटो निर्णय सुनाउन आग्रह गरेका थिए ।

अभियोजकको आवश्यकता अनुसार राष्ट्रपतिले कमिटल वारेन्ट राखेका थिए । अर्थात् सरकारी आदलतकै तर्फबाट क्लर्कले राष्ट्रपतीका तर्फबाट वारेन्ट काटिदिएका थिए ।

उनीसँगै पक्राउ परेका उनका साथी आर्थुर सीलाई २०२२ को उत्तरार्धमा अदालतमा बोलाइने छ । सरकारी वकिल आलेक्स पेराँले उनको घरमा अवैध भेटवस्तु राखिएकोले हतियार सम्बन्धी अपराधको जवाफ दिन बोलाईने उल्लेख गरेका छन् ।

संवन्धित आलेख

किन खाए फ्रान्सेली राष्ट्रपतीले थप्पड ?

तपाइँको प्रतिक्रिया

फेसबुक