बिहीबार, वैशाख १३, २०८१

पाकिस्तानी कूटनितिज्ञद्वारा २० वर्षदेखि कामदारको शोषण

नेपालप्लस संवाददाता२०७८ जेठ २९ गते ११:५५

फिलिपिन्सका ६ जना नागरिकहरुले गत २० वर्षदेखि जेनेभास्थित पाकिस्तानी कूटनितिज्ञकालागि बिना पारिश्रमिक काम गरिरहेको आरोप लगाएका छन् ।

स्थानीय अधिकारीहरूबाट आफ्ना मुद्दा सुनुवाई नभएपछि उनीहरूले जेनेभासथित सरकारी वकीलको कार्यालयमा उजुरी गरेको किस्टोन न्युजले उल्लेख गरेको छ ।

एसआईटी श्रमिक युनियनका प्रमुख मिरेला फाल्कोले जेनेभामा पत्रकारलाई बताए अनुसार संयुक्त राष्ट्र संघका लागि पाकिस्तानी मिसनले उनीहरूलाई जेनेभामा सम्मानजनक जीवनको प्रतिज्ञा गरेको थियो । उनीहरूलाई बस्ने ठाउँको ब्यवस्था गरिदिएको थियो । र सामाजिक बीमा तिरेको थियो । उनीहरुलाई अनेक सुविधासहित सम्मानजनक जिवनको प्रतिज्ञा गरेकाले ति फिलिपिनीहरुले फिलिपिन्स छोडेर जेनेभा गएको एसआईटी कार्यकर्ता युनियनका प्रमुख मिरेला फाल्कोले बिहीवार जेनेभामा पत्रकारलाई बताइन् ।

जेनेभा आगमनमा उनीहरुले थाह पाए, वास्तविकता एकदम फरक थियो । फाल्कोले भने “वैधानिक कार्डको अभावमा उनीहरूले हप्तामा दश घण्टा भन्दा बढि काम सित्तैमा गर्नुपर्‍यो । कूटनितिक कार्यालयहरुले कामदारकालागि एउटा विशेष कार्ड दिन्छन् त्यो स्विस मिसनले जारी गर्छ । पाकिस्तानी कूटनितिज्ञले त्यो कार्ड आफ्ना फिलिपिनी कर्मचारीलाई दिएका थिएनन् ।

बाँच्नको लागि पुग्ने पैसा कमाउन उनीहरूले अन्य रोजगारदाताहरूसँग काम खोज्नुपरेको बताएको किस्टोन न्युजले जनाएको छ ।

“दशकौंदेखि यी घरेलु कामदारहरूलाई कूटनितिज्ञले बस्न दिएको निवास स्थान गुमाउने डरले चुप लाग्न बाध्य पार्‍यो । यदि तिनीहरूलाई हटाइएको भए उनीहरूले अर्को कूटनीतिक रोजगारदाता फेला पार्न दुई महिना लाग्थ्यो । नत्र उनीहरुसँग काम छोड्ने वा भूमिगत जाने बाहेक अरु विकल्प थिएन” मिरेला फाल्कोले भनिन् ।

कोही बिरामी भए । किनभने कोरोनाभाइरस महामारीले आफ्नो परिस्थिति मात्रै बदलिदियो । उनीहरू अँध्यारोबाट बाहिर निस्के । आरटीएस कार्यक्रम (मिज ओ प्वाँ) मा खुल्लम खुल्ला उजुरी दिने निर्णय गरे जसले कूटनीतिक संसार र यसका सुविधाहरूको सामना गर्ने जोखिम उठायो । तर तिनले रोजगारी पाउन भने सकेनन् ।

“मलाई हटाउन वास्तवमै धेरै गाह्रो छ । मैले पाकिस्तानी मिसनको लागि आधा जीवन धेरै मेहनत गरें । तिनीहरू यो कुरा जान्दछन् ” एक जना साक्षीकर्ताले भने ।

गम्भीर अपराध

एसआईटीको माध्यमबाट कर्मचारीहरूले न्यायमन्त्री करिन केलर-सुट्टर र विदेश मन्त्री इग्नाजियो केसिसलाई अपील गरेका छन् । आफ्नो पत्रमा तिनीहरूले आफूले भोगेका दुर्व्यवहारको भर्त्सना गर्दै स्विजरल्याण्डले आफूहरूलाई जोगाउनुपर्ने उल्लेख गरेका छन् । युनियनले कूटनीतिक संसारमा काम गर्ने अवस्था र निवास अनुमति पत्र चलाउने नियमहरूलाई अझ मजबुत बनाएर यी अभ्यासहरू समाप्त गर्नका लागि अधिकारीहरूलाई आग्रह गरिरहेको स्विस इन्फो डट सि एचले उल्लेख गरेको छ ।

“यी अपराधहरू अत्यन्त गम्भीर छन्” दुई महिलालाई बचाउँदै आएका वकील क्लाइन मोरेउले भनेका छन् । उनले उजुरीको जवाफमा अनुसन्धान गरिने बताएका छन् । “उनीहरूलाई हल्कासित लिनु हुँदैन । त्यहाँ जबरजस्तीको शंका छ । ब्याज तिर्नुपर्ने अवस्था र मानव बेचबिखनको शंका रहेको छ” मोरेउले उल्लेख गरेका छन् ।

उनले यी महिलाहरूद्वारा सार्वजनिक गरेका बोली, भनाईहरुको भूमिकालाई जोड दिए । र प्रान्तिय अधिकारीहरूको आलोचना गरे जसले मुद्दालाई वेवास्ता गरेका थिए । मोरोउले भने “यो उनीहरू आफ्नैकालागि नभएर अरुका लागि गरिरहेका छन् ।”

अरु महिलाहरू यस विषयमा बोल्न डराए । स्विस नान्नी एसोसिएसनका एक प्रतिनिधिले स्विस मिसनलाई यसको लाक्षणिक नियन्त्रणको लागि आलोचना गरेका छन् । अर्थात् कामदारहौर्को संरक्षण नगरेको भन्ने आरोप तिनको छ ।

तपाइँको प्रतिक्रिया