मंगलबार, वैशाख ११, २०८१

क्रिश्चियन एरिकसनको होस् खुल्यो, गम्भिर परिक्षण गरिने

नेपाल प्लस२०७८ जेठ २९ गते २०:२४

आज डेनमार्क र फिनल्याण्ड बीचको यूरो खेलको क्रममा मुटुको प्रेसरबाट पीडित क्रिस्चियन एरिक्सनको होस खुलेको छ । लाईभ फुटबलका अनुसार २८ वर्षिय मिडफिल्डर क्रिश्चियन एरिकसन सचेत देखिएका छन् र अहिले जागा रहेका छन् ।

हालसम्म ३६ गोल गरिसकेका उनलाई आपतकालिन कक्षबाट अस्पतालमा स्थिर अवस्थामा सारिएको छ । डच मिडिया एनओएसका अनुसार इन्टर मिलानका प्लेयर मार्टिन स्कूट्सको एजेन्टले आश्वासनदायी जानकारी दिँदै भनेको छ “मैले भर्खरै क्रिश्चियनको बुवासँग कुरा गरें । र उनले मलाई भने कि उनी सास फेर्दै छन् । अहिले उनी बोल्नपनि सक्षम छन् ।” अब एरिक्सनको गहन परीक्षण गरिने छ ।

तपाइँको प्रतिक्रिया