बिहीबार, वैशाख १३, २०८१

भाषा लोप हुँदा औषधीय वनस्पतीको ज्ञानपनि लोप हुने खतरा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ जेठ २९ गते २०:५६

केही आदिवासी भाषाहरू पूर्वानुमान गरिएअनुसार लुप्त हुँदा धेरै औषधीय बोटबिरुवा र वनस्पतीहरूको ज्ञानसमेत हराउनसक्ने बिज्ञहरुले औंल्याएका छन् ।

स्विजरल्याण्डको जुरिच विश्वविध्यालयका अनुसन्धानकर्ताहरूले पत्तालगाए अनुसार तीन चौथाई घटनाहरूमा यो ज्ञान मौखिक रूपमा मात्रै त्यस्ता आदिवासी भाषाहरू मध्ये कुनै एकमा मात्र प्रसारित हुन्छ । त्यसैले कुनै एक भाषा मर्दा औषधीय महत्वका वनस्पती, बोटबिरुवाको ज्ञानपनि लोप हुन्छ ।

भाषाविद्हरूको अनुमान अनुसार हाल विश्वमा बोलिने ७,४०० भाषाहरू मध्ये एक तिहाइ शताब्दीको अन्तसम्ममा लुप्त हुनेछन् । यद्यपि केही आदिवासी संस्कृतिहरू उनीहरूको ज्ञान प्रसारित गर्ने एकमात्र तरीका भनेको मुखको वचनद्वारा हो । ति भाषा लोप भए सँगै औषधीय महत्वका ज्ञानपनि लोप हुनेछन् र त्यस्ता बोटबिरुवा पहिचानमा समस्या हुने छ ।

बोटबिरुवा वरपरको चिकित्सा ज्ञान कत्तिको खतरामा छ भनेर जाँच्नको लागि, जुरिच विश्वविद्यालयबाट रोड्रिगो कमारा-लेरेट र जोर्डी बास्कोप्टले ३,५९७ वटा औषधीय महत्व बोकेका बोटहरूको तथ्यांक संकलन गरे । तिनीहरूले यी बोटहरू प्रयोग गर्ने १२,४९५ तरीकामा हेरे जुन ज्ञान उत्तर अमेरिका, उत्तरपश्चिमी अमेजन र न्यूगिनिमा बोलिने २६६ आदिवासी भाषाहरूमा प्रसारित हुन्छ । तिनीहरूको अध्ययन पिनास (PNAS) पत्रिकामा प्रकाशित भएको छ ।

“परिणाम के देखिन्छ भने यी बोटहरूको ७५ प्रतिशत ज्ञान केवल एउटा भाषामा सुरक्षित छ । र स्पष्ट रूपमा यी भाषाहरू सबैभन्दा धेरै जोखिममा छन्” जोर्डी बास्क बासकाँतले स्विस समाचार एजेन्सी कीस्टोन-एटीएसलाई बताइन् ।

उत्तर पश्चिमी अमेजोनियन संस्कृतिहरूको अपूरणीय ज्ञान विशेष गरी जोखिममा रहेको उनीहरुको भनाई छ । बोटबिरुवाहरू प्रयोग गर्ने केहि ९० प्रतिशत तरिकाहरू केवल एक भाषामा प्रसारित हुन्छन् ।

उत्तर पश्चिमी अमेजोनियन संस्कृतिहरूको अपूरणीय ज्ञान विशेष गरी जोखिममा छ । “यो त्रासदीपूर्ण कुरा हो किनकि यी भाषाहरू हराइसकेपछि तिनलाई पुनर्प्राप्ति गर्ने कुनै तरिका छैन” बास्क कँतेले चेतावनी दिए ।

“भूमण्डलीकृत विश्वमा यस प्रवृत्तिलाई रोक्न गाह्रो छ” उनले थपे” सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भाषाको विविधताको सुन्दरता र मूल्यलाई चिन्नु, मानिसहरुलाई उनीहरूको मातृभाषा बोल्न दिनु र विलुप्त हुने खतरा भएका भाषाहरुको दस्तावेजीकरण गर्नु हो ।”

तपाइँको प्रतिक्रिया