बिहीबार, वैशाख १३, २०८१

३००० मानिस बस्न मिल्ने विश्वकै सबैभन्दा लामो बेन्च

नेपालप्लस संवाददाता२०७८ जेठ ३० गते १४:४९

यो बेन्चको खास नाम मारोनिय द ला थ्रेई हो । पछि यसलाई लंगेस्ट बेन्च अफ द वर्ल्ड भन्नथालियो । सन् १७६७ मा बनेको यो बेन्च १२० मिटर लामो छ । जेनेभको पुरानो शहरमा रहेको यो नगरपालिका कार्यालयको नजिकै छ ।

जेनेभा पुगिसकेपछि विश्वकै लामो बेन्चको स्वाद नलिनु एक लाजमर्दो कुरोपनि मानिन्छ ।

जेनेभाको पुरानो शहर एउटा पहाडमा छ । यसको एक छेउमा ‘फोमनाद द ला थ्रेई’ भन्ने छ । त्यो भनेको थ्रेई वरिपरि आनन्दले हिँडडुल गर्ने भनिएको हो । त्यो पहाडमा रहेको पुरानो जेनेभा शहर हेर्दै हिँड्दा टाढा टाढाको द्रिष्यपनि देखिन्छ । हो त्यहिँ लामो न लामो बस्ने ठाउँ छ जुन विश्वको लामो बेन्च भनेर चिनिन्छ । वरिपरि हिँडेकाहरु जति जना होउन् थकाई लाग्नासाथ टुसुक्क बस्न पाइन्छ ।

यो बेन्च ‘आपेन्जेलर कासे जिएमबिएच’ ले निर्माण गरेको थियो । सन् १९६७ मा निर्माण गरिएपनि बेन्चको मापन सन् २०१२ को अगस्ट १८ मा गरिएको थियो । यो बेन्चमा एकै चोटी ३००० मानिस बस्न सक्छन् ।

तपाइँको प्रतिक्रिया