शुक्रबार, वैशाख १४, २०८१

बेलायतले विश्वलाई देखाउँदैछ, कोभिडको तेस्रो छाल कस्तो हुन्छ

उमाईर हाक२०७८ असार ६ गते १३:२०

केहि अन्धकार । मूर्ख शासक र खतरनाक बेलायत डुब्दै छ । यस्तो सँधै हुँदैन । यी दिनहरू सधैं आउँदैनन् ? यो समय ब्रेक्जिट होईन । यो कोविडको तेस्रो लहरको हो । र यसले धेरै खराब बनाउन गइरहेको छ धेरै हिसाबले । पहिलेको कोरोना लहरका दुईभन्दा नराम्रो किसिमले । ब्रेक्जिट पछिको ब्रिटेन । पृथ्वीको सबैभन्दा मुर्ख देश । यसमा कोविडको तेस्रो छाल कस्तो देखिन्छ । र यो वास्तवमै कति हानिकारक हुनसक्छ भनेर संसारलाई सिकाउन जाँदैछ ।

केहि संख्याहरूबाट शुरू गरौं । कोविड घटनाहरू फेरि बेलायतमा बढ्दो छ । तर जुनसुकै कोभिड घटना होईन । “डेल्टा” संस्करणका केसहरू । त्यो एक हो जुन भारतमा उत्पन्न भयो । डेल्टा भेरियन्ट अहिले बेलायतमा प्रमुख तनाव हो जुन ९० प्रतिशत नयाँ केसहरूमा आधारित छ । र केसहरू हरेक हप्ता दोब्बर हुन्छन् । आज ८,००० नयाँ केसहरू छन् । धेरै जस्तो लाग्दैन । तर एक महिनामा वर्तमान “आर,” वा दोहोरो दरमा त्यो ६४,००० हुनेछ । र छ हप्तामा, यो २,५६,००० पुग्छ ।

यो तेस्रो लहरको छाल छिटो फुट्न सक्छ । बेलायतले यो बिर्सिसकेको छ कि संसारले महामारीसित व्यवहार गरिरहेको छ । जुधिरहेको छ जुन चीजले घातकीय बृद्धिका कानूनहरूको पालना गर्दछ।

तर यो केवल सुरूवात हो । डेल्टा संस्करण मूलभन्दा खराब छ । धेरै नराम्रो । दुई पटक धेरै बिरामीहरू अस्पतालमा भर्ना भए । यो युवा मानिसहरू र पहिले नै बिरामी भएकालाई झन खराब छ । पक्कै पनि बुढेसकाल लागेकालाई यो झन कठिन छ । खासमा यो सबैकालागि गार्ह्रो बनाउने रुपमा परिचित छ ।

डेल्टा भेरियन्ट लागेर मृत्यु हुने मध्ये ३० प्रतिशत खोप लगाइसकेकाहरु थिए । त्यसले के बताउँछ भने डेल्टा भेरियन्टले खोप पचाईसकेको छ । खोपलाई चुनौति दिने यो पहिलो भेरियन्ट हो । तर यो अन्तिम भने पक्कै होइन ।

यो खोप प्रतिरोधी कसरी हुन्छ ? अक्सफोर्ड एस्ट्राजेनेका खोपको दुई खुराक जुन सबैभन्दा अधिक बेलायतीले लगाएका छन् । त्यो डेल्टा भेरिन्टकालागि ६० प्रतिशत मात्रै प्रभावकारी छ । बेलायतमा धेरैजसो खोप लगाएकाले एक डोज मात्रै पाएका छन् ।

एक नयाँ संस्करण प्रत्येक हप्ता दोहोरिंदै जाने । यो खोप प्रतिरोधी हो जसले देशमा मुख्य खोपलाई लगभग अप्रासंगिक बनाउनको लागि पर्याप्त छ । र यसरी धेरै मानिसहरू दोब्बर रुपमा अस्पतालमा भर्ना भएका छन् । र त्यसपछि, ३० प्रतिशत मृत्यु हुने ती व्यक्ति हुन् जुन पूर्ण खोप लगाईएका हुन्छन् । तपाईं बेलायती हुनुहुन्न भने पनि पिडित हुनुपर्ने छ किनभने यो तेस्रो लहर जस्तो देखिन्छ ।

बेलायत जाडोयाम र वसन्तकालमा लकडाउनमा थियो। बेलायतीले जुन २१ तारिखमा फेरि खुल्ने समयका लागि हेर्दै छन् । खोलेपनि सफल हुन गइरहेको छैन । यो भाइरसलाई जेल फ्रि कार्ड दिएर बाहिर निकाल्ने जस्तो कुरा हो । यसको मतलब बेलायतले फेरि गर्मी याममा लकडाउन गर्नुपर्ने छ, लकडाउनको तेस्रो काल । यो सुन्दा तपाईलाई रमाईलो जस्तो लाग्न सक्छ ।

त्यसोभए बेलायत कसरी यस्तो अवस्थामा आईपुग्यो ? यो एउटा दु:खी, बेवकूफ, अयोग्य, दुर्भाव र अज्ञानताको गहन कथा हो । ब्रह्माण्डकै सरकार मध्ये मूर्ख सरकार । र त्यस्तो समाजबाट यो भैरहेको छ । म वास्तविकता सुनाउँछु ।

कसरी डेल्टा भेरिएन्ट आयो ? खैर, यो भारतमा परिवर्तित भयो । ठूलो अंशमा बेलायतको राष्ट्रवादी लोभ, अभिमान, अति घमण्डलेपनि बेलायतमा धेरै देखियो । अक्सफोर्डले “एस्ट्राजेनेका” भ्याक्सिन विकास गरेको छ । यसका सिर्जनाकर्ताहरू, अन्वेषकहरू, यसलाई खुला स्रोत, प्रतिनिर्माण गर्न र कहिँ पनि विकासको लागि उपलब्ध गराउन प्रतिबद्ध छ । जे भएपनि यो विश्वव्यापी महामारी थियो । अझै भन्नुपर्दा बिल गेट्सको केही सहयोगी हस्तक्षेपले गर्दा अक्सफोर्ड खोप निजीकृत गरिएको थियो । एस्ट्राजेनेका बेलायतको प्रमुख फार्मास्यूटिकल कर्पोरेशनलाई मात्र दिइएको छ ।

त्यसैले विश्व खोपको सट्टा वा कम्तिमा विश्वलाई खोप लगाउन सहयोग पुर्‍याउनुको सट्टा बेलायत खोप राष्ट्रवादको मूर्ख र स्वार्थी खेलमा व्यस्त छ । यसले नयाँ निजीकरण गरिएको आफ्नो खोप आफैंमा राख्यो । यसले युरोपलाई अक्सफोर्ड खोप लिनबाट पनि रोक्यो । खोपले के गर्न खोजिरहेको छ भनेर स्वार्थी देखियो बेलायत । उसले खोप प्रतिरोधीहरुलाई प्रजजन् गराइरहेको छ ।

यसबीच भारतमा पर्याप्त खोपहरू उपलब्ध थिएनन् । त्यसैले कोविड उत्परिवर्तन भएको भयै भयो । जबसम्म नयाँ उत्परिवर्तनलाई खोपले जित्न सक्दैन “स्पाइक प्रोटीन” को आकार बदल्दै तबसम्म उत्परिवर्तन रोकिँदैन । यदि तपाईंलाई ती सबै कुरा निष्ठुर लाग्दछ भने चिन्ता नलिनुहोस् – कुरा सरल छ। यसको खोप आफैंमा राखेर उत्परिवर्तित रुपहरु फैलाउन मद्दत गर्‍यो । कोरोनाका रुपहरु बदलिन समय दियो । यसको प्रतिरोधी प्रतिभाहरू हल्का वेगमा प्रजनन् हुँदैगए । विश्वको सबैभन्दा खराब देखिएका मुलुकहरूमा झन बिकास हुँदै गयो । जस्तै भारतमा । खोपहरु आफैंले कोरोनाका विकसित रुप फैलिन र थप भेरियन्टको प्रजनन् हुन बेलायतले सहयोग पुर्‍यायो ।

त्यो पहिलो गल्ती थियो बेलायतको । र यो अत्यन्त मूर्ख काम थियो । अझै पनि बेलायतीहरू विश्वलाई खोप दिने विचारमा सहज छैनन् । कसलाई मतलब ?! राष्ट्रवादी भावनाहरू हराएको एउटा राष्ट्रमा सामान्य भावना हो त्यो ।

बेलायतले भारतसितको आफ्नो सिमाना चाँडो बन्द गरेन । किन ? किनभने धेरै हदसम्म यसको सरकार राष्ट्रवादको सवारी चढ्न रुचाउनेमा थियो । यसले एउटा बलिदान र सहमतीको समस्या सिर्जना गरेको थियो, खासगरि युरोपसित । र यो अन्तहीन, कष्टकर ब्रेक्सिट “वार्ता” मा आक्रमण गर्न यति व्यस्त थियो कि यसले कोविडलाई धेरै बेवास्ता गर्यो । यो कुरालाई हेर्ने हो भने जब कोविड बिस्फोट भयो तब सामूहिक रोग प्रतिरोधात्मक नितिमा ध्यान दियो । अर्थात् सामुहिक रुपमा फैलिन दिएर रोग प्रतिरोधी क्षमता समूहमै विकास हुन्छ भन्यो । त्यसको अर्थ बेलायतले ​​सामूहिक मृत्युलाई प्राकृतिक समाधानको रूपमा औंल्यायो ।

ती सबैले बेलायतलाई तेस्रो गल्तीतर्फ पुर्‍यायो । यस राष्ट्रवादी ज्वरोमा बेलायतले आफ्नै खोप नीति अनुसरण गर्ने निर्णय गर्‍यो जुन सीधा विज्ञानको बिरूद्ध गयो । यसले मानिसहरूलाई ठूलो मात्रामा खोपको दोस्रो खुराक दिन ढिलाइ गर्‍यो । बाह्र हप्ता लगायो । जब दोस्रो खुराक तीन हप्ताम्मा लिनुपर्ने थियो । खोपहरू सिर्जना गर्ने वैज्ञानिकहरूका अनुसार । किन यो गर्‍यो ? राजनीतिक फाईदा लिन । धेरै मान्छेलाई छिटो खोप लगाइयो भनेर प्रचार गर्न, जस लिन । वास्तवमा सबैलाई पूर्ण रूपमा खोप लगाएर तिनको स्वास्थ्य सुरक्षित गर्नेभन्दा धेरैलाई लगाएको भनेर राजनितिक फाइल लिन खोज्यो ।

कोविड आउँदा अमेरिकाले ट्रम्पको नियन्त्रणमा नराम्ररी ठेस खायो । तर जब बिडेनले सत्ता लिए, अमेरिकाले कोविडमा राम्रो काम गर्‍यो । किन? धेरै राज्यहरूमा त्यहाँ एक विशाल विशाल खोप प्रयास जारि राखे । व्यक्तिहरू छिटो खोप लिन थाले । विशाल खोप केन्द्रहरू स्थापना भए । मल, स्टेडियमहरू, अडिटोरियमहरूमा खोप केन्द्र स्थापना गरियो । यस्तै अन्य प्रकारका नर्सहरू, प्रबन्धकहरू र सहायकहरूका सम्पूर्ण टोलीहरूद्वारा विशेष रूपले संकटको टोली गठन गरियो । यो एक उचित आपतकालिन अभियान थियो । राष्ट्रिय स्तरमै यस्तो गरियो । वास्तवमै आधुनिक अमेरिकी इतिहासमा एक पटकको लागि भएपनि बिडेन राष्ट्रपती भएपछि अमेरिकाले राम्रो काम गर्‍यो ।

त्यो किनभने बिडेनले विज्ञानलाई प्रथम स्थानमा राखे । राजनीतिलाई होइन । उनीले बुझे कि यो अवस्थामा राजनैतिक खेलहरू खेल्नु विनाशकारी हुनसक्दछ । त्यो विन्दु भनेको मानिसहरूलाई छिटो खोप लगाउनु हो । यसको विपरीत, बोरिस जोनसनको सरकारले विज्ञानसँग राजनैतिक खेल खेल्‍यो । दोस्रो खोप दिन ढिलाइ गर्‍यो र सकेसम्म धेरैलाई खोप दिन खोज्यो तैपनि पूर्ण रूपमा खोप दिएको देशको धारणा दिन सकोस् भन्ने उद्देश्यले । प्रचार गर्न पाओस । तर वास्तवमा यस्तो अवस्था थिएन।

त्यसले विपत्तीमा पुर्‍यायो बेलायतलाई । धेरैजसो बेलायतीमा अझै एक खोपको एक खुराक मात्र रहेको छ । कुन खोप ? खोप जुन नयाँ संस्करणको कोरोनालाइ राम्रोसँग काम गर्दैन । किन त्यो भेरियन्टलाई काम नगर्ने खोप शुरू गर्‍यो ? किनकि बेलायत एकदम लोभी र स्वार्थी थियो । विश्वभरि छिटो खोप लगाउन मद्दत गर्न उसले लोभ गर्‍यो । यो यति मूर्ख र बेवकूफ बन्यो कि यसले आफैंलाई खोप लगाउन पनि बाध्य पारेन ।

समस्या बोरिस जोनसन मात्र होईनन् । औसत बेलायती आज आत्मसंतुष्ट बन्ने र भ्रमको दोसाँधमा छन् । बोरिस र उसको समुदायले औसत बेलायतीलाई बलिदानको सट्टा अहं, घमण्ड, रुष्टताको मिश्रण दिएका छन्, युरोपियन, आप्रवासी, विदेशीहरू सबैलाई । यसको उत्तरमा, औसत बेलायती, मूर्ख क्रोधमा डुब्ने गरेका छन् ।

उनीहरूलाई घमण्डले गर्दा ढाडले टेक्ने अवस्थामा पुर्याएको छ । यो कुनै मजाक वा अतिशयोक्ति होइन । ब्रेक्जिटको आर्थिक विनाशको बावजुद युरोपमा पहिलेनै सबैभन्दा बढी कोविड मृत्यु दर थियो बेलायतमा । यो सबै हानि र मूर्खताको बावजूद, औसत बेलायतीले अझै पनि रूढीवादीहरूलाई राजनीतिक रुपमा समर्थन गर्दछ । यस्तो भएपनि बेलायतीलाई डराउने कुनै संकेत देखाउँदैन । ‘परम्परावादीहरूले कुनै गलत गर्न सक्दैनन्’ बेलायती पंडितहरूले भन्ने गरेका छन् । तर तिनीहरूले गलत गरेका छन् । तिनीहरूलाई एक समाजको अर्थव्यवस्था, संस्कृति र अब यसको सार्वजनिक स्वास्थ्य बिगार्नु छ । सबैभन्दा स्पष्ठ कुरा के भन्न सकिन्छ भने बेलायतीहरु उनीहरूको समर्थनको लागि बेवकूफहरुको एक राष्ट्र भएको छ ।

यो सबैलाई सँगै राखेर हेर्दा तपाई के देख्नुहुन्छ ? म एउटा छिन्नभिन्न राष्ट्रको चित्र देख्छु जो एक संकटबाट अर्को संकटमा अड्किरहेको छ । प्रत्येक पछिल्ला भन्दा अझ पछिल्ला संकट झन् खराब । र अझै आफैंले आफ्नो विनाशलाई अँगालेको छ । किनभने कम से कम उत्तेजनात्मक भाषण गर्ने, अवशरवादी भाषणकर्ताहरुले अरु कसैलाई घृणा गरेको छ । तर म कोरोनाको यो विशेष संकट, कोविडको तेस्रो छालले कसरी हल्लाउनेछ भन्ने सोचिरहेको छु ।

यो सायद डरलाग्दो हुनेछ । सम्भवतः कम संख्या संक्रमित हुनेछन् । किनभने मानिसहरू पहिले नै कोभिड संक्रमित भएका छन् । तर अस्पताल भर्ना दर अन्तिम तरंग भन्दा बढी हुनेछ । किनकि यो भेरियन्टले व्यक्तिलाई कडा रुपमा हिर्काउँदछ । धेरैलाई बिरामी बनाउँदछ । यसले अर्को संकट निम्त्याउनेछ । नेसनल हेल्थ सर्भिस पहिले नै अभिभूत छ यसका बारेमा । डाक्टर र नर्सहरूले छोड्दै छन् । तिनको आदर र सम्मान छैन । ज्यालामुखीको ताप जस्तो अवस्थामा काम गर्नुपर्छ । एकदमै कट्टरपन्थी सरकारले घृणा गर्छ । कट्टरपन्थी राष्ट्रवादी जनता जसको उनीहरूले हेरचाह गर्न खोज्दैछन् तिनीहरु टुक्रिने छन् ।

अन्तिम दुई तरंगहरूले हामीलाई विश्वव्यापी रूपमा सिकायो। यो तब हुन्छ जब स्वास्थ्य सेवा प्रणाली खराब भइरहेको छ र अब झन साँच्चिकै खराब हुन्छ । किनभने यस भेरियन्ट रुपले अस्पतालमा धेरै व्यक्तिहरूलाई भर्ती गर्छ । यो पहिले नै खराब अवस्थामा छ । तनावग्रस्त नेशनल हेल्थ सर्भिसलाई ब्रेकिंग पोइन्टमा धकेल्ने छ । यसको मतलब उच्च मृत्यु दर हुनेछ । धेरै मानिस अनावश्यक रूपमा मर्नेछन् । यस पटक सायद धेरै जवानहरूलाईपनि लाग्ने छ ।

कोविडको तेस्रो छालले गर्दा यस बीचमा अर्को लकडाउन आवश्यक हुने छ । अर्धमुटु भएको जस्तो बेलायतले विशेषज्ञता पाएको छ यसमा । भाइरसलाई जित्नको लागि वास्तवमै यत्ति बलियो छैन बेलायत । अर्थव्यवस्थाको आन्द्राभुँडी बाहिर निकाल्न पर्याप्त छ यो समस्या । अर्थात् अर्थव्यवस्था गम्भिर रूपमा ग्रस्त हुनेछ । र बेलायतीहरुमा पहिले नै अधैर्यता छ । दुखी छन् । क्रोधित छन् । राष्ट्रवादले उनीहरूको लागि काम गरिरहेको छैन । कहिले पनि गर्दैन । सायद केवल सामाजिक दूरी र लकडाउनका नियमहरू उन्मूलन गर्न जारी राख्ने छन् । उनीहरु यस्तोमा अभ्यस्त छन् ।

यस्तो सबै भइरहेको छ किन ? किनकि सरकार असक्षम र द्वेषपूर्ण छ । किनकि औसत बेलयतीले वर्तमान घटनाहरूको बारेमा कुनै चासो राख्दैन जस्तो देखिन्छ । महामारीको लागि छोड्नुहोस् । स्पष्ट रूपमा खोप अभावको नीतिमा कुनै वास्तविक परिवर्तन हुने छैन । अमेरिकामा समेत आम रुपमा खोप कार्यक्रम छैन । सामाजिक स्तरमा वास्तविक आपतकालिन प्रतिक्रिया छैन । खोप लगाउने क्रम अझैपनि शंखे किराको गतिमा अगाडि बढ्दैछ । किनभने याद गर्नुहोस्, बेलायतको कुरा भनेको मानिसहरूलाई राम्रो, द्रुत र सबैभन्दा राम्रो खोप लगाउनको लागि होइन । राजनीतिक खेल खेल्नु हो । राजनीतिक स्वार्थको स्कोर गर्नु हो ।

यो वर्ष बेलायतमा कडा गर्मीयाम हुँदै छ । यो गर्मीयाम बेलायतकालागि कठिन साबित हुने छ । तर यो पहिले नै एक कठिन वसन्त साबित भैसकेको छ र जाडो पनि कडा भएको थियो । तर बेलायतीले मतलब गर्दैनन् । तिनले अरुलाई दुर्व्यवहार गर्ने व्यक्तिहरूको पहिचान र आफ्नो प्रशंसा गर्ने ब्यक्तिको खोजि गर्नु छ । अब युरोपियन, आप्रवासी, विदेशीहरू, यहाँसम्म कि मेघान र ह्यारीलाईपनि दूर्ब्यवहार गर्न चाहन्छन् बेलायतीले । समस्या यो हो कि तपाई महामारीबाट बाहिर निस्कन सक्नुहुन्न । तपाईंले एउटा काम गर्नैपर्दछ जुन आधुनिक बेलायतले गर्न अब सक्षम छैन । एक अर्कालाई, देशलाई हेरचाह गर्ने काम अहिलेको बेलायतले गर्न सक्दैन ।

(मेडियम डेली डाईजेस्टमा प्रकाशित आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

हाकको अघिल्ला लेखपनि हेर्नुस्

आर्थिक फाईदाकालागि पूर्णरुपमा निर्मूल पारिने छैन कोरोना भाईरस

विश्वको सबैभन्दा असफल राज्य बन्ने तरखरमा बेलायत !

तपाइँको प्रतिक्रिया