बिहीबार, चैत १५, २०८०

डेनमार्कका फूटबल स्टार क्रिस्चियन एरिक्सनको स्वास्थ्य स्थिर

नेपालप्लस संवाददाता२०७८ जेठ ३० गते २२:३६

Credit-femmeactuel.com

हिजो शनिवार (जुन १२) मा डेनमार्क र फिनल्याण्ड बीच यूरो खेलको क्रममा हृदयघातबाट पीडित भै एक्कासि ढलेका डेनिस खेलाडी क्रिस्चियन एरिक्सनको अवस्था स्थिर रहेको छ । खेल भैरहेका बेला अकस्मात ढलेपछि खेल रद्द गरि अस्पताल दौडाईएका उनको अवस्था आज स्थिर रहेको अस्पतालले जनाएको भन्दै वेल्स अनलाईन खेल पत्रिकाले उल्लेख गरेको छ ।

डेनमार्कका खेलाडी क्रिश्चियन एरिक्सन डेनमार्क र फिनल्यान्ड बीच युरो २०२० भैरहेका बेला मध्यान्हको केहि समय अघि ढलेका थिए । खेलका क्रममा उनलाई ह्रदयघात भएपछिअस्पताल पुर्‍याइएका उनको अवस्था अस्पतालमा स्थिर छ । तर उनी कुन अस्पतालमा छन् भन्ने चाहिँ खुलाइ एको छैन ।

२८ वर्षीय ईन्टर मिलानका फुटबलर शनिबार डेनमार्क र फिनल्याण्डको मैदानमा लडेपछि सीपीआर गरिएको थियो । अर्थात् उनको मुटुलाई सामान्य अवस्थामा फर्काउन विशेष खाले भेन्टिलेसन र उपचार पद्दती प्रयोग गरिएको थियो ।

आपतकालीन चिकित्सा उपचार पछि उनको चेत खुलेको थियो । त्यसपछि बल्ल उनलाई अस्पताल भर्नाकोलागि लगिएको हो ।

डेनमार्कको राष्ट्रिय फूटबल टोलीले आइतबार बिहान क्रिस्चियनको स्वास्थ्य स्थिर रहेको पुस्टि गरेको छ । टोलीका अनुसार उनी आफ्नो टोलीका खेलाडी साथीहरुसँग सम्पर्कमा थिए ।

टोलीका डाक्टर मोर्टन बोसेनले आइतवार प्रेस सम्मेलनमा भनेका छन् “उनी गम्भिर अवस्थामा गैसकेका थिए । हामीले भेन्टिलेटर प्रयोग गर्‍यौं । क्रित्रिम तरिकाले श्वास प्रश्वास गरायौं” ।

“यो हृदयघात हो । तर कस्तो खालको थियो मलाई थाहा छैन। हामीले उसलाई एउटा क्रित्रिम तरिकाको श्वाशप्रश्वाश पद्दतीबाट फर्कायौं । यस्तो प्रक्रिया एकदम छिटो हुन्छ” चिकित्शकले भनेका छन् ।

यसैसित संवन्धित समाचार

क्रिश्चियन एरिकसनको होस् खुल्यो, गम्भिर परिक्षण गरिने

तपाइँको प्रतिक्रिया

फेसबुक