शुक्रबार, वैशाख १४, २०८१

अश्रुधारा बगाउँदै पेरिसमा किरण प्रधानलाई अन्तिम बिदाई

नेपाल प्लस२०७८ जेठ ३१ गते २२:०६

नेपाली कांग्रेसको भात्रि संगठन नेबिसंघको संस्थापक सदस्य किरण चन्द्रसिं प्रधानलाई आज अश्रुधारा बगाउँदै पेरिसका नेपालीले अन्तिम बिदाई गरे । नेपाली कांग्रेसको धेरै पुराना नेताहरू मध्येका एक जीउँदो इतिहास उनी नेबि संघ गठन देखि नेपाली कांग्रेसलाई मलजल गर्ने नेता थिए ।

सबैभन्दा महत्वपूर्ण उनको भूमिका थियो, नेपाली कांग्रेसलाई दरबारिया शक्तिबाट आतंककारी, प्रजातन्त्रबिरोधी र हत्याहिंसाको पक्षधर भनेर आरोप लगाइरहेका बेला किरण सिं प्रधानले इन्टरनेशनल सोसिलिष्ट पार्टीको सदस्यता दिलाउन अहं भूमिका खेलेका थिए । यसपछि नेपाली कांग्रेसलाई बाहिरि विश्वले हेर्ने आँखा र बुझ्ने भूमिका बदलिएको थियो ।

युवास्थामा किरण चन्द्र सिं प्रधान

त्यसपछि नेपाली कांग्रेस पार्टी बिश्व समक्ष एक प्राजातान्त्रिक पार्टीका रुपमा चिनिएको थियो । तत्कालीन समयमा नेपाली कांग्रेसले प्रजातन्त्रका लागी गरेको आन्दोलनमा अन्तर्राष्ट्रीय ऐक्यबद्दता प्राप्त भएको थियो । त्यो भूमिका निर्वाह गर्ने अग्रिम पंक्रिमा किरण चन्द्र सिं प्रधानपनि थिए ।

नेपाली कांग्रेसको भात्रि संगठन नेपाली जनसम्पर्क समिति फ्रान्स तथा नेपाली जनसंपर्क समिति बिश्व संजालका संरक्षकपनि थिए किरण प्रधान । नेपाली कांग्रेस युरोपका सबै भन्दा पुराना नेतापनि हुन् उनी ।

नेपाली कांग्रेसको प्रवाश कमिटीका नेता हरी पौडेलका अनुसार पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा बेलायतबाट आफ्नो अध्ययन समाप्त गरी अमेरिका जाने तरखरमा थिए । त्यो बेला यस्ता नेताको नेपालमै खाँचो रहेको अवगत गराएर देउवालाई अमेरिका जानबाट रोक्ने किरण प्रधान थिए । अमेरिका जानबाट रोकेर उनले देउवालाई गिरिजा प्रसाद कोइरालाको सामिप्यमा पुर्‍याएका थिए । पछि कोइरालाको बोलाहटमा देउबा नेपाल फर्किएका थिए । देउवासँगै किरण प्रधानपनि नेपाल फर्किएका थिए ।

राजनितिक हिसावले त्यो कठिन र बन्देज अवस्थामा बारा कलैयामा आमसभा आयोजना गरेर किरण प्रधानले बिपी कोइरालाको स्वागत गरेका थिए । “जिल्लाका विद्यार्थीहरु र कांग्रेसका हिमायतिहरुमा अनौठो उर्जा दिने क्षमतावान व्यक्ति थिए किरण प्रधान” हरि पौडेलले आफ्नो फेसबूकमा उल्लेख गरेका छन् ।

कुनैपनि सांगठनिक वा सामाजिक कामलाई कुनै पद र प्रशंसा, समाचार नबनिकन दिल दिएर काम गर्ने बानी उनको थियो । आज उनलाई अन्तिम श्रद्दान्जली अर्पण गर्ने क्रममापनि श्रद्दान्जली अर्पणकर्ताहरुले किरण प्रधानलाई त्यहिरुपमा संझिए । पेरिसको सामाजिक सेवामा अग्रसर बिरु खड्काले किरण प्रधानप्रति श्रद्दान्जली अर्पण गर्दै भने “नेपालको प्रजातान्त्रिक आन्दोलनका एक पुराना नेता एबं नेपाल बिध्यार्थी संघका संस्थापक सदस्य आदर्श र निष्ठाको राजनीतिका परिचायक हुन् किरण दाई । हामीले एक असल, मिठो बोलेका अनेक सुझाव र ज्ञान दिने अभिबहवक गुमाएका छौं । उहाँले छोडेर गएपनि हामीले भने उहाँलाई सधैं स्मरण गरिरहने छौं”

केहि समयदेखि आधा नेपाल आधा फ्रान्स बसोबास गर्दै आएका किरण चन्द्रसिं प्रधान फ्रान्सबासि पुराना नेपाली मध्ये एक हुन् । लामो समय कोरोना कहरमा नेपालमै थिए किरण प्रधान । केहि समय पहिले पेरिस आएका उनलाई कतिखेर कहाँ कोरोना लाग्यो पत्तो पाएनन् ।

युरोप घुमेर नेपाल फर्केपछि नेपालमा धेरै कामगर्ने योजना रहेको उनले आफन्तलाई सुनाएका थिए । मृदुभाषी, लवाइ-खवाइ र साजसज्जामा अत्यन्तै सरल उनी पेरिस आइपुगेको केहि समयपछि उनको सम्पुर्ण परिवार कोरोना संक्रमित भएको थियो । बाँकि परिवारका सबै सदस्य कोरोनामुक्त भए । उनकी पत्नी सुमित्रा प्रधानको पनि स्थिति क्रमशः सुधारोन्मुख छ ।

तर उनले भने कोरोनासित लडाइ जित्न सकेनन् र गत २२ मे का दिन परलोक भएपनि परिवारको अग्रह र आफन्तको अनुरोधमा उनको घटना केहि समय सार्वजनिक भएन । युरोपमा बस्दा धेरै संघसंस्थामा आबद्द र सहयोग गरेपनि उनले कहिल्यै जस लिन खोजेनन् । त्यहि आदर्श र निष्ठाको राजनीतिका परिचायक किरण प्रधानलाई आज अन्तिम श्रद्दान्जली अर्पण गर्दा सबैले अश्रुधारा बगाएका थिए ।

उनको निधनमा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवादेखि करिब चार दर्जन संघसंस्थाले समबेदना प्रकट गरेको नेपाली जनसंपर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले सुनाए । कांग्रेस सभापती शेर बहादुर देउवाले किरण प्रधानको निधनले आफू मर्माहत भएको उल्लेख गर्दै भनेका छन् “किरण प्रधानसितका अनेक संझना र क्षणहरु छन्। तिनको मैले स्मरण गरिरहेको छु । ति क्षणहरुले मलाई भाबुक बनाउँछन् । यो दुखदपूर्ण अवस्थामा ति क्षणहरुको स्मरण गर्दै म मर्माहत भएको छु ।”

नेपालका प्रख्यात साहित्यकार ह्रिदय चन्द्र सिं प्रधान र क्रिष्ण चन्द्र सिं प्रधानकै नातेदार हुन् किरण प्रधान । उनको परिवारमा अरुप्रति आदर र सम्मान यति गरिन्थ्यो कि पत्नीलाईसमेत पतीले तपाई भनेर संवोधन गरिन्थ्यो ।

किरण प्रधानकि पत्नी सुमित्रा प्रधानले स्व किरण चन्द्र सिं प्रधानको स्मृति मा “किरणचन्द्र स्मृति प्रतिस्ठान” बनाउने घोषणा गरेकि छन् । यो प्रतिस्ठानले बाराको कलैया क्षेत्रका महिला र वालवालिकाको क्षेत्रमा काम गर्ने छ । श्रीमती प्रधानले आजै दुई हजार युरोको प्रारम्भिक कोष आफ्नो तर्फबाट खडा गरि आफूले क्रमशः यो कोष बढाउदै लैजाने घोषणा गरेकि छन् । अन्य इच्छुक सहयोगीहरुलाई पनि सकेको सहयोग गर्न अपिल गरेकि छन् ।

नेपालप्लस परिवार किरण चन्द्र सिं प्रधानमा हार्दिक श्रद्दान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समबेदना ब्यक्त गर्दछ !

तपाइँको प्रतिक्रिया