शनिबार, वैशाख १५, २०८१

तीनवटा गाडी फेर्दै सात दिनमा मुगु पुग्यो एनआरएनए अफ्रिकाको अक्सिजन सिलिण्डर

नेपालप्लस प्रतिनिधी / मुगु२०७८ असार १ गते १९:३१

गैर आवाशिय नेपाली संघ (एनआरएनए) अफ्रिकाले मुगुको जिल्ला अस्पताल गमगढीलाई सत्तरी लिटरका १० थान अक्सिजिन सिलिन्डर सहयोग पुर्‍याएको छ । नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत भैरहवाबाट पठाएका सिलिन्डर तीनवटा गाडी फेर्दै सातौं दिनमा मुगु जिल्ला अस्पतालमा पुगेको हो ।

आज मंगलवारनै नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्लले मुगु जिल्ला अस्पतालका प्रमुख डा। कविर पौडेललाई ति १० थान सिलिन्डर एनआरएनए अफ्रिकाको तर्फबाट हस्तान्तरण गरे ।

उक्त सहयोग बुझ्दै अस्पताल प्रमुख डाक्टर कविर पौडेलले राज्यले दूरदराजका दुर्गम हिमाली जिल्लामा सेवा दिन नसकीरहेका बेला अफ्रिकामा भएका दाजुभाई, दिदी बहिनीले गरेको यो सहयोग साच्चै नै भगवान साक्षात आई सहयोग गरेको महशुस भइरहेको बताए । उनले आगामी दिनमा पनि दुर्गमका गरिब – दुखी जनतालाई यस्तै सहयोग गर्न एनआरएनएलाई अनुरोध गरे ।

एनआरएनए अफ्रिकाले दिएको सिलिन्डरसहितको अक्सिजनलाई भैरहवा देखि नेपालगन्जसम्म वेदप्रकाश तिमिल्सिना र नेपालगन्ज देखि मुगुसम्म छायानाथ बचत तथा ऋण सहकारी सस्थाले आफ्नै खर्चमा ढुवानी गरिदिएका थिए ।

अति दुर्गम हिमाली जिल्लामा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै स्थानिय संयोजन गरिदिने नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्ल, अछाम पत्रकार महासंघका सस्थापक सभापती वेदप्रकाश तिमिल्सैना र सहयोग जुटाइदिने एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापा, बोत्स्वाना अध्यक्ष पदम भण्डारी, एनआरएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्री , एनआरएनए मोजाम्बिकका अध्यक्ष देवी पौडेल लगायत एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समिती र सदस्यहरुलाई एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले हार्दिक आभार ब्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक