बिहीबार, वैशाख १३, २०८१

कोरोना खोपले सुरक्षित राख्ने १२ महिना : स्विस स्वास्थ्यकर्मी

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ असार ३ गते ९:४१

Image: REUTERS/Dado Ruvic/File Photo via timeslive.co.za

स्विस स्वास्थ्य विशेषज्ञहरुले कोरोना भाइरस बिरुद्दको खोपले करिव १२ महिना सुरक्षित राख्ने बताएका छन् ।

कोरोना भाइरस खोपले कमसेकम १२ महिनासम्म सबै किसिमका भाइरस बिरूद्ध संरक्षण प्रदान गर्न सक्ने एक शीर्ष स्विस स्वास्थ्य अधिकारीले बताएको भन्दै किस्टोन न्युजले उल्लेख गरेको छ ।

संघीय खोप आयोगले निष्कर्षमा भनेको छ “मानिसहरु कोरोना भाईरस संक्रमण हुनबाट कम्तिमा एक वर्षको लागी सुरक्षित हुन्छन् ।”

सार्वजनिक स्वास्थ्य संक्रमित रोग सेवा संघीय कार्यालय प्रमुख, भर्जिन मासेरीले मंगलवार एक प्रेस सम्मेलनमा भनिन् “त्यो भन्दापनि बढि अर्को महत्वपूर्ण पक्ष भनेको कोरोना भाईरस लागिहाल्यो भने खोप लगाएकालाई गम्भीर घटनाहरु हुनबाटपनि बचाउँछ ।”

स्विजरल्याण्डमा आधा भन्दा बढी वयस्कहरूले भ्याक्सिनको कम्तिमा एक मात्रा प्राप्त गरिसकेको मासेरीले बताएकि छन् । यो कमजोर समूहहरूको लागि कम्तिमा ८० प्रतिशतसम्म सुरक्षा पुग्छ ।

स्विजरल्याण्डमा दिनमा एक लाखलाई खोप दिने अभियान राम्ररी अघि बढिरहेको छ । खोप लगाउन इच्छुकहरुकोलागि खुल्ला छ ।

कोविड सर्टिफिकेटको विकास पनि राम्रो हुँदै गइरहेको छ । मासेरीका अनुसार ६५ हजार भन्दा बढिलाई खोप लगाएको प्रमाणपत्र बितरण गरिसकिएको छ । खोप लगाएर प्रमाणपत्र लिन चाहनेकालागि यो महिनाको अन्त्यसम्ममा पहुँच हुने छ । खोप लगाएर परिक्षण गर्दा नेगेटिभ भएकाहरुलाईपनि प्रमाणपत्र दिईने छ । तर सुरक्षाका नियमहरु परिवर्तन हुँदै जाँदा प्रमाणपत्रको नियमपनि बदलिन सक्छ ।

पछिल्लो समयमा स्विजरल्याण्डमा कोरोना भाइरस संक्रमणको दर घटेको छ । मंगलवार २४३ जना कोरोना संक्रमित भएका थिए, दुइ जनाको मृत्यु र १४ जना अस्पताल भर्ना भएका थिए । मेको २६ देखि दैनिक संक्रमितको संख्या एक हजार भन्दा तल छ ।

मासेरीका अनुसार हालसम्म डेल्टा भेरिएन्ट जस्ता कोरोना भाइरसको नयाँ भेरियन्टसँग जोडिएका घटनाहरूको संख्या तुलनात्मक रूपमा कम थियो । खोपहरू पनि यी रूपहरू विरूद्ध प्रभावकारी थिए । तर खोप लगाएका मानिसहरुले समेत अझै पनि सावधानी अपनाउनुपर्ने भनाई उनको छ । सबै जनाले खोप लिईनसकेको हुनालेपनि थप सावधानी अपनाउनुपर्ने उनले बताएकि छन् ।

तपाइँको प्रतिक्रिया