शनिबार, वैशाख ८, २०८१

डाक्टरहरूले लापरवाही गरेर माराडोनालाई मारेको आरोप

नेपालप्लस संवाददाता२०७८ असार ३ गते १२:३४

अर्जेन्टिनी फुटबल जादुगर डिएगो माराडोनाको मृत्युमा अनुसन्धान भइरहेको नर्सका एक वकिलले म्यारेडोनाको मृत्यु डाक्टरहरुको लापरवाहीले भएको आरोप लगाएका छन् ।

“उनीहरूले डिएगोको हत्या गरे” महान्यायधिवक्ता रोडल्फो बाकले उनका ग्राहक नर्स डहियाना गिसेला म्याड्रिडलाई अभियोगीहरूले सोधपुछ गरेपछि पत्रकारलाई बताए ।

माराडोनाको गत नोभेम्बरमा ६० बर्षको उमेरमा ह्दयघातका कारण मृत्यु भएको थियो ।

छत्तिस वर्षिय माड्रिड लगायत सात जनालाई हाल माराडोनाको मृत्युमा अनुसन्धान गरिरहेका छन् । घटना हेरिरहेका विशेषज्ञहरूको बोर्डले उनलाई अपर्याप्त स्याहार गरेको पत्ता लगाएपछि “लामो समयसम्म पीडादायी अवस्थामा राखिएको, उचित उपचार नगरेको आदि आरोप लागेको छ । त्यस घटनामाथि हाल अनुसन्धान भैरहेको छ ।

बाकले माराडोनाको उपचार गर्ने डाक्टरहरू उनको मृत्युको जिम्मेवार रहेको बताएका छन् । मस्तिष्कको शल्यक्रियाबाट म्यारेडोना निको भएरपनि राम्रो हेरचाह नगरेकाले लापरवाहिकै कारण मृत्यु भएको आरोप लगाएका छन् ।

उनले माराडोनालाई मुटुको समस्याका लागि उपचार भइरहेको तर मनोचिकित्साको औषधी समेत लिईरहेको बताउँदै त्यसले उनको मुटुको ढड्कनको दर बढाएको बताएका छन् ।

“माराडोना अस्पतालमा हुँदा लडे । जब म्याड्रिडले उनीमाथि क्याट स्क्यान गर्न भन्यो, माराडोनाका सहयोगीले अस्वीकार गरे । र यदि प्रेसले पत्ता लगायो भने खराब हुन्छ भने” बाकले भनेका छन् ।

“अन्तमा त्यहाँ धेरै चेतावनीमूलक संकेतहरू थिए कि माराडोना मर्न लागेका छन् भन्ने । मर्न दिने वा तत्कालै त्यसमा हेर्नुभन्दा कुनै पनि चिकित्सकले यसको रोकथाम प्रायस गरेन” बाकले म्याड्रिडसितको सोधपुछ भैरहँदा विश्राम लिएका बेला भने “यसरि उनलाई आठ घण्टा भन्दा बढी छोडियो ।”

म्याड्रिड माराडोनाको दिनमा हेरचाह गर्ने नर्स र म्यारेडोनालाई अन्तिम जीवित देख्ने व्यक्तिहरू मध्ये एक थिईन् ।

म्याराडोनाका पाँच मध्ये दुई बच्चाहरूले न्युरो सर्जन लियोपोल्डो लुकको बिरूद्ध उजुरी गरेपछि अनुसन्धान शुरु गरिएको थियो जसलाई उनीहरूले दिमागको शल्यक्रिया पछि उनीहरूको बुबाको अवस्था बिग्रिनुको दोष लगाएका छन् ।

गत महिना अर्जेन्टिनाका सार्वजनिक अभियोजकले बोकेका २० चिकित्सा विशेषज्ञहरूको एक प्यानलले भनेको थियो “माराडोनाको उपचारमा कमी र अनियमितता भएको थियो । चिकित्सा टोलीले उसको बाँच्न सक्ने अवस्थालाई भाग्यमा जिम्मा लगाएर छोडिदियो । ”

यदि उनीहरु दोषी साबित भएमा ति सातै जनालाई आठ देखि २५ वर्षको जेल सजायँ हुने छ । हाल ति सात जनालाईनै देश छोड्न निषेध गरिएको छ ।

(नेपालप्लसको साथमा एएफपी र फ्रंस २४ न्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक