बिहीबार, साउन २१, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

देवकोटा जयन्ती र शिलाङका कविता भाग

डा. गोबिन्द राज भट्टराई२०७८ असार ५ गते ५:०१

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला)

बिहान उठ्ता त्यो घरजत्रो कोठामा एक्लो थिएँ । अब सामानको प्याकिङ छ । आज यो आवास छोड्नु छ । नभन्दै प्याकिङले पनि निकै समय लिन्छ । डायरी भेटिने ठाउँमा नहराउने गरी राख्नुपर्‍यो । राति नसुती नसुती लेखिएको, पचासौँ पृष्ठ भरिएको डायरी हरायो भने त्यो अपूरणीय क्षति हुन्छ । त्यसपछि नछुट्ने परितापले छुन्छ । मैलिएका लुगा यता, सफा यता । बाटामा पढौँला भनी साँचेको पुस्तक माया एङ्गेलुको आइ नो ह्वाइ द केज्ड् बर्ड सिङ्स् (मलाई थाहा छ किन पिँजडाको चराले गाउँछ, नजिकै कलम, दवाइ सुरक्षित, फेरि टिकटको होश भएन भने सुरक्षित रहेन भने— कति कुरा छन्, विचार पुर्‍याउनु छ । गोजीसङ्ख्याको सम्झना गर्नुपर्‍यो । चल्ने नचल्ने सामानको स्तर छुट्ट्याएर, आवश्यकता र सम्झनाअनुसार प्याकिङ गर्नुपर्‍यो । यो धानखेतीको अप्सरालाई छोडेर अलिक टाढाको शिलाङ बजारमै बसाइँ सर्नुपर्छ होला, आजको रात । कुनै सामान छुट्छ कि— ब्रश, पेस्ट, शेभिङ क्रिमकै कत्रो महत्व हुन्छ यो परदेशमा !

आजको मौसम कस्तो छ, सो अनुकूलका वस्त्र धारण गर्नु र बाटामा मौसम परिवर्तन हुनासाथ फेर्नुपरे अर्काेलाई भेटिने गरी मनमा राख्नु— जस्तै शिलाङको ठन्डीबाट निस्केर गुवाहाटीको भावरमा पुग्नासाथ कत्रो हलचल हुन्छ । यात्रा गर्नुभन्दा पहिले र त्यसको क्रममा यो मनोजगत्मा ठूलो हलचल र अन्योलको आँधी चल्छ । झोला ब्याग कसेपछि त्यो छोपिन्छ तर त्यसको अघि र पछि एउटा तरङ्गको मुस्लाले रेटेर बङ्ग्याउन खोज्छ ।

सेवा र अञ्जनालाई लाग्छ— म अलमलिएर ‘लस्ट’ हुन्छु होला । उनीहरूले छुट्टिने रात कति सम्झाए— मानौँ एउटा बालकलाई भन्दैछन् । तर म चुप लाग्छु, मेरो होसियारी मलाई थाहा छ, कति हिँडिसकेँ । तर पनि मलाई सम्झाउन पाउँदा उनीहरूलाई आनन्द लाग्छ । त्यसैले म पनि चुप लागेर बसेँ । होसियार बन्नका लागि सतर्कता देखाउने गर्छु । तर त्यस्तो उनीहरूलाई लागेको मात्र हो । म उनीहरूका उपस्थितिमा परावलम्बीझैँ बेवास्ता हुन्छु परन्तु एक्लै कति सचेत हुनुपर्छ, मलाई थाहा छैन र !

कम्तीमा म २०२८ सालमा बनारसको यात्रामा लागेदेखि यता आजसम्मका ४२ वर्षमा पाँच सयभन्दा बढी यात्रा गरेँ हुँला । एउटा कुरा स्वाभाविक के छ भने यात्राअघि यो मनलाई उद्विग्नताले छुन्छ । यात्राका क्रममा पनि शरीरलाई कुनै चिन्ताले खाइरहेको हुन्छ । यात्रा सकिएको एक दुई दिनपछि सरसामान खोलेर थन्क्याएपछि मात्र मन टुङ्गामा आउँछ । अझ उल्लेख्य र स्मरणीय कुरा, के कस्तो भए तिनको डायरी टिपोट भयो भएन तिनको सम्झना हुन्छ । सधैँ यस्तै हो ।

बिहानभरि सबै मिलाएँ, चेक गरेँ, रिचेक गरेँ, सुनिश्चित गरेर सुटकेश झोला भिरेँ र प्रतीक्षामा रहेँ ।

दश बज्ने बेलामा भानु जयन्ती समारोह समितिका अध्यक्ष सागर सापकोटाले फोन गरे— ‘सर, १० बजेबाट कार्यक्रम शुरू हुन्छ । गेष्ट हाउसमै पर्खिरहनुहोला, हामी लिन आउँदैछौँ ।’ एकै छिनमा उनीहरू मलाई लिन आए अनि फ्रुट गार्डेन, अप्सरा गेस्टहाउस छोडेर बडाबजार पुग्यौँ । मणिसिंह गुरुङ अडिटोरियममा अतिथिहरू एकत्रित भइसकेका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाकोे १०४ औं जन्मजयन्तीका उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

गोर्खा स्कुलको प्राङ्गणमा निर्मित सो भव्य भवनमा शिलाङ परिवेशका गण्यमान्य व्यक्तिहरू उपस्थित थिए । आजको कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो— बहुभाषी कविता गोष्ठी एवं महाकवि देवकोटा जन्मजयन्ती ।

यता नेपालमा भर्खरै बहुभाषिक साहित्य समाजको स्थापना गरी त्यसको प्रथम सम्मेलन सम्पन्न गरेको अनुभव लिएर हिँडेको थिएँ । त्यसमा बहुभाषिकता र सिर्जनात्मकताको सैद्धान्तिक आधार एवं नेपालको सन्दर्भ शीर्षकमा एक कार्यपत्रसमेत प्रस्तुत गरेर हाम्रो जस्तो बहुभाषी समाजमा बहुभाषी साहित्य समाजको आवश्यकताबारे बोलेको थिएँ । त्यसको विश्वव्यापी विशेषताको प्रसङ्ग निकालेको थिएँ । अफ्रिका, एसिया र तेस्रो विश्वका अनेकौँ साहित्य, संस्कृतिले आफ्नो परिचयको स्थापना तथा निरन्तरताका लागि आन्दोलनका रूपमा अघि बढेको यो अभियानबारे म अवगत थिएँ । यस विषयमा नेपालमा प्रथम कार्यपत्र प्रस्तुत गरेको थिएँ । आज शिलाङमा यही प्रकृतिको कवि गोष्ठीमा प्रत्यक्ष सहभागी बन्ने अवसर मिलेको छ ।

बहुभाषिकता र सिर्जनात्मकताको सैद्धान्तिक आधार एवं नेपालको सन्दर्भ

सिर्जनात्मकता अघि पनि थियो । तर सीमित व्यक्तिमा थियो । तिनीहरूको विशेषाधिकार थियो । आज असीमित व्यक्ति त्यता लागेका छन् र अनेक प्रकारका समुदायले पनि सिर्जनात्मकताको आवश्यकता बोध गरेका छन् । अहिले त्यो प्रत्येकको अधिकार जस्तो भएको छ । तर सिर्जना प्रत्येकको अधिकार हुन सक्तैन । अभिव्यक्तिको क्षमता वा आवश्यकताचाहिँ अधिकार हुन्छ । सिर्जनाको लागि ता विशेष क्षमता चाहिन्छ ।

बहुभाषिकता अघि पनि थियो । तर कुनै भाषा विशेष र प्रधान थिए । अरू गौण र अदृश्य । आज सबैलाई उठ्ने इच्छा र आवश्यकता भएको छ । पहिचान चाहिएको छ । त्यसकारण बहुभाषिकता वर्तमान समाजको एक वीजकोषको रूपमा परिभाषित छ । बहुभाषिकतालाई अनेक यथार्थले प्रवर्धन गरेका छन् । यसको पृष्ठभूमिमा राजनीति छ । समाजशास्त्र छ । मनोविज्ञान छ । र भाषालाई एक जीवन्त चरित्र मान्दा परिवृत्तीय विज्ञान (इकोलोजिकल साइन्स) ले पनि भाषा लगायत सबै तत्वको चक्रीयता र निरन्तरतालाई अपरिहार्य ठान्दछ । सबैभन्दा उच्च स्थानमा ता खुला समाज र उदार मानवतावादको स्थापना चिन्ता छ । यसरी हेर्दा बहुभाषिकतासँगै बहुभाषिक सिर्जनात्मकता पनि अभिन्न तवरले जोडिएर आउने रहेछ ।

********

१-प्रस्तुत आलेखमा म बहुभाषिक सिर्जनात्मकता बारेमा केही समकालीन अभिमतमाथि विमर्श गर्न चाहन्छु । त्यसो गरेर विश्वपरिस्थितिको सन्दर्भमा नेपालले कुन मार्ग अनुसरण गर्नु वाञ्छनीय छ त्यसको पनि चर्चा गर्न चाहन्छु । मेरो प्रस्तुति अन्तिम नभएर अन्तरिम मात्र हो । अनि मुक्तान्त  प्रस्तावना (open ended) मात्र हो । यसमा थपघट गर्ने ठाउँ खाली छ । यसको निमित्त विज्ञजन समक्ष आह्वान गर्दछु । त्यसो त, यस आलेखले हालै प्रस्तावित, संस्थापित बहुभाषिक साहित्य समाज, नेपाल (Multilingual Creative Society, Nepal) को उद्देश्यलाई स्पष्ट पार्ने लक्ष्य राखेको हो । तर अध्ययनले के देखाएको छ भने बहुभाषा सिर्जना अर्थात् बहुभाषिक सिर्जनात्मक क्षमताको विषयमा मात्र कुरा गर्न नमिल्ने रहेछ ।

त्योभन्दा पहिले बहुभाषिक स्थिति, बहुभाषिक समाजको उपस्थितिका बारेमा केही बोल्नु आवश्यक हुने रहेछ । बेलायत, अमेरिका, जापान जस्ता एकलभाषी समाजमा बहुभाषिक सिर्जनाको कुरालाई सिद्धान्तले बुझाउन सकिएला तर व्यवहारमा दृष्टान्त छैनन् । अब मात्रै त्यता पनि बहुभाषिक समाज बन्दैछन् खास गरी तिनको निर्माणमा नयाँ डायास्पोरिक समुदायहरू थपिएर मिश्रित समाजको स्वरूप लिँदैछ्न् । अनेकौँ देशलाई बहुभाषिक बनाउनेमा त्यस्ता समुदायको योगदान छ । हुन थालेको छ । त्यसो भए तापनि उनीहरू अर्थात् एकभाषी देशहरू एकभाषिकताको महत्व देखाइरहेकै छन् ।

२-हाम्रो परिवेशको कुरा गर्दा बरु एकभाषिक स्थिति बुझाउन गाह्रो पर्ला । तर द्विभाषिकता, त्रैभाषिकता, बहुभाषिकता व्यवहारमा त्यति नौलो छैन र त्यो क्रमशः बढिरेको छ । अझ भारतवर्षको पठित र बौद्धिक सामाजतिर दृष्टि दिँदा बहुभाषिक अपरिहार्यता स्वाभाविक देखिन्छ र त्यसमा अभ्यस्त हुँदो समाज र वृद्धि भइरहेको मानिसको सङ्ख्याले हामीसमक्ष अर्कै चित्र प्रस्तुत गर्दछ । त्यो चित्र हो सहजताको, स्वाभाविकताको, स्वीकार्यताको र सहअस्तित्वको ।

३-यस कुराले हामीलाई अर्कातिर तान्दछ । त्यो हो मस्तिष्क । यसको संचालक स्नायविक भाषाविज्ञान, तीव्र वैज्ञानिक संरचना अथवा हाम्रो सहजवृत्ति (Innate Design) । पशुपक्षी जस्तै घोडा वा कुकुरका स्वरयन्त्री (भोकल कर्ड) ले सदासदा एवं सर्वत्र उही ध्वनि निकाल्छ । मानिसको पनि स्वरयन्त्री संरचनामा ठूलो अन्तर छैन । तर भाषा नियन्त्रक अवयव स्वरयन्त्री होइन, मस्तिष्क हो । कतिवटा भाषासम्म यसले ग्रहण गर्न सक्छ, नियन्त्रण गर्न र पुनरुत्पादन गर्न सक्छ— त्यस विषयमा अनेक अनुसन्धान भएका छन् । आज त्यसतर्फ हामी नलागौँ होला । हाम्रो उद्देश्य ता बहुभाषिकता र सिर्जनात्मकताको पक्षमा भएका अध्ययनको सारलाई नेपालको परिप्रेक्षमा जोड्न खोज्नु मात्र हो ।

४-अघि भनेझैँ बहुभाषिक सिर्जनाभन्दा पहिले बहुभाषिक स्थितिको कुरा आउनु आवश्यक छ । नेपालको सन्दर्भमा कुरा गर्दा तथ्याङ्कले १०२ भाषालाई सूचीकृत गरेको छ । यता प्रज्ञाप्रतिष्ठान अन्तर्गत सम्पन्न भएको मातृभाषा दिवस २०११ कार्यक्रमले ३१ वटा भाषामा सिर्जनात्मक क्रियाकलाप हुन थालेको कुरा देखाएको छ— यहाँ हुने गरेका गोष्ठीहरूमा प्रकाशनहरूमा यस्ता भिन्नभिन्न मातृभाषी उपस्थित भएका छन् । तीमध्ये १६ वटा भाषाका आफ्ना लिपि पनि रहेको कुरा मातृभाषा दिवस २०११ शीर्षक सङ्गोष्ठी तथा मातृभाषा कविता सङ्गालो पृ. १६४ मा उल्लेख छ । यसले नेपालको बहुभाषिक संरचना स्थापित भएको तथ्य स्पष्ट पार्दछ ।

त्यसो त यो अहिले स्थापित नभै अनादिकालदेखि निरन्तर रहेको थियो र यतिखेर यो बहुल सिर्जनात्मक शक्तिले युक्त हुनथालेको छ भन्ने लक्षण पनि देखाउँछ । यसले सिर्जनशील स्रष्टाहरूको सङ्ख्या दिनानुदिन बढ्न थालेको तथ्य पनि देखाउँछ । कारण दुई दशकअघि यस्तो स्थिति उदाउने सम्भावना मात्र पनि थिएन । भाषा, भाषिक संस्था, त्यसको स्तरीकरण, त्यसको लेख्य रूपतिर जाँदा यति बेला पहराको फेदमा बसेर लहरो तानेजस्तो हुनेछ । त्यस कारण भाषाको कुरालाई म यहीं रोकेर बहुभाषिकता र सिर्जनात्मकता विषयमा केन्द्रित हुन चाहन्छु ।

५-तर भाषाको कुरालाई अचानक रोकिहाल्न पनि मिलेन । नेपालको साक्षर, निरक्षर सबै समाज अनिवार्यरूपले द्वैभाषिक छ । त्यसो भएर नै समाज चल्दै आएको छ । कति विज्ञहरू त्रैभाषिक क्षमता राख्तछन् । कोही ता चार या पाँच भाषासम्म आफ्नो विज्ञतालाई अभिव्यक्त गर्न सफल छन् । हिजोआजको शिक्षित समाज न्यूनतम द्वैभाषिक हुँदैछ— नेपाली र अंग्रेजी । आधाजस्तो त्रैभाषिक बन्दैछ विविध मातृभाषा समेत । यो स्थिति अंग्रेजी भाषालाई शिक्षाको माध्यम बनाइएपछि विकसित भएको हो ।

नेपाल बाहिर खास गरी अंग्रेजीभाषी मुलुकमा स्थापित नेपाली डायास्पोराहरू क्रमिकरूपले अंग्रेजी भाषालाई सिर्जनाको माध्यम स्वीकार्न थालेका छन् । हालैको भानु द्विशतवार्षिकी मनाउने उद्देश्यले आयोजित अनेक कार्यक्रममध्ये अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ह्युष्टन शाखाले कविता प्रतियोगिता पनि समावेश गरेको छ जसको सूचनाले तीन प्रकारका भाषिक अस्तित्व मान्दछ; जस्तै—
(क) प्रौढ नेपाली कविता प्रतियोगिता
(ख) बाल नेपाली कविता प्रतियोगिता
(ग) बाल अंग्रेजी कविता प्रतियोगिताको लागि आह्वान गरेको छ ।

यस्ता प्रयत्नको परिणामस्वरूप बाह्य जगतका दोस्रो पुस्ताका नेपालीहरू विश्वको व्यापक भाषा अंग्रेजीलाई अँगाल्न उत्प्रेरित छन् । म बाह्य विश्वबाट यसरी अंग्रेजी निरन्तर थपिएको प्रमाण प्रस्तुत गर्दै आएको छु । यहाँबाट पनि त्यसै गरी अंग्रेजीमा बाल साहित्य आइरहेको छ । दुई हप्ताअघि मात्र रुसी–नेपाली किशोरद्वय— अनुराग र अनुकृत लामिछानेका क्रमशः A Bud’s Chronicle / The World Through My Eyes नामक कृति लोकार्पित भएका छन् । नेपालीमा दक्ष मेरै छोरीले पहिलो कृति अंग्रेजीमा (Fifteen and Three Quarters) प्रकाशित गरिदिएर मलाई अप्ठ्यारोमा पारेकी छन् ।

एकातिर यस्तो अंग्रेजी मोह र दक्षता एवं सहजता बढ्दो छ भने अर्कातिर अंग्रेजी भाषा सिक्न बाध्य गराएर हाम्रो समाजले आफ्नो भाषाको प्राण लिँदैछ । यस्तो कर्म देशभित्र बाहिर सबैतिर छ । त्यसको विरुद्ध अंग्रेजी सर्वस्व होइन, हाम्रो भाषा मर्नबाट जोगाऊ भन्ने आवाजहरू पनि आइरहेका छन् । हालै मात्र अस्ट्रेलियाका बसाइँ सरुवा समाज (माइगे्रन्ट कम्युनिटि) ले त्यस्तो विज्ञप्ति प्रकाशित गरेको छ । यसले भन्दछ— प्रवासी मातापितालाई आफ्नो मातृभाषा परित्याग गर्नाले आफ्नो सन्तानको अंग्रेजी राम्रो हुन्छ भन्ने कुरा सिकाइँदैछ । उनीहरू आफ्नो भाषालाई बिर्सने प्रयत्न गर्दैछन् । यो दुःखका कुरा हो । अंग्रेजी सिक्नु र मातृभाषा सिक्नु दुवै अलगअलग कुरा हुन् । यसमा ध्यान दिँदा दुवैमा बराबर सफलता प्राप्त गर्न सकिन्छ ।

एकभन्दा बढी भाषा सिक्नाले व्यक्तिगत एवं बौद्धिक, विकासमा मद्दत पुग्छ । बहुभाषा ज्ञानले सांस्कृतिक समझदारी बढाएर मानिसलाई सचेत गराउँछ । उसको दृष्टिकोण फराक हुँदै जान्छ । भविष्यको मार्ग राम्रो पार्दै परिवारलाई सन्तुलित राख्दछ । त्यस कारणले गर्दा जुन वालवालिकाहरूलाई द्वैभाषिक परिवेशमा हुर्कने मौका मिलेको छ तिनीहरू विद्यालयमा पनि राम्रो गर्न सक्छन् । त्यसैले गर्दा घरमा पनि आफ्ना परिवारजनसँग र नातागोतासँग आफ्ना बालबच्चहरूलाई आफ्नो भाषामै बोल्न प्रोत्साहित गरौँ ।

अष्ट्रेलियामा हामीमध्ये धेरैले अंग्रेजीलाई मात्र महत्व दिन्छौँ । कारण के छ भने अन्य भाषा सिकाउनाले नानीहरूको अंग्रेजी सिक्ने क्षमता कम हुन्छ भन्ने भ्रम पालेका छौँ । तर वास्तवमा तथ्यले त्यसको विपरित देखाएको छ । नयाँ आगन्तुक आप्रवासी अभिभावकहरूको अङ्गे्जी कमजोर हुनु स्वाभाविकै हो । तर तिनीहरूले आफ्ना सन्तानहरूलाई मातृभाषामै अंग्रेजी सिकाए पनि हुन्छ । एउटा भाषामा सिकिएका सिपहरू अर्काेमा सहजै सार्न सकिन्छ । साँच्चै भन्ने हो भने अंग्रेजी सिक्नुभन्दा अरू भाषा कैयौँ गुणा सजिला छन् । त्यस कारणले आप्रवासी समुदायले आफ्ना भाषाप्रति सकारात्मक दृष्टिकोण राखून् । (हेर्नू परिशिष्ट)

यी माथिका उद्धृतांशहरू नेपालको स्थितिमा लागू हुन्छन् भनेर राखेको होइन । तर वर्तमान समयका नेपाली जातिले घरमा, स्वदेशमा र अनेक डायस्पोरिक समुदायमा जहाँ पनि यस्तो स्थिति भोगिरहेका छन् भन्ने दृष्टान्त खुलाउन त्यसो गरिएको हो । विगत धेरै वर्षदेखि क्यानडामा बसोबास गर्ने डा। गोविन्दसिंह रावतले आफूले पठाउने इमेलपत्रको पुछारमा आफ्नो ठेगानासँगै एउटा वाक्य लेख्ने गरेका छन्— घरमा सन्तानसित सधैँभरि नेपालीमा बोल्ने बानी बसालौँ, भाषा रहे हामी रहन्छौँ, हाम्रो अस्तित्व रहन्छ ।

यता नेपालभित्रै पनि यस्तो स्थिति आइरहेको छ भने उता अष्ट्रेलिया, अमेरिका, बेलायत वा अन्यत्र पुगेका हजारौँ आप्रवासी नेपाली र भूटानी नेपालीहरूको स्थिति यस्तै होला । भारतीय नेपाली डायास्पोराको पनि कति राज्यमा यस्तै स्थिति छ । यो दृष्टान्त नेपाल भित्रकै अंग्रेजी र नेपाली भाषा साथै नेपाली र अन्य मातृभाषा बीचको सम्बन्धमा पनि लागू हुन्छ । हाम्रो बदलिरहेको विश्व परिप्रेक्ष र त्यसको असर भोगिरहेको नेपालको स्थितिलाई बोध गराउन मात्र मैले यो कुरा यहाँ राखेको हुँ ।

६-सिद्धान्त र आदर्शले नपुग्दो रहेछ । वर्तमान विश्वले सबै यथार्थतालाई प्रत्येक दिन भिन्न पारिरहेको छ । वास्तवमा बहुभाषिकता एउटा स्थिति हो व्यक्तिको चयनले त्यसको निर्धारण गर्दैन । ऊ जुन स्थितिमा, भूगोलमा, समाजमा हुन्छ त्यसले त्यसको निधो गर्छ, जब उसले आफ्ना गन्तव्य र गति बदल्छ, त्यसले पनि तय गर्छ परन्तु सिर्जनात्मकता अथवा सिर्जना गर्ने शक्तिचाहिँ मानिसको इच्छा वा छनोटको विषय होइन । यो सहजात (इन्बर्न) शक्ति र बायोलोजिकल निर्णयको परिणाम हो । त्यस निर्णयभित्र व्यक्तिले कतिसम्म भाषा आर्जन गर्न सक्ने क्षमता राख्तछ भन्ने कुरा अध्ययनबाट र आनुभविक वा प्रयोगाश्रित परीक्षणबाटै हेर्नुपर्छ । अघि नै नेपाली साहित्यका अग्रदूत मोतीराम भट्टमा बहुभाषिक सिर्जनात्मक विलक्षणता थियो । महाकवि देवकोटाको त्यस्तो प्रतिभा सुनेको हो, पूर्वेली विद्वान् धनकुटाका हेमचन्द्र पोख्रेलमा त्यस्तै थियो । अझ महापण्डित राहुल साङ्कृत्यायन ता बीसभन्दा बढी भाषामा दक्ष थिए । आर्य–भारोपेली भाषा समूहका महान् अध्येता राल्फ लिली टर्नरले कतिवटामा दक्षता राख्तथे होला भन्ने लाग्छ । यो अर्काे पक्ष हो ।

७-काठमाडौँ निवासी नेवारी मातृभाषी स्रष्टाले नेपाली वाङ्मयको स्थापनाकालमा गरेको योगदान अतुलनीय थियो । त्यो परम्परा (लिगेसी) त्यतिकै निरन्तर छ । त्यस्तै गरी क्रमशः मैथिलीका कति विशिष्ट साधक, पछि आएर लिम्बू, राई किराँतीभाषी स्रष्टाहरू सबै नेपाली, द्वैभाषिक, त्रैभाषिक क्षमता भएकाहरू छन् । यस्ता क्षमता हुनेहरू अन्यत्र पनि छन्— मैथिली नेपाली हिन्दीमा राजेन्द्र विमल, डा. रामदयाल राकेश, मैथिली–हिन्दी र झर्राे नेपाली प्रयोक्ता धीरेन्द्र प्रेमर्षि, अवधी–नेपालीमा लोकनाथ बर्माजी, कोइच नेपाली–इङलिशमा डा. लाल रापचा, भोजपुरी–हिन्दी–नेपालीमा गोपाल अश्क यस्ता धेरै स्रष्टा छन् । यो एउटा भाषालाई पक्रेको वा छोडेको होइन । बहुभाषिक क्षमताले युक्त हुँदा जता सहज लाग्छ । जता आवश्यकता देखिन्छ त्यतै मन ढल्केको मात्र हो । यो बहुक्षमता प्रस्फुटन र प्रयोग हो ।

८-व्यक्तिको ग्रहणात्मक अनि सिर्जनात्मक क्षमतामा बहुभाषिकताको के प्रभाव पर्दछ भन्ने अर्काे विषय छ । त्यो अनुसन्धानको क्षेत्र हो । तर व्यवहारमा मानिस अनिवार्यरूपले बढ्दो मात्रामा बहुभाषी क्षमतायुक्त हुनुपर्ने दिन आएका छन् । नयाँ विश्वपरिस्थितिले मानिसको व्यापक परिक्षेपण गरेर उसलाई विश्वभरि छरेको छ । उसको जीविकाको विकल्प नै बहुभाषिकता हुन थालेको छ । स्वदेशी भाषाको कुरा अलग्गै छ— अनेक अन्तर्राष्ट्रिय भाषामा दक्षता आर्जन गर्न नसके पनि न्यूनतम ज्ञान आर्जन अपरिहार्य हुँदै गरेको स्थिति हेरौँ– विश्वभाषा क्याम्पसमा सिकाइने १० भाषा मात्र होइन, काठमाडौँ उपत्यकामा खुलेका जापानी, अंग्रेजी, कोरिअन, अरबी, फ्रेन्च, स्प्यानिश आदि विविध भाषाका विज्ञापन गरिएका चलाइएका कक्षा र त्यता लाग्ने मान्छेको भीडले बताउनेछ । देशका अनेकौं सानाठूला शहरमा त्यस्ता आशयका सूचनापाटी र संस्था भेटिन थालेका छन् ।

९-खार्खुरिन जस्ता विद्वान्ले लामो अध्ययन अनुसन्धान पश्चात् प्राप्त गरेको परिणामले के देखाएको छ भने बहुभाषा सिक्ने क्रममा अनेक स्नायविक तत्वले शिक्षार्थीभित्रको भाषिक क्षमतालाई प्रभावित गर्दछन् । अनि उसको उमेर, सम्बद्ध भाषामा दक्षता, सांस्कृतिक परिवेश जस्ता तत्वले पनि प्रभाव पार्दछन् । यिनै तत्वले भाषिक छनौट गर्ने सक्रिय यन्त्रलाई प्रभावित गर्दछन् । यिनै तत्वले सोचाइको सिर्जनात्मक एवं आविष्कारक (जनेरेटिव एण्ड इनोभेटिव) क्षमतालाई प्रभावित गर्दछन् । यसरी बहुभाषिकता शिक्षण सिकाइदेखि आरम्भ भएर पछिको सिर्जनात्मकतामा गई टुङ्गिन्छ । अन्तिम परीक्षण ता सिर्जना नै हो ।

१०-सिर्जनात्मकतालाई एक्काइसौँ शताब्दीको अत्यन्तै महत्वपूर्ण दक्षता (Essential Competency) को रूपमा स्वीकारिएको छ । यसको कारण म पछि व्याख्या गर्नेछु । त्यसै गरी बहुभाषिकतालाई आधुनिक सामाजिक यथार्थता (Modern Social Reality) को एउटा प्रभावकारी विशेषता मानिएको छ । वर्तमान विश्वले यस प्रकार ज्ञानात्मक रचनातन्त्र र विकास परिवद्र्धनात्मक समस्या सँगसँगै बोकेको हुन्छ । त्यस कारणले बहुभाषिकतालाई प्रोत्साहित गर्नुको तात्पर्य समयले उत्पन्न गरेको सांस्कृतिक जटिलताको सम्मान गर्नु पनि हो । त्यति मात्र होइन अमेरिकाको युनिभर्सिटी अव शारजाहका विद्वान् खार्खुरिनको अध्ययनको एउटै निचोड छ— बहुभाषिकहरू अझ बढी रचनात्मक हुन्छन् (Multilinguals are more creative) .

[1] Multilingualism and Creativity (2012) by Anatoliy V. Kharkhurin.

११-वर्तमान विश्वमा सबै कुराको विस्फोट छ, जगदीश शमशेर राणाले ‘बाहुल्य विस्फोट’ भनेझैँ हाम्रा ज्ञानका, विचारका, धारणा र मान्यताका; त्यसै गरी सिद्धान्तका पनि स्वरूपहरू सम्पूर्णरूपले भिन्न भएका छन् । बहुभाषिक समुदाय तीव्ररूपले बढ्दो छ । यसको उपलब्धि झन्झन् गहिरो र व्यापक हुँदैछ । बहुभाषिक क्षमता भएको व्यक्तिमा संसारलाई अन्य दृष्टिकोणले बुझ्ने क्षमताको आर्जन हुन्छ । उनीहरूमा उही समस्यालाई हेर्ने लचकता, सहिष्णुता एक वैकल्पिक मार्ग अथवा भिन्न दृष्टिकोण पनि पलाउँछ ।

१२-विश्व परिस्थिति बदलिएर समाजिक रूपान्तण प्रक्रियाप्रति पनि हाम्रो धारणा बदलिनुपर्ने स्थिति छ । यस बेला हाम्रा बौद्धिक स्रष्टा, प्राध्यापक आदिबाट अनेक भाषाको बहुल सिर्जना क्षमताको सम्भावनालाई उद्घाटन गर्नु, यसको महत्व स्थापित गर्नु र यस भावनालाई संस्थागत रूप दिनुपर्ने आवश्यकता हाम्रो काँधमा छ । यसले एउटा बौद्धिक समाजको रूपमा नेतृत्वदायी भूमिका खेल्नुपरेको छ । यस्तो कार्यले आपसी सहिष्णुता, जानकारी, सद्भाव र सहकार्यको भावनालाई प्रोत्साहित गर्नेछ ।

१३- ‘बहुभाषिक सिर्जनात्मकता’ शीर्षक पदले ज्यादै ठूलो क्षेत्र ओगट्छ । साहित्य, कला, सङ्गीत र भाषा प्रयुक्त अन्य सिर्जनात्मकता पनि त्यसअन्तर्गत पर्दछन् । त्यस कारण यतिखेर साहित्यलाई मात्र हाम्रो उद्देश्यभित्र सम्झिनुपर्छ होला । साहित्यमा पनि कविता सबैभन्दा शक्तिशाली र प्राचीनतम विधा मानिन्छ । हरेक भाषाको प्रथम इतिहासमा कविताले नै पाइला टेक्छ । अरू नाटक, आख्यान, आख्यानेतर विधा बिस्तारै सिर्जित हुन्छन् भने समीक्षाको लागि त धेरै प्रतीक्षा गर्नुपर्ने हुन्छ । अझ काव्य–कविता मानव संवेदनलाई तत्क्षण प्रकट गर्ने शक्तिशाली माध्यम भएकोले प्रत्येक समाजले यसलाई आफ्नो अस्त्र ठान्न थालेको छ । त्यस कारण नेपालको सन्दर्भमा कुरा गर्दा पनि नवउन्मेषी समाजलाई कविताको मूल्य र शक्तिको बोध गराउँदै त्यसतिर अनेकभाषी स्रष्टालाई आह्वान गर्नुपरेको छ, तिनीहरूलाई संगठित गरी सशक्त बनाउनु परेको छ, यद्यपि सम्पूर्ण साहित्यकर्म व्यक्तिगत रुचिको स्वतन्त्र क्षेत्र हो ।

कति भर्खरका कलिला साहित्य छन् । कति स्थापित र पुराना छन् । ती सबैबीच आरम्भिक वर्षमा काव्य–कविताद्वारा नै सम्बन्ध स्थापित गरी त्यसलाई सुदृढ बनाउनुपर्छ । कविताको महत्व बुझेर नै राष्ट्र संघले पनि मार्च २१ लाई अन्तर्राष्ट्रिय कविता दिवस मनाउने आह्वान गर्दै आएको छ । नेपालमा पनि यो थालिएको छ । कविता दिवस मनाउनुको एउटा उद्देश्य अनेक भाषिकतालाई प्रोत्साहित गर्दै प्रत्येकमा सिर्जना शक्ति भर्दै लानु पनि हो । युनेस्कोका तर्फबाट २०१० मा प्रकाशित विज्ञप्तिले अर्थात् त्यहाँ अपेक्षित मान्यताले हाम्रो अवधारणालाई पनि सम्मान गर्ने देखिएकाले म यहाँ त्यसलाई पुनः उद्धरण गर्दछु—

अन्तर्राष्ट्रिय कविता दिवसको प्रमुख उद्देश्य भन्नु नै कवितात्मक अभिव्यक्तिद्वारा भाषिक विविधतालाई प्रोत्साहित गर्नु र सङ्कटमा परेका भाषाहरूलाई आफ्नो समुदायभित्र सुनिने अवसर प्रदान गर्नु हो । त्यसका अतिरिक्त यस दिनले कवितालाई उत्थान गर्ने, मौखिक परम्परालाई उठाउने, कवितावाचन, प्रशिक्षण, कविता र अन्य कलाबीच संवाद चलाउने, साना प्रकाशकलाई सहायता गर्ने र कविताको सम्बन्धमा सञ्चार माध्यममा आकर्षक बिम्ब सिर्जना गर्ने कार्य गर्नु गराउनुपर्दछ, जसले गर्दा कविता पुरानो ढर्रा जस्तो नठानियोस् । यसैले गर्दा युनेस्कोले हरेक देशलाई विश्वकविता मनाउन प्रोत्साहित गर्दछ ।

यसरी हामी कविताबाट प्रवेश गर्न सक्छौँ । बिस्तारै अरू द्वार खुल्दै जानेछन् ।

[1]    According to the UNESCO’s (2000) decision, the main objective of this action is to support linguistic diversity through poetic expression and to offer endangered languages the opportunity to be heard within their communities. Moreover, this Day is meant to support poetry, return to the oral tradition of poetry recitals, promote teaching poetry, restore a dialogue between poetry and the other arts such as theatre, dance, music, painting and so on, support small publishers and create an attractive image of poetry in the media so that the art of poetry will no longer be considered an outdated form of art but one.

UNESCO encourages the Member States to take an active part in celebrating the World Poetry Day, at both local and national leves, with the active participation of National Commissions, NGOs and the public and private institutions concerned (schools, municipalities, poetic communities, museums, cultural associations, publishing houses, local authorities, etc.).

सन् २०१० को अन्तर्राष्ट्रिय कविता दिवसको अवसरमा युनेस्कोकी डाइरेक्टर जेनेरलले दिएको सन्देश सुन्दा कविताको महत्व बुझाउन विश्वव्यापी अभियान किन आवश्यक रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । इरिना बोकोभा भन्छिन्— कवितात्मक विविधताले अर्काे स्वरूपको संवादलाई स्थान दिन्छ । यसले प्रत्येक मानवको हृदयमा सर्वत्र उनै प्रश्न र उनै भावनाहरू हुन्छन् भन्ने सत्य देखाउँछ । यो हाम्रो स्वतन्त्रताको एक पक्ष हो, यसले नै हामीलाई ‘मानव जाति’ बनाउँछ । त्यस कारणले आजको गुणात्मक शिक्षा कार्यक्रम अन्तर्गत कविताले उचित स्थान प्राप्त गर्नुपर्दछ । विश्वव्यापी (सार्विक) काव्य चेतनामा पहुँचद्वारा नै युवावर्गले अन्यलाई बुझ्ने एउटा अतिरिक्त, भिन्न, सूक्ष्म र तरल साधन फेला पार्दछन, त्यसबाट फाइदा लिन सक्दछन् । एउटा नयाँ कविताको आविष्कार भनेको भौगोलिक सीमालाई नाघेर अन्यको भाषाभित्र पुगेर त्यसको हार्दिकता र संवेदनशीलताभित्र प्रवेश गरेर एक साहसिक आनन्द प्राप्त गर्नु हो ।

१४-हाम्रोमा कविताको उद्देश्य स्पष्ट छैन । रचना गर्नु र छाप्नुमा सीमित छ । तर वर्तमान विश्वले हाम्रो जस्तो बहुभाषी बहुसांकृतिक देशमा कवितालाई एक योजकतत्व मान्दछ । विशेष गरी यसले अल्पसङ्ख्यक मातृभाषीलाई उठाउने, त्यो भाषालाई शक्ति सम्पन्न गर्ने कार्य गर्दछ । हाम्रो जस्तो अन्य (दि अदर) लाई बुझ्न नचाहने र नसक्ने समाजमा अनेकभाषी वक्ताबीच कविताको अधिक अभ्यास हुनु आवश्यक छ । त्यसो त यस प्रकारको चेतना हाम्रो देशका विभिन्न भाषाभाषीमा पनि पलाउँदैछ । यसमा एउटा महत्वपूर्ण पक्ष के छ भने स्थापित भैसकेको विशेष सुविधा प्राप्त नेपाली भाषाले, यसमा कार्य गर्ने प्रत्येक स्रष्टाले आफ्ना परिवेशका छिमेकका अन्य भाषाको महत्वलाई विशेष सम्मान गर्न सिक्नुपर्छ । आफ्ना पासमा बलियो भाषा भिरेको छु भन्ने अभिमानको अन्त्य गरी अन्य भाषालाई कसरी उठ्ने वातावरणमा सहयोगी बन्न सकिन्छ त्यसको चिन्ता लिनुपर्दछ । अझ आफ्ना परिवेशको सम्पर्कको भाषा–साहित्य सिक्ने, पढ्ने, रचना गर्ने क्षमता, सहिष्णुता र विशेषताको विकास गर्नुपर्दछ ।

[4] Poetic diversity provides another form of dialogue. It reveals to us that all individuals, everywhere in the world, share the same questions and feelings. It is an aspect of our freedom, it is what makes us human. Poetry should, therefore, have its rightful place in quality education programmes. Through access to universal poetics, young people may benefit from an additional, different, subtle and fluid vehicle for understanding the Other. Discovering a new poem is a venture into the language, emotion and sensitivity of the Other, irrespective of geographical distance.

ताप्लेजुङका विद्वान् हर्राबोटे पण्डितले लिम्बू भाषामा दक्षता हासिल गरी अनेक कार्य गरेको कुरा सुन्दा हामीलाई ठूलो आनन्दले छुन्छ । अन्य भाषीप्रतिको सद्भाव, प्रेम र त्यो भाषाप्रतिको अभिरुचिले दुवैलाई जोडेर लान्छ । बहुभाषी हाम्रो मुलुकमा अब केवल जोड्ने कार्यको महत्व रहनेछ । त्यस्तो एक योजक शक्ति हो— भाषाप्रति हाम्रो उदारता । त्यही उद्देश्यले समाजहरू जोडेर शब्द चिनाउने उद्देश्यले विविधभाषी स्रष्टाको आत्मसम्मान बढाउने उद्देश्यले बहुभाषी साहित्य समाजको स्थापना भएको हो । अनि साहित्य शाश्वत तत्व भएपछि अब आ–आफ्नो रङ लिएर आउने साहित्यप्रति हामी उदार, सहिष्णु र सहयोगी बनौँ भन्ने आह्वान गर्दै आज यहीं रोकिन चाहन्छु ।
२०७० साउन १५, कीर्तिपुर

परिशिष्ट

MIGRANT parents are under pressure to dump their own language believing it will help their children learn English, an academic said during a recent talk in Sunshine.

During the talk at the Sunshine Library, Successfully Raising Children in More Than One Language Professor John Hajek, said migrant parents were taught to undervalue their own languages, and to ignore their own histories in “a mistaken belief” that it was the only way for their children to learn English successfully.

“Learning one’s mother tongue and English are not at all mutually exclusive – you can achieve both very successfully if you just know how to,” Professor Hajek said.

The talk was for parents, grandparents and carers, and focused on ideas and tools on how to support a child’s language learning. It also concentrated on the advantages of bilingualism.

“There are many benefits to speaking more than one language – personal and intellectual development, improved social and cultural understanding and awareness, future career paths, cultural and family maintenance,” Professor Hajek said.

“We know that children who are raised bilingually in a positive environment are well adjusted and do well at school.

“It’s also important for children to be able to talk to their own parents in their language – as well as other relatives.”

Professor Hajek, who works at the University of Melbourne in the Research Unit for Multiculturalism and Cross-Cultural Communication unit, said speaking more than one language was the norm around the world.

“In countries such as Australia many of us are fixated on English and think that another language stops the learning of English,” Professor Hajek said.

“Indeed there is good evidence for the opposite.

Professor Hajek, who has two children who speak Slovene – his mother’s language – said a parents’ own lack of English language skills did not disadvantage the child learning English.

“Recently arrived migrant parents often have very weak English skills and are not able to assist their children’s learning in English,’ Professor Hajek said.

“But they can help improve their child’s literacy and numeracy in English by teaching these things to them in their own language.

“When you read and write in one, the skills are easily transferable.

“In fact in many cases, it’s much easier and faster to learn to read and write in another language than in English – our spelling system is very difficult, often illogical and complicated.

“It is for instance better to teach your children to read and write in Italian, Spanish, German, Vietnamese, Indonesian, which have really regular spelling systems.”

Professor Hajek said the most important things for migrant parents to remember included having a positive attitude to their own language and children’s learning, consistency by always speaking your language to your child at home and also outside where possible

तपाइँको प्रतिक्रिया

फेसबुक