शुक्रबार, वैशाख १४, २०८१

युरो च्याम्पियनमा हंगेरी र फ्रान्स : तगडा फ्रान्सेली भुत्तो खेल

नेपालप्लस संवाददाता फ्रान्स२०७८ असार ५ गते १९:१८

फोटो- मिहाई सिमिओन / ट्विटर

खचाखच भरिएको हंगेरिको रंगशालामा फ्रान्स-हंगेरीको खेल । फ्रान्सकालागि मुख्यतया प्रतिकूल स्टेडियममा फ्रान्स -हंगेरीको बिरूद्ध ड्र (१-१) खोल्नु अघि डराएको जस्तो देखियो । मध्यान्तरपछि दोस्रो खेलमा ग्रिज्यामानले बराबरी गर्नु अघि हंगेरीका फियोलाले फ्रान्स बिरूद्ध गोल गरे ।

जर्मनीको बिरूद्ध जितेपछि फ्रान्सले शनिबार जुन १९ मा जर्मनीसितको खेल अनुसरण गर्न सकेन । फ्रान्सका कोच डिडिय देसँका अनुसार फ्रान्सेली खेलाडीले हंगेरीको टिमबिरुद्द कस्तो खेल्नुपर्ने हो भन्ने साँचो फेला पारेन । बुडापेस्टको पुस्कास एरेना रंगशालामा भएको उक्त खेललाई स्वीकार्नुपर्‍यो (१-१) का बिरुद्द । अब फ्रान्सले १६ को राउन्डको लागि आफ्नो योग्यता पर्खर्नुपर्ने छ।

हंगेरीको पुस्कस अरेन रंगशाला तातेको थियो । भरिभराउ थियो । हंगेरीवासीहरूको ब्यापक समर्थनलेपनि फ्रान्सेली टिमलाई ठूलो शारीरिक चुनौती खडा गरिदिएको मेडियाहरुको विश्लेषण छ । फ्रान्सको टोलीले म्याचको सुरुमा संघर्ष गरेका थिए । तर उनीहरुले अघिल्ला खेलमा झैं सोचेजसरि खेल्न सकेनन् । सजिलै जित्ला हंगेरीलाई भन्ने अनुमान गरिएको फ्रेन्च टिम उल्टै हार्लान् कि जस्तो, रक्षात्मक जस्तो अवस्थामा पो देखिए केहि बेर । पहिलो गोल हंगेरीले हान्नासाथ फ्रान्सेली टोली त्यस्तो अवस्थामा देखियो केहिबेर ।

तर खेल सुन्दर मानिएको थियो । किनभने रंगशाला खचाखच बभरिएको थियो । र हंगेरीको टोलीले एकदमै कडा मानिएको फ्रान्सेली टिमसित सजिलै फ्रान्सको प्रतिरोध गर्‍यो ।

पन्ध्र मिनेट बाँकि हुँदा खेलमा फ्रान्सले बल्ल बल सन्तुलनमा राख्न सक्यो । पोल पोग्बा, एनजेलो कान्ते र आन्त्वान ग्रिज्मानले भरमग्दुर प्रयास गरेका थिए । तिनले हंगेरी बिरुद्द दह्रो दबाब दिएका थिए । तर सुपर खेलाडी भनिएका एमबाप्पे, करिम बेन्जामाले गतिलो प्रदर्शन गर्न सकेनन् ।

करिम बेन्जामा, लुकास लगायतका खेलाडी जो एमबाप्पेकालागि राम्रो बलको मेसो मिलादिने भनेर परिचित छन् उनीहरुले त्यो मिलाउन सकेनन् । एक दुई पटक भेटिएको हेडिङ बलपनि एमबाप्पेको टाउकोले राम्रोसित नियन्त्रण गर्न सकेन ।
फ्रान्सका तिन जादुगर मानिएका खेलाडी ग्रिजमान, एमबाप्पे र बेन्जामाको राम्रो नियन्त्रण र समायोजन देखिएको थियो पहिले । तर त्यो संयोजन आजको खेलमा अन्तिमको १५ मिनेटतिर मात्रै देखियो । कतिपय बलहरु हंगेरियन डिफन्सरको सामुन्नेमा पर्दा नियन्त्रणमा सफल भए ।

अर्कोतर्फ हंगेरीले रक्षा पंक्तिमा वास्तविक सफलता हासिल गर्‍यो। उसले शुट गर्ने मेसो मिलाउन, गोल हान्ने वातावरणको खाता खोल्नका लागि तीन डिफेन्डरहरूलाई हटाएरपनि बल अगाडि बढ्यो ।

धन्न दोस्रो हाफमा ग्रिजम्यानमे हंगेरीका बिरुद्द एक गोल हानेर बराबरीमा टुंग्याउने मेसो मिलाए ।

दोस्रो हाफमा लकर कोठाबाट फर्केपछि फ्रेन्चहरूले तुरुन्त स्कोर गर्न सबै प्रयास नगरेका होइनन् । यद्यपि, हंगेरियाली ब्लकको ३-५-२ ले अति संयोजन मिलाए । उनीहरुले आफ्नो तर्फ छिर्न नदिन समूहीकृत गरेका थिए । खाली ठाउँ नछोडी कम्प्याक्ट बनाउने कोसिस जारि राखे जसले गर्दा फ्रान्सेली टोलीलाई बल सहजै छिराउन हम्मेहम्मे पर्‍यो । जबकि फ्रान्सेली क्षेत्र त्यस्तो थिएन । त्यसैले हंगेरीका स्काफेर र फियोलाले त्यसको बायाँपटीबाट फाइदा उठाए ।

अब फ्रान्सका कोच डिडिए डेसँलाई नयाँ खेलाडी चुन्न वा फेरफेर गर्न दबाब परेको छ । उनले हंगेरीसितको खेलमापनि ओसमान देम्बेलेलाई छिराएका थिए । उनी छिरे लगत्तै फ्रान्सको रक्षात्मक क्षेत्र बलियो बनेको देखियो ।

जेहोस, हंगेरीसितको खेलमा फ्रान्सले आशा गरेजस्तो हात पार्न सकेन । फ्रान्सकालागि निराशाजनक नतिजा हो यो । जर्मनी र पोर्चुगलको खेलको लागि फ्रान्सेली टोलीले प्रतिक्षा गर्दा उनीहरू पक्कै पहिलो समूहमा छन् तर युरोपेली च्याम्पियन्सको बिरुद्ध उनका खेल नकआउट चरणका लागि वैध प्रमाणित गर्न बुधबार उनीहरूको प्रतिक्षा गर्नुपर्नेछ ।

हंगेरीवासीहरूको आशा भने के देखिन्छ भने उनीहरू अझै पनि जर्मनीको बिरूद्ध एउटा उपलब्धि हासिल गरेर योग्य हुन सकिन्छ भन्नेमा छन् । किनभने जर्मनीलाई हराएको फ्रान्सलाई उनीहरुले बराबरीमा फिर्ता पठाएका छन् । उनीहरुको मूल्यांकन जर्मन टोली पहिले जस्तो बलियो छैन र फ्रान्ससित हारेकोले उसलाई हराउन सकिन्छ भन्ने बुझाई हंगेरियनको छ ।

खेलपछि फ्रान्सेली कोच डिडिय देसँले फ्रान्सेली टिमले सोचे जस्तो उपलब्धि हाँसिल गर्न नसकेको तर खेल भएकाले जस्तो भएपनि स्विकार गर्नुको बिकल्प नभएको प्रतिक्रिया दिएका छन् ।

तपाइँको प्रतिक्रिया