शनिबार, वैशाख ८, २०८१

मस्कोमा झण्डै ९० प्रतिशत विरामी भारतीय स्वरुपको डेल्टाबाट संक्रमित

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार ६ गते २१:३४

Photo-sante.journaldesfemmes.fr Screen shot

भारतीय स्वरुप वा इन्डियन भेरियन्ट भनेर चिनिने डेल्टाले रुसमापनि महामारीको प्रकोप उत्पन्न गराएको छ ।

धेरै दिनदेखि मस्कोले कोविड १९ महामारीको विशाल रुप पुनः सामना गरिरहेको छ । कोरोना भाईरस संक्रमणमा यहाँ ९० प्रतिशत यहि डेल्टा जिम्मेवार छ ।

भारत र बेलायतपछि हाल रूसले कोविड १९ महामारीको प्रकोपको सामना गरिरहेको छ । धेरै दिनदेखि मस्कोले डेल्टा भेरियन्टको कारण संक्रमण रेकर्ड वृद्धि गरिरहेको छ । रुसी राजधानीका मेयरले शुक्रवार जुन १८ मा केहि प्रतिबन्धको घोषणा गरे । तर कडाईकै लागि कडा उपायको आदेश जारी गर्न अस्वीकार गरेक्का छन् ।

हाल मस्कोमा संक्रमित भएका मध्ये ८९ थोप्लो तिन प्रतिशत विरामीहरु भारतीय स्वरुपको कोरोना भाइरस अर्थात् डेल्टा भेरियन्टबाट संक्रमित छन् । मस्कोको पर्भि कानाल टिभीका सेर्जेई सोब्यानिनले भनेका छन् “यहि कारणले गर्दा रो संक्रमणमा बिस्फोट र अस्पताल भर्ना हुने संक्रमितको वृद्धि ब्यापक भैरहेको देखेका छौं ।”

एक करोड २० लाख देखि एक करोड ३० लाख बासिन्दाको राजधानी मस्कोमा २४ घण्टा भित्र ९,०५६ नयाँ घटनाहरू रेकर्ड गरियो । यो महामारी शुरू भएदेखि र दुई हप्ता भन्दा कममा तीन गुणा बढेको रेकर्ड हो । गत बिहिवार एकै दिनमा १,७६४ बिरामी अस्पताल भर्ना भएका थिए ।

हाल देशभरमा प्रति दिन लगभग १७,२६२ जना संक्रमित भएका छन् । गत फर्वरी महिनापछि अहिले संक्रमण सबैभन्दा माथि पुगेको छ । यो देशले ४५३ थप मृत्युसमेत रेकर्ड गरेको छ जुन मार्च १८ देखि उच्च हो । मस्कोमा मात्रै ७८ नयाँ मृत्युको शोक परेको छ ।

यसको ब्यवस्थापन गर्न मस्कोले कोभिड १९ का बिरामीहरूका लागि ओछ्यानको संख्या सोमबारदेखि १३ हजारबाट बढाएर १७ हजार बनाएको छ । केहि दिनमै यसको संख्या बढाएर २० हजार पुर्‍याउने लक्ष्य राखेको छ ।

रसियामा एक लाख २८ हजार चार सय ४५ जनाको मृत्यु सरकारले दर्ता गरेको छ । सबैभन्दा शोकमा परेका यूरोपियन देशमा कोरोना संक्रमणको शुरुदेखि हालसम्म दुई लाख ७० हजारसम्म मृत्यु भएको तथ्यांक छ ।

मस्कोले करिब १० दिनलाई प्रतिबन्ध लगाएको छ । तर अर्थतन्त्रलाई जोगाउन प्रतिबन्धहरू सीमित गरिएको छ । पहिल्यै जाडोमा कोरोना छालको बेला कुनै कडाई गरिएको थिएन ।

मस्कोका मेयरले शुक्रबार १,००० भन्दा बढी व्यक्तिको मनोरन्जन कार्यक्रमहरू रद्द गर्ने घोषणा गरे । उनले लुझ्निकी ओलम्पिक परिसरमा रहेको यूरो फुटबल प्रशंसक क्षेत्र समेत बन्द गरिदिए ।

उनले जुन २९ सम्म रेष्टुरेन्ट, शपिंग सेन्टर वा सार्वजनिक पार्क सुविधा, खेल मैदानहरूबन्द गरे । भोजनालय र बारहरू साँझ ११ बजे देखि विहान ६ बजेसम्म बन्द हुनेछन् ।

मेयरले अन्य धेरै कडा नियमहरु लगाउन सकिने चेतावनी दिएका छन् ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले बुधबार सेवा क्षेत्रका कर्मचारीहरूको अनिवार्य खोप आदेश जारी गरेका छन् । ती मध्ये ६० प्रतिशत वा करिब २० लाखले अगस्ट १५ सम्ममा खोप लगाउनुपर्ने छ ।

करीव एक वर्षदेखि राज्य उपकरण गतिलो भएको, स्वास्थ्य संकटको राम्रो व्यवस्थापन गरेको र स्पुतनिक भि को प्रभावकारिता रहेको भन्दै रसियाले आफ्नो सामर्थ्यमाथि प्रकाश पार्दै आएको थियो । स्पुत्निक भि खोप रूसले विकसित गरेकोले त्यो गत छ महिना भन्दा बढीदेखि उपलब्ध भएको ब्यापक गरेको थियो ।

तर खोप लगाउन सरकारले बारम्बार आग्रह गरेपनि रूसीहरूले उति चाख देखाएनन् । राष्ट्रपति भ्लादिमिर पुटिनले दशकौंसम्म सोभियत र त्यसपछि रूसी प्रचार तथा स्वास्थ्यको क्षेत्रमा बजेट कटौती गरेकोलेपनि त्यो अबिश्वाश भएको हुनसक्छ । त्यसले गर्दा जनसंख्याको अविश्वासको पृष्ठभूमि निर्माण भएको देखिन्छ ।

डिसेम्बरदेखि १४ करोड ६० लाख मध्ये जम्मा एक करोड ९४ लाखले मात्रै खोपको एक मात्रा पाएका छन् । गोगोभ साइटका अनुसार आधिकारिक राष्ट्रिय तथ्यांकको अभावका कारण क्षेत्र र मिडियाको तथ्यांकलाई आधार मान्ने गरिएको छ ।

सेन्ट पीटर्सबर्गमा महामारी फेरि शुरू हुँदैछ । त्यहाँ प्रतिबन्धात्मक उपायहरू अझै सीमित छन् जबकि यहि शहरले सात खेल आयोजना गर्दै छ र हजारौं हजार यूरो फुटबल प्रशंसकहरूलाई आकर्षण गरिरहेको छ ।

(नेपालप्लस सँगै फ्रंस २४ न्युज र एएफपी)

तपाइँको प्रतिक्रिया

फेसबुक