बुधबार, वैशाख १२, २०८१

अमेरिकी सेना फर्किनासाथ तालिबानी विद्रोहीद्वारा अफ्गानिस्तानको महत्वपूर्ण क्षेत्र कब्जा

नेपालप्लस संवाददाता२०७८ असार ८ गते ६:०७

अमेरिकी सेनाले अन्तिम सेना फिर्ता फिर्ता सुरु गरेपछि मेको सुरुदेखि नै दर्जनौं जिल्लाहरू तालिबानको कब्जामा पुगेका छन् । फोटो- एएफपी

तालिवान लडाकुहरूले सोमबार अफ्गानिस्तानको उत्तरी कुजुन प्रान्तको एउटा महत्वपूर्ण जिल्लालाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरुले प्रान्तीय राजधानीलाई घेरा हालेको फ्रंस २४ न्युजले जनाएको छ । शान्तिवार्ता ठप्प भएको र अमेरिकी सेना फिर्ता जाँदै गरेको मौकामा विद्रोही समूहले पछिल्ला दिनमा आफ्नो विजयमा जोड दिएका छन् ।

अमेरिकी सेना सेप्टेम्बरसम्म सबै फिर्ता लैजाने भन्दै मार्चबाटै फिर्ता लैजान शुरु गरेपछि तालिबान बिद्रोहीहरुलाई फाईदा पुगेको फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् ।

फ्रँस २४ मा उल्लेख गरिए अनुसार प्रान्तका प्रहरी प्रवक्ता इनामुद्दीन रहमानीले इमाम साहिब जिल्लाको वरिपरि आइतवार राती तालिवानसित लडाई सुरु भएको र सोमबार मध्यरातमा तालिबानले जिल्ला सदरमुकाम ओगटेको बताए । त्यसपछि पुलिस मुख्यालय नियन्त्रण राखेको प्रान्तीय पुलिस प्रवक्ता इनामुद्दीन रहमानीले बताएका छन् ।

प्रहरी प्रवक्ताका अनुसार ‘तालिवान आतंकवादी’ हरु प्रान्तको राजधानी कुन्धनको एक किलोमिटर भित्र थिए । तर त्यो सहरमा प्रवेश गरेका थिएनन् । उनले भने “बाहिरी इलाका नजिकै तालिबानीको सानो समूह र काबुलको लागि प्रस्थान गर्न खोज्नेहरूको खबर पाएका छौं” ।

संयुक्त राज्य अमेरिका र नाटो सेनाले अफ्गानिस्तानबाट अन्तिम प्रस्थान थालेपछि मे १ देखि दर्जनौं जिल्लाहरू तालिबानको नियन्त्रणमा पुगेका छन् । उत्तरी कन्दुजमा इमाम साहिब जिल्ला जस्तै उनीहरूले प्राय: सडक र प्रमुख शहरहरू कब्जा गर्न महत्व दिएका छन् ।

इमाम साहिब रणनीतिक रूपमा ताजिकिस्तानको सिमा क्षेत्रमा पर्ने अफ्गानिस्तानको उत्तरी सिमाना नजिकै छ । यो मध्य एशियाबाटआपूर्ति गरिने एक प्रमुख मार्ग हो ।

प्रहरी प्रवक्ता रहमानीलाई उल्लेख गर्दै फ्रंस २४ न्युजले जनाएअनुसार प्रहरी र अफ्गान राष्ट्रिय सेनाका सिपाहीहरूले संयुक्त रुपमा जिल्लाको रक्षा गर्ने प्रयास गरेका थिए ।

अफ्गानी राष्ट्रिय सुरक्षा र रक्षा बलका यो युद्धमा कति हताहत भए, वा कति तालिवान मारिए वा घाइते भए भन्ने अझै स्पष्ट नभएकोपनि उनले बताएका छन् ।

तालिबानी प्रवक्ता जबिहुल्लाह मुजादले इमाम साहिब जिल्ला तालिबानीको हातमा पुगेको एपी न्युजलाई पुष्टि गरे ।

पछिल्लो चरणको लडाईमा कुन्दुजका अन्य धेरै जिल्लाहरू पनि विद्रोही समूहको नियन्त्रणमा पुगेको छ । यसमा छिमेकी इमाम साहिबको छिमेकी दष्ट-ए-अर्ची पनि बिद्रोहीकै पकडमा पुगेको उनले उल्लेख गरे ।

सय्यद मोहम्मद मौसावी आफ्नो परिवार लिएर काबुलको उत्तरी मजार-ए-शरीफबाट आइतवार कञ्जेलको १२० किलोमिटर पश्चिममा पर्ने आफन्तको सुरक्षामा पुगेका थिए ।

थप लडाईको डरले काबुलका लागि कुन्डज शहर छोड्न खोजेको उनले बताए । “तालिवानहरू सबै बाटोमा थिए । कारहरू जाँच गरिरहेका थिए । हामी धेरै डराएका थियौं” उनले राजधानी पुगे पछि भने ।

पछिल्ला दिनमा तालिवानले तीनवटा उत्तरी प्रान्तहरु कुन्दुञ्ज, बग्गल र बलुनका विभिन्न जिल्लाहरु कब्जा गरेको मोसावीले बताए । उल्लेखनीय कुरा के छ भने, बग्गल प्रान्तको दोशी जिल्ला तालिबानीको हातमा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । यदि यो सत्य हो भने विद्रोही समूहले पाँच उत्तरी प्रान्तलाई राजधानी काबुलमा जोड्ने एक मार्गको नियन्त्रण गरेका छन् ।

तालिबान बिद्रोहीहरुले आफ्नो वेबसाइट र व्हाट्सएप ग्रुपमा भिडियोहरू प्रसारण गरिसकेका छन् जसमा उनीहरूले आत्मसमर्पण गरेका सरकारी सिपाहीहरुलाई उनीहरूको घर फर्कने र तालिवानबाट पैसा लिन भनिएको दावी गरेका छन् ।

आइतबार तालिबानी नेता मौलावी हिबतुल्लाह अखुनजादाले एक विज्ञप्ति जारी गरी आफ्ना सैनिकहरूलाई आदेश दिए “राम्रोसित आत्मसमर्पण गर्नेहरूसँग राम्रो व्यवहार गर । उनीहरूसँग मिठो बोल र मानविय तरिकाले ब्यवहार गर ।”

तर पछिल्लो लडाईमा केहि जिल्लामा बिद्रोही र सरकारी दुबै पक्षमा थुप्रैको हताहती र घाईते भएका छन् । आफ्नो परिचय नखुलाईदिन आग्रह गर्दै एक प्रहरी अधिकारीले ‘जिल्लामा तालिवानसित लड्ने प्रहरीहरू प्रायः गरिब परिवारका भएको’ बताएका छन् । विगत २० वर्षमा अफ्गानिस्तानमा खरबौं डलर खर्च भए पनि ती परिवारहरू गरीब छन् । ति प्रहरीले भने “उनीहरूको जीवनमा परिवर्तन देखिएको छैन । ति उदासीन छन् । उनीहरूले कुनै फरक देखेनन् । तिनीहरू आजको लागि मात्र आफ्नो जीवन बचाउन चाहन्छन् । ”

दुई हजार पाँच सय देखि तिन हजार पाँच सय अमेरिकी सेना र नाटोका करिब सात हजार सैनिक शक्ति फिर्ता लगेपछि तालिबान बिद्रोहीहरुले त्यसको फाईदा लिन थालेका छन् । उनीहरुले सेना फिर्ता लगेपछि अफ्गानिस्तानमा दिर्घकालिन शान्तिका लागि द्विपक्षिय वार्ताको आवस्यकता झनै खट्किएको छ ।

तपाइँको प्रतिक्रिया