बिहीबार, वैशाख १३, २०८१

यमनका सेना र हुथी बिद्रोहीबिच दुई दिनको लडाईमा ९० जना मारिए

नेपालप्लस संवाददाता२०७८ असार ९ गते १६:२०

Reuters photo via dailysabah.com

यमन सरकारका बफादार सैनिक र हुथी बिद्रोहीबिच भएको दोहोरो भिडन्तमा गत दुई दिनमै ९० जनाभन्दा बढि मारिएका छन् ।

यमनको रणनीतिक उत्तरी शहर मारिबलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेका हूथी विद्रोही र येमेनी सैनिकहरुबिच भएको भिडन्तमा तिनको ज्यान गएको सरकार समर्थक सैन्य स्रोतले मंगलबार जनाएको भन्दै फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

हुथी बिद्रोहीहरुलाई ईरानले सहयोग गरेको आरोप लाग्दै आएको छ । ति विद्रोहीहरूले फेब्रुअरीमा उत्तरी यमनमा सरकारको अन्तिम गढ मानिने मारिबलाई कब्जा गर्ने आफ्नो प्रयासलाई तीव्र पारेका छन् । त्यसपछि दुबै पक्षतर्फ सयौंको हत्या भएको छ ।

हुथीहरुलाई वार्तामा ल्याउनकालागि बिभिन्न प्रयासहरुपनि भैरहेका छन् । फ्रंस २४ न्युजका अनुसार मारिब त्यहाँको तेल समृद्ध क्षेत्र हो । यो क्षेत्रलाई नियन्त्रणमा लिन थालेपछि शान्ति वार्तामा हुथिसहरूको मोलतोल गर्ने स्थितिलाई सुदृढ पार्ने देखिन्छ ।

तर यो युद्धले मानवीय प्रकोपको समेत बढाएको छ । किनभने धेरै यमनवासीहरू देशको अन्य भागमा भएका युद्धबाट उम्कन त्यता भागेका थिए ।

यमनको अधिकारीहरूले एएफपीलाई बताए अनुसार सरकार समर्थक फौजले शहरको उत्तरी क्षेत्रमा भएको हुथीको आक्रमणलाई रोकिदियोको थियो । तर त्यस भिडन्तमा सोमबारदेखि ६३ जना विद्रोही र २७ सरकारका लडाकु (सेना) मारिएका छन् ।

केहि समयदेखि संयुक्त राष्ट्र संघ र अमेरिकाले दुबै पक्षबिच शान्ति वार्ता गराउन युद्धविरामको प्रयास गर्दै आएका थिए । यो प्रयास हुँदाहुँदै दुबै पक्षबाट भिडन्त हुन थालेपछि युद्धविरामको प्रयासलाई दखल पुगेको बताइएको छ ।

यमनमा सन् २०१४ मा हुथीहरुले राजधानी सानालाई आफ्नो कब्जामा लिएपछि युद्द भड्किएको थियो ।

यो लडाईले दशौं हजारको हत्या गरेको छ । र यमनका ८० प्रतिशतलाई बाहिरी सहयोगमा निर्भर बनाएको छ जसमा संयुक्त राष्ट्र संघले विश्वको सबैभन्दा खराब मानवीय संकट घोषणा गरेको छ ।

तपाइँको प्रतिक्रिया