शनिबार, वैशाख ८, २०८१

मोरिससका पूर्व राष्ट्रपती भ्रस्टाचारको आरोपमा जेल सजायँ

एएफपी२०७८ असार ९ गते १७:००

Credit-middle-east-online.com

मोरिससका पूर्व राष्ट्रपती मोहमद उल्द अब्देल अजिजलाई भ्रस्टाचार गरेको आरोपमा जेल सजायँ तोकिएको छ ।

भ्रष्टाचार अनुसन्धान गरिरहेका एक न्यायाधीशले उनलाई मंगलवार जेलमा हाल्ने आदेश दिको उनको पार्टी र अभियोजक (प्रोजिक्युटर्स) हरूले बताएका हुन् ।

एक अभियोजकले आफ्नो नाम नछाने सर्तमा बोल्दै पूर्व राष्ट्रपति पार्टीका प्रवक्ता डिजब्रिल औलद बिलालले कारण नखुलाई उनको नजरबन्द पुष्टि गरेका हुन् ।

मार्चमा मनी लाउन्डरिङ लगायतका आरोपहरू लगाइएपछि न्यायाधीशले अजिजको मुद्दाको छानबिन दुई पटक गरिसकेका छन्।

पूर्व नेता अजिजलाई नजरबन्दमा राखेको घोषणा गरेपछि उनले पुलिसकहाँ रिपोर्ट गर्न अस्वीकार गरेकाले यो कदम चालिएको हो ।

अजिजले सन् २००८ देखि २०१९ सम्म शासन गरेका थिए । त्यसपछि रूढिवादी पश्चिमी अफ्रिकी राज्यमा उनी पछि उनका दाहिने हात मानिने पूर्व रक्षामन्त्री मोहम्मद औलद चीख एल गाजौनीले शासन थालेका हुन् ।

पूर्व राष्ट्रपति अजिजले आफूलाई राजनीतिबाट टाढा राख्नको लागि सताइँदै गरेको आरोप लगाएका छन् । उनले जति दुख दिएपनि आफू निर्वाशनमा भने नजाने बताउँदै आएका छन् ।

६४ वर्षे उनी हप्तामा तीन पटक प्रहरीकहाँ हाजिर हुनुपर्थ्यो । राजधानी छोड्नु अघि प्रहरीको स्विक्रिति लिनुपर्ने बनाइएको थियो ।

तेलको राजस्व छलेको, राज्यको सम्पत्ति बिक्री गरेको, सार्वजनिक स्वामित्वमा रहेको खाद्य-आपूर्ति कम्पनीलाई निजात्मक रुपमा सक्रिय बनाउन थालिएको र चिनियाँ माछा मार्ने फर्मलाई स्विक्रिति दिएको लगायतका आर्थिक घोटालामा उनीमाथि संसदले अनुसन्धान गरिरहेको थियो ।

मार्चमा अनुसन्धानमा संलग्न एक राज्य अभियोजकले करिब ९० लाख ६० हजार युरो बराबरको नगद र सम्पत्ति अजिजबाट जफत गरिएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक