शनिबार, वैशाख ८, २०८१

एनआरएनए अफ्रिकाको अक्सिजन सिलिन्डर पर्सा जिल्लामा

नेपालप्लस प्रतिनिधी / पर्सागढी, पर्सा २०७८ असार ९ गते १७:५७

पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा रहेको पर्सागढी नगरपालिका वार्ड नम्बर ४ स्थित कोभिड अस्पताललाई एनआरएनए अफ्रिकाले अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरुको तर्फबाट संयुक्तरुपमा ति सामाग्रिहरु हस्तान्तरण गरिएको हो ।

पर्सागढी नगर पालिकाका मेयर लोकनारायण यादबलाई ति सामाग्रि हस्तान्तरण गरिएको एनआरएनए अफ्रिकाले जनाएको छ । उक्त सहयोग एनआरएनए नाइजेरियाका उपाध्यक्ष रोहित भाङ्गरले मेयर यादवलाई एहस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मेयर लोकनारायण यादवले मधेशको ग्रामीण क्षेत्रका जनताहरुलाई एनआरएनएले सम्झेकोमा हार्दिक धन्यवाद दिए । कार्यक्रम पर्सागढी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष समशुद्दिन साह देवानको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्वास्थ शाखा प्रमुख योगेन्द्र पञ्जियार, डा. रन्जन सिंह , उमेश शाह, वार्ड सदस्य शेख फैयज, अच्छेलाल यादव, अनिलकुमार तिवारी, सरिता घिमिरे र किर्ती अग्रवाल भाङ्गर लगायतको उपस्थिति थियो ।

एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाको संयोजनमा भएको यो अभियानमा एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्री, जाम्बिया, तान्जिनिया र नाइजेरिया एनसीसीहरुको साथै अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको आर्थिक सहयोग रहेको छ ।

एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियानले अहिलेसम्म बारा, पर्सा, चितवन, इलाम, पुर्व नवलपरासी, पश्चिम नवलपरासी, गुल्मी, स्याङ्जा, पाल्पा, अछाम, कैलाली, मुगु र जुम्ला जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्यकेन्द्रमा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ । यसपछि बिकट मानिएको सुदूरपस्चिम जिल्ला बाजुरामा सहयोग गर्ने एनआरएनए अफ्रिकाले जनाएको छ ।

संवन्धित समाचार

एनआरएनको साख राख्यो अफ्रिकाले

तपाइँको प्रतिक्रिया

फेसबुक