मंगलबार, वैशाख ११, २०८१

फ्रान्सभरि फैलिँदै डेल्टा भेरियन्ट, स्वास्थ्यकर्मीद्वारा चौथो लहरको चेतावनी

नेपालप्लस संवाददाता / पेरिस२०७८ असार १० गते २३:४०

भारतीय उत्परिवर्तित अर्थात् भारतीय स्वरुपको भनेर चिनिने डेल्टा कोरोना भाईरस फ्रान्सभरि फैलिँदै गएको छ ।

कोरोना भाईरसको महामारीले तिन पटकसम्म लकडाउन गर्नुपरेको फ्रान्समा डेल्टा भाईरस चौतर्फी फैलिन थालेपछि चौथो लहरको सामना गर्नुपर्ने खतरा बढ्दै गएको फ्रान्सका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्यकर्मीहरुका अनुसार पूर्व भारतीय उत्परिवर्तित रुपको भनेर चिनिने डेल्टा हाल फ्रान्सभरि फैलिईरहेको छ ।

के डेल्टा संस्करणले फ्रान्समा सन् २०२१ को ग्रीष्म ऋतुको अन्त्यमा चौथो महामारीको तरंग ल्याउँने छ ? सरकारले यसमा गम्भिर बहस नगरेपनि स्वास्थ्यकर्मीहरुले भने यसमा बहस तिब्र पारेका छन् । फ्रान्सेली स्वास्थ्यकर्मीहरुका अनुसार यो भाइरस धेरै यूरोपीय देशहरूमा सक्रिय रूपमा प्रसारित भैरहेको छ । मंगलबार जून १५ मा फ्रान्सेली स्वास्थ्य अधिकारीहरूले डरलाग्दो तथ्यांकहरू पत्ता लगाएका थिए । डेल्टा भेरियन्टले हाल फ्रान्समा कोविड १९ को संक्रमण मध्ये दुई देखि चार प्रतिशत प्रतिनिधित्व गर्दछ । वा प्रति दिन ५० देखि १५० नयाँ घटनाहरू फेला परिरहेका छन् ।

फ्रान्सको दक्षिण पस्चिममा पर्ने ल्याण्ड क्षेत्र डेल्टबाट विशेष गरी प्रभावित भएको छ । त्यहाँ सय भन्दा बढी डेल्टाबाट संक्रमित भएका छन् । संक्रमित मध्ये त्यहाँ ३० प्रतिशत डेल्टाले प्रतिनिधित्व गरेको छ ।

एआरएसनुवेल-अक्वीटेनका विभागीय प्रतिनिधि डिडिय कुतोलाई उल्लेख गर्दै एलसीआईले सार्वजनिक गरेको प्रेस नोटमा वर्णन गरेअनुसार ल्याण्डमा कोविड १९ का संक्रमित मध्ये ११४ जना डेल्टाबाट संक्रमित भएको किटान भैसकेको छ । त्यस्तै, १३४ जनापनि डेल्टाबाटै संक्रमित भएको संभावना छ ।

“हामीसँग परिणामहरूको केहि हिस्सा मात्रै छ । तर ९९ प्रतिशत घटनामा यो डेल्टा भेरियन्ट भएको बाहिर देखीईसकेको छ । डेल्टा संस्करण छिटो गतिशील देखिएको छ । तर हाम्रो विभाग (डिपार्टमेन्ट) मा सम्पूर्ण कोरोना संक्रमणतको संख्यामा भने कमी भएको अवस्था छ । यो भेरिएन्टले अरूलाई खान्छ” डिडियले भनेका छन् ।

त्यस बेलादेखि अवस्था झन झन खराब हुँदै गएको छ । डेल्टा भेरियन्ट ल्याडको सिमाना पार गरी फ्रान्सको चारैतिर सर्दै छ । फ्रान्सेली वैज्ञानिकहरूका अनुसार यो कुन हदसम्म प्रसार भैरहेको छ भन्ने जानकारिनै छैन । हाल अनुमान गरिएभन्दा यसको प्रभाव धेरै ठूलो हुनसक्ने अनुमान तिनको छ ।

सीएनआरएस, विकास अनुसन्धान संस्थान र मोँपलिए विश्वविद्यालय (हेरो) का वैज्ञानिकहरूले संयुक्त रूपमा यस भेरियन्ट बारेमा अनुसन्धान गरेका छन् । उनीहरूको अध्ययनका अनुसार जून २० मा पूर्व प्रकाशित र वैज्ञानिक समुदायले गर्ने समीक्षाको पर्खाइमा रहेको त्यस रिपोर्टमा जूनको मध्य सम्ममा राजधानी पेरिस शहर रहेको डिपार्टमेन्ट इल द फँसमा डेल्टा भेरियन्टको फ्रिक्वेन्सी १० प्रतिशतभन्दा बढी पुगेको हुनसक्छ । अन्वेषकहरूले डेल्टा भेरियन्ट अन्य उत्परिवर्तित (म्युन्टेन्ट) भाईरसहरू भन्दा ६७ देखि १२० प्रतिशत बढी संक्रमणकारि, फैलावटजन्य भएको बताएका छन् ।

यसैले गर्दा वैज्ञानिक समुदायले बेलायतको अवस्थालाई नजिकबाट हेरिरहेको छ । “ग्रेट ब्रिटेनमा अल्फा संस्करण [पूर्व-अंग्रेजी संस्करण] बेलायतमा फैलिएपछि फ्रान्समा पनि तिब्रतकासाथ देखापर्‍यो । सबभन्दा महत्त्वपूर्ण कुरा भनेको समय बित्दै जाँदा त्यसको क्रमिकविकास हेर्नु हो । र अन्य ठाउँमा के भइरहेको छ भनेर अवलोकन गर्नका लागि डेल्टा भेरियन्ट कसरी सेट हुन्छ भनेर जान्नुपनि हो” उनी भन्छन् ।

“हामीलाई थाहा छ कि डेल्टा भेरियन्टले संक्रमणको बहुमत भाग ओगट्छ” रेन स्कूल अफ पब्लिक हेल्थ स्टडिजका महामारी विशेषज्ञ जोनाथन रुले ल पारिजियँ अखबारसितको अन्तर्वार्तामा भनेका छन् ।

यसैले वैज्ञानिकहरू सेप्टेम्बरमा चौथो महामारीको लहर देखा पर्नसक्ने भन्दै डराएका छन् । तर ति अझै आशावादी छन् । किनभने डेल्टाको उपस्थिति अझै कमजोर रहेकाले यसलाई निस्तेज पार्न केहि कार्य गर्न सकिन्छ । हामीले अनुक्रम (सिक्वेन्सिङ), स्क्रीनिंग, अपस्ट्रीम र ट्रेसिङ गर्नै पर्दछ । संक्रमितहरुलाई प्रभावकारी ढंगले अलग्गै राख्नुपर्दछ” साँकेताँ अँ इभ्लिनको भेसाई विश्वविध्यालयका महामारी रोग विशेषज्ञ प्राध्यापक मामुद जुरेईक आफ्नो रिपोर्टमा भन्छन् ।

अन्वेषकहरूले यो भेरियन्टले ५० भन्दा कम उमेरका मानिसहरूलाई (दर्ता भएका घटना मध्ये ६३ प्रतिशत को मामिलामा) र कोरोनाको सुई नलगाएका मध्ये ६६ प्रतिशतमा डेल्टा संक्रमित भएको पाइएको छ । ती मध्ये १० प्रतिशले भने खोप दुई मात्रानै लगाएका थिए । खोप लगाएको १५ दिन भैसकेको भन्ने ति घटनामा पुष्टि भएन । डिडिय कुतो भन्छन् “त्यसैले भाइरस र यसको भेरियन्टहरू विरूद्ध खोपको ज्यादै महत्त्व छ । खोप तिब्र पारिनुपर्छ ।”

डेल्टाका लक्षण

डेल्टा संस्करण संक्रमित हुँदा टाउको दुख्ने, घाँटीको दुखाइ हुने, नाकबाट पातलो तरल पदार्थ बग्ने हुन्छ । ज्वरो आउने हुन्छ । त्यससँगै खोकी लाग्छ । गन्ध वा बासना थाहा पाइन्न । स्वादको मेसो पाउने क्रम घट्छ । प्रायजसो यो भाइरसले संक्रमितलाई नराम्रोसित चिसो भएको महसुस गराउँछ । यसैले संक्रमण भैसक्दापनि बिरामी व्यक्तिले रोग लागेको जस्तो महसुस गर्दैन र सक्रियले झैं क्रियाकलाप जारि राख्छ । यहि मेसोमा भाइरसले फैलावटको मौका लिँदै जान्छ ।

त्यसैले यदि शंका छ भने छिटो परिक्षण गर्नुपर्छ र परिणाम (रिजल्ट) आउन्जेल कुर्ने होइन कि त्यो पर्खिँदापनि आफूलाई अलग आइसोलेसनमा राखिहाल्नुपर्छ ।

तपाइँको प्रतिक्रिया