बिहीबार, चैत १५, २०८०

एन्टिभाईरसका अगुवा म्याकफी स्पेनको जेलमै मृत अवस्थामा

नेपालप्लस संवाददाता२०७८ असार ११ गते २२:५५

Source-siasat.com

स्पेनले अमेरिकी सरकारसमक्ष सुपुर्दगी गर्न राजी भएपछि एन्टिभाइरस अगुवा म्याकफी जेलमा मृत अवस्थामा भेटिएका छन् ।

स्पेनी उच्च अदालतले अमेरिकामा सुपुर्दगी गर्ने अधिकार पठाएपछि एन्टिभाइरसका निर्माता ७५ वर्षिय जोन म्याकफी बार्सिलोनाको जेल कारागारमा मृत भेटिएको क्याटालान प्रान्तको न्याय विभागले पुष्टि गरेको भन्दै एल मुन्डो अखबारले उल्लेख गरेको छ ।

‘यहाँ देखिएको सबै कुराले यो आत्महत्या हुनसक्ने देखिएको छ’ विभागले जारि गरेको एक विज्ञप्तिमा भनिएको छ ।

स्पेनको उच्च अदालतले उनलाई बुधबार अमेरिका सुपुर्दगी गर्न सहमति दिएको थियो । रोयटर्स न्युज एजेन्सीका अनुसार अमेरिकामा उनमाथि कर छली गरेको आरोप थियो ।

फ्रँस २४ न्युजका अनुसार उनलाई सन् २०२० को अक्टोबरमा बार्सिलोना एयरपोर्टमा पक्राऊ गरिएको थियो । म्याकफीले यस महिना सुपुर्दगी सुनुवाईको समयमा आफूमाथि लगाइएको आरोप राजनीतिकरुपले प्रेरित गरिएको बताएका थिए ।

उनले सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा लिबरटेरियन पार्टीको उम्मेद्वारको रूपमा कर छलीको रकम चलाउन खोजेको भनेर आन्तरिक राजस्व सेवाले आरोप लगाएको भनाई उनको थियो ।

न्याय विभागका नाथन मिसोडले ‘अमेरिकी टाइकुन जोन म्याकएफी उनको ‘ब्रायन २ पेनिटेन्ट्री सेन्टर’ मा रहेको सेलमा मृत भेटिएको र उनी ७५ वर्षका रहेको’ भन्दै ट्विटरमार्फत पुष्टि गरेका छन् ।

उनमाथि करिब दुई करोड अमेरिकी डलरको कर छली गरेको आरोप लगाइएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक