बिहीबार, वैशाख १३, २०८१

जर्मनीमा चक्कु आक्रमण : तिनको हत्या, थुप्रै घाईते

नेपालप्लस संवाददाता / जर्मनी२०७८ असार १२ गते १०:२०

Photo credit-.rtl.be

दक्षिणी जर्मनीको वुर्जवर्ग शहरमा शुक्रवार भएको आक्रमणमा कम्तिमा तिन व्यक्ति मारिनुका साथै अन्य धेरै घाइते भएका छन् । हताहती कति भए, घाईतेको संख्या कति हो र अवस्था के छ भन्ने अहिलेसम्म यकिन गरिएको छैन । यो आक्रमणमा नेपालीहरु कोहि नपरेको जर्मनीका नेपालीहरुले आफ्नो सामाजिक सन्जाल ट्विटर र फेसबुकमा उल्लेख गरेका छन् ।

फ्रँस २४ न्युजका अनुसार हमलाकारी अपराधीलाई हालसालै मनोचिकित्सक अस्पतालमा भर्ना गरिएको थियो । उसलाई प्रहरीले आफ्नो कब्जामा लिएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार उसले हमला गरेका बेला “अल्लाह अक्बर” भन्दै चिच्याएको थियो । वुर्जबर्गमा उसले हमला गरेको बेला डरलाग्दो अवस्था स्रिजना भएको थियो । मानिसहरु भागाभाग गरेका थिए । कोहि डरले चिच्याएका थिए ।

यो घटनामा नेपालीहरु नपरेको त्यहाँका नेपालीले उल्लेख गरेका छन् । जर्मनीको मुन्स्टर निवासी सुर्य तिवारीले आफ्नो फेसबूकमा उल्लेख गरेका छन् “आज वुर्जवर्ग सहरमा एक जना व्यक्तिले अन्धधुन्ध चक्कु प्रहार गरी करिब छ जना मरेको र धेरै घाईते भएको अपुष्ट खबर छ । यो नरसंहारले एउटा चिन्तित माहोल बनायो । यो घटनामाँ हाम्रा नेपाली कोही पनि पर्नु भएको छैन ।”

शुक्रबार, जुन २५ मा दक्षिणी जर्मनीको वुर्जबर्गमा भएको आक्रमणमा कम्तिमा तिन ब्यक्ति मारिएका छन् र अन्य पाँच जना गम्भिर रुपमा घाइते छन् । यो चक्कु आक्रमण २४ वर्षिय सोमालियन युवाले गरेको स्थानियले बताएको भन्दै एएफपीले उल्लेख गरेको छ ।

आक्रमणकारीले आक्रमण गरिरहेका बेला “अल्लाह अक्बर” (अल्लाह महान छ) भन्दै कराएको एक प्रत्यक्षदर्शीले एएफपीलाई बताएका छन् । तर उसको ब्यवहार अति अनौठो देखिएपछि उसलाई केहि समय मनोचिकित्सक अस्पताल भर्ना गरिएको बाभारिया क्षेत्रिय राज्यका ग्रिहमन्त्री जोआचिम हेर्मानले प्रेसलाई बताएका छन् ।

“प्रहरी छानबिनले यो घटना इस्लाम धर्मसँग सम्बन्धित छ वा आक्रमणकारीको मानसिक अवस्थासँग सम्बन्धित छ” भन्ने पत्ता लगाउनुपर्नेपनि ग्रिहमन्त्रीले बताएका छन् ।

सन् २०१५ मा जर्मनीमा एक आप्रवासीको रूपमा आएका आक्रमणकारी व्यक्तिले कुनै पनि हालतमा चरम क्रूरताको व्यवहार गर्दै सहरको बजारक्षेत्र र सानो बैंकको शाखामा नरसंहार गरेको ग्रिह मन्त्रीको भनाई छ ।

घाईते मध्ये केहिको अवस्था गम्भिर रहेको र आफूहरुले तिनकोलागि प्रार्थना गरिरहेकोसमेत जोआचिम हेर्मानले प्रेस मिटिङमा उल्लेख गरेका छन् ।

सामाजिक सन्जालमा राखिएका मध्ये एउटा भिडियोमा आक्रमणकारी भुइमा लडेको, प्रहरीले हतकडी लगाएको र वरिपरि रिसले चुर भएका मानिसहरुको भिड देखिन्छ ।

तपाइँको प्रतिक्रिया