बिहीबार, वैशाख ६, २०८१

बेलायतीहरुलाई युरोपेली मुलुक प्रवेशमा रोक लगाउने जर्मनीको प्रयास

नेपालप्लस संवाददाता२०७८ असार १४ गते ११:३१

जर्मनीले बेलायती यात्रुहरुलाई युरोपेली युनियन (ईयु) का सबै सदस्य देशहरुमा प्रवेशमा प्रतिबन्ध लगाउन खोजेको द टाईम्स मेगाजिनले उल्लेख गरेको छ ।

टाईम्सका अनुसार बेलायतीहरुले खोप लगाएपनि तिनलाई जर्मनीले ईयु प्रवेशमा रोक्न खोजेको हो ।

जर्मन चान्सलर एन्जेला मार्केलले बेलायतमा भारतीय उत्परिवर्तित डेल्टा भनेर चिनिने कोरोना भाईरस ज्यादै प्रशारित भएकाले बेलायतलाई “चिन्ताको देश” मान्दै तिनमाथि प्रतिबन्ध लगाउन चाहेकि हुन् ।

युरोपेली संघको एकीकृत राजनीतिक संकट प्रतिक्रिया समितिमा वरिष्ठ युरोपेली र राष्ट्रिय अधिकारीहरूले एन्जेला मार्केलको यो प्रस्तावलाई योजनाको बारेमा छलफल गर्ने छन् । तर उनको योजनामा ग्रीस, स्पेन, साइप्रस, माल्टा र पोर्तुगलले प्रतिरोध गर्ने टाईम्समा उल्लेख छ ।

जर्मन चान्सलर मार्केलले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसित चेकुयर्समा आगामी हप्ता भेटघाट गर्ने बताइएको छ ।

बेलायतले आगामी महिना देखि खोप पुरा लगाएका सम्पूर्ण व्यक्तिहरूलाई कोरोना भाईरसको उच्च जोखिम भएका बाहेक अन्य सबै देशहरूमा असीमित यात्रा गर्न अनुमति दिनको लागि योजनाहरू ल्याउने तयारि गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक