शुक्रबार, वैशाख १४, २०८१

डेल्टा भेटियन्ट फैलिँदै गएपछि अस्ट्रेलियामा आपतकालिन बैठक

नेपालप्लस संवाददाता२०७८ असार १४ गते १४:२४

(Photo by Niklas HALLE’N / AFP via japantimes.co.jp)

भारतीय स्वरुपको भनेर परिचित डेल्टा कोरोना भाईरस सुरक्षित भनिँदै आएको अष्ट्रेलियामापनि ब्यापक फैलिएपछि कोभिड १९ रेस्पोन्स टोलीको आज सोमवार आपतकालिन बैठक बसेको छ ।

डेल्टा भएरियन्टको संक्रमण तिब्ररुपमा फैलिएपछि यस अघि सिडनी शहरमा लकडाउन गरिसकिएको छ । अन्य भागमा कडा प्रतिबन्धहरु लगाइएको थियो । यति गर्दापनि डेल्टा भाइरस फैलिँदै गएपछि अष्ट्रेलियाको कोरोना भाईरस टोलीले आज आपतकालिन बैठक बसि केहि निर्णय गर्न लागेको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

हाल करिब एक करोड ८० लाख अष्ट्रेलियालीहरु वा ७० प्रतिशत नागरिक कि त लकडाउन वा कोरोना भाईरसबिरुद्दको कुनै न कुनै खाले तालाबन्दीमा छन् ।

कोरोना भाईरसको मूल स्वरुप प्रशारिस भएका बेला अष्ट्रेलियाले आफूलाई निकै सुरक्षित रहेको दाबी गर्दै आएपनि डेल्टा भेरियन्ट भने त्यहाँका लगभग सबै क्षेत्रमा फैलिईसकेको रोयटर्सको रिपोर्टमा छ ।

“मलाई लाग्छ कि हामी यस महामारीको नयाँ चरणमा प्रवेश गर्दैछौं । अधिक संक्रामक डेल्टा तनावको छ” संघीय कोषाध्यक्ष जोश फ्रिडनबर्गले सोमबार अष्ट्रेलियाली प्रसारण कर्पलाई भने “कोभिड १९ बिरूद्धको लडाईमा अस्ट्रेलियाले डरलाग्दो समयको सामना गरिरहेको छ ।”

प्रधानमन्त्री स्कट मोरिसनको अध्यक्षतामा रहेको राष्ट्रिय सुरक्षा समितिलाई आज सोमबार देशका प्रमुख मेडिकल अफिसरले कोरोना भाईरस र अन्य स्वास्थ्य स्थितिको बारेमा सबै जानकारी दिने कार्यक्रम छ ।

अस्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको शहर सिड्नीमा दुई हप्ता तालाबन्दी गरिएको थियो । उत्तरी शहर डार्विनमापनि दुई दिन पूर्ण रुपमा बन्द गरियो । अधिकारीहरूले डेल्टा भेरियन्ट प्रकोपलाई नियन्त्रणमा लिन यस्तो निर्णय गरेका हुन् ।

अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यले सोमबार राज्यको राजधानी ब्रिस्बेनलगायतका धेरै क्षेत्रहरूमा मास्क अनिवार्य गरेको थियो । केहि क्षेत्रमा मानिसहरु घरमै भेटघाट र भेला हुनपनि सीमित गरेको थियो । पश्चिमी अस्ट्रेलियाका अधिकारीहरूले राज्यको राजधानी पर्थका लागिपनि यस्तै कदम चालेका छन् । भिक्टोरिया राज्यको राजधानी मेलबोर्न र राष्ट्रिय राजधानी क्यानबेरामा पनि प्रतिबन्धहरू यथावत छन् ।

‘भर्जिन अस्ट्रेलिया’ को चालक दलका सदस्यले ब्रिस्बेन, मेलबोर्न र गोल्ड कोस्टमा पाँचवटा उडानमा काम गरेपछि ति संक्रमित बनेको र त्यसपछि सयौं यात्रुहरूको लागि स्वास्थ्य चेतावनी जारी गरेकोपनि फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

सिड्नी, न्यु साउथ वेल्स राज्यको राजधानीमा क्याफे, शपिंग सेन्टर र शहरभरि छरिएका सार्वजनिक यातायात मार्गलगायत दर्जनौं ठाउँहरूलाई भाइरस प्रशारित उच्च प्रभाव भएको स्थानका रूपमा परिभाषित गरिएको छ ।

अस्ट्रेलियाले अहिलेसम्म कोरोना भाईरससित लडाईमा अन्य विकसित देशले भन्दा राम्रो सफलता पाएको हो । हालसम्म त्यहाँ ३० हजार चार सय ५० जना संक्रमित र नौ सय १० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

तपाइँको प्रतिक्रिया