शुक्रबार, वैशाख ७, २०८१

‘छिटो निर्वाचनमा जानु घातक’ भन्दै स्विडेनका प्रधानमन्त्रीद्वारा राजिनामा

नेपालप्लस प्रतिनिधी / स्टकहोम, स्विडेन२०७८ असार १४ गते १५:५१

Photo Credit-salesground.org

आफ्नो नेतृत्वमा बहुमतका लागि निकै पटक वार्ता गरेपनि असफल भएपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफवेनले ‘छिटो निर्वाचनमा जानु घातक’ भन्दै आज सोमवाद प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् ।

साना दलहरुको समर्थन लिएर बहुमत पुर्‍याउन खोज्दा सहमती नजुटेपछि चाँडै चुनाव गराउने विकल्पलाई पहिलो प्राथमिकतामा नराखि सोमबार राजीनामा गरेका हुन् ।

एक हप्ता अगाडि उनले अबिश्वाशको मतको सामना गर्नुपरेको थियो । स्विडेनी प्रधानमन्त्री स्टेफन लोफवेनले जतिसक्दो निर्वाचन तोक्ने र आफू पदमा बसिरहने बिकल्पलाई नरोजी पदबाट राजिनामा दिएका हुन् । वार्ता र राजनीतिक अनिश्चितताको नयाँ चरण पार गर्दै आएका उनले तत्कालै निर्वाचन गराउने वा राजिनामा गर्ने दुई बिकल्प मध्ये दोस्रो बिकल्प रोजेका हुन् ।

स्वीडेनको संविधान अन्तर्गत संसदमा रहेका संभावित बिकल्पहरुमध्ये उपयुक्त ब्यक्तिलाई प्रधानमन्त्रीमा चुन्ने काम संसदका सभामुखको हो । सभामुखले राजिनामा दिएका प्रधानमन्त्री स्टेफन लोफवेनलाईनै पुन प्रधानमन्त्री नियुक्त गर्नपनि सक्छन् ।

“सामान्य चुनाव हुने समय अझै एक वर्ष बाँकि छ । देशले हाल भोगिरहेको असाधारण परिस्थितिलाई हेर्दा वर्तमान महामारी र विशेष चुनौतिको कारणले गर्दा यो प्रारम्भिक चुनाव देशका लागि उत्तम छैन । स्वीडेनका सामाजिक लोकतान्त्रिक नेता भनेरसमेत चिनिएका प्रधानमन्त्रीले प्रेस सम्मेलनमा भने ” मलाई विश्वास छैन कि स्विडेनी जनताले हाल चुनाव चाहान्छन् ।” उनले सन् २०२२ मा तय गरिए अनुरुपनै निर्वाचन हुनेपनि जनाए ।

संसदमा आफ्ना बिरुद्द अविश्वाशको मतको सामना गर्नुपर्ने स्थिति उत्पन्न भएपछि प्रधानमन्त्री स्टेफन लोफवेनले सात दिनसम्म सहमतीका लागि बिपक्षी दलहरुसित वार्ता प्रयास गरेका थिए । आफ्नो नेतृत्वमा सफल हुन उनी सकेनन् । नयाँ पक्षमा बहुमत खोज्ने प्रयास गरे । तर अन्तिम चरणमा त्यो बिकल्पपनि समाप्त भयो ।

त्यहाँको दक्षिणपन्थी, अतिवादी र वामपन्थी पार्टीले उनीसित अनेक माग राखेका थिए । केहिले कार्यकारि मूल्य र मान्यता भन्दै अनेक शर्त राखेका थिए । केहि पार्टीले उदारिकरणको परियोजना नत्यागेकाले उनको बिरुद्द देखिएका थिए । यि पार्टीले उनका बिरुद्द मत हाल्न अल्टिमेटनमनै दिएका छन् ।

अव्यवस्थित अवस्थाबाट बाहिर निस्कनको लागि आफ्नो प्रतिभाको लागि परिचित थिए प्रधानमन्त्री स्टेफन लोफवेन । यि सामाजिक लोकतान्त्रिक नेता यस पटक समाधानमा सफल भएनन् ।

मध्यमार्गी उल्ट क्रिस्टर्सनको नेतृत्वमा दक्षिणपन्थी (राईटिस्ट) पार्टीहरु मिलेका छन् । उनीहरु आप्रवाशीका मुद्दामा एक छन् र तिनको मिलोमतो बनेको छ । तर सरकार बन्ने गरि बहुमत प्राप्त गर्न केन्द्रमा उनीहरूलाई समर्थन गर्नेको अभाव हुनेछ ।

स्टीफन लोफवेनका सहयोगि मध्यमार्गी पार्टीका सहयोगी एनी लोफले वामपन्थी पार्टीपट्टि धेरै ठूलो भूमिका खेल्ने देखेका छैनन् । हालसम्म यसको एउटा सहयोगी सानो लिबरल पार्टीले अब दक्षिणपन्थी सरकारको लागि जोड गरिरहेको छ । धेरैको मिलोमतो हुनपनि असम्भव छ । साना पार्टी मिलेर सरकार बनाउने बहुमत पुग्नपनि मुस्किल छ ।

त्यसैले, नयाँ सरकार बनाउने प्रक्रिया ढिलो पनि हुन सक्छ । सभामुख (संसदका सभापतीपनि भन्न सकिने) एन्ड्रियास नोर्लेनले नयाँ प्रधानमन्त्रीको प्रस्ताव राख्नु अघि प्रत्येक दलसित परामर्श लिनुपर्छ । सन् २०१५ मा निर्वाचन पछि ११५ दिनमै यो प्रक्रिया भएको थियो । तर एन्ड्रियास नोर्लेन यस पटक त्यस्तो हुन नदिने आस्वाशन बाँडिरहेका छन् ।

“मलाई लाग्छ देश सकेसम्म छिटो राजनीतिक अनिश्चितताबाट बाहिर निस्कनु पर्छ” स्टेफन लोफवेनले सोमबार भने ।

संवैधानिक रूपमा सभामुखले क्रमिक रूपमा चार प्रस्तावहरू पेश गर्न सक्नेछन् । पूर्ण बहुमतले अवरुद्ध नगर्ने बिकल्प । त्यसकोलागि ११५ मत आवस्यक हुन्छ । यसो हुँदा सरकार यथावत रहन्छ । तर वर्तमान मामिलाहरूसँग व्यवहार गर्न सरकारको क्षमता भने पुग्दैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक