शुक्रबार, वैशाख १४, २०८१

‘एनआरएन द सिङ्गर’ उद्घाटनमै किचलो, तयारि न्युन

नेपालप्लस संवाददाता २०७८ असार १४ गते १८:१४

विश्वभरिका नेपाली भाषीहरुबिच गायन प्रतिभा पहिचान गर्न भन्दै गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’ उद्घाटनमै किचलो भएको छ । कार्यक्रममा एनआरएनएका आइसिसि सदस्यलेनै अपशब्द बोलेका छन् । तर एनआरएनए केन्द्रले यसमा अहिलेसम्म कुनै गम्भिर चासो र कारवाहिको चासो राखेको छैन ।

कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन भनिएपनि आइतवार इन्टरनेटको माध्यमले आयोजित कार्यक्रममा किचलो मच्चिएको थियो ।  तिनले अपशब्द प्रयोग गरेपनि हालसम्म एनआरएनएले गम्भिर रुपमा नलिएको भन्दै केहि मेडियाकर्मीहरु आक्रोशित बनेका छन् ।

कार्यक्रम शुरु गर्न भनेर वरिष्ठ संगितज्ञ शम्भुजित वास्कोटा, निर्णायक शम्भु राई, एनआरएनएका पूर्व अध्यक्ष तथा निर्णायक मण्डलका एक सदस्य जीवा लामिछाने, एनआरएनए भाषा, संस्क्रिति तथा सम्पदा समितिका संयोजक हिकमत थापा लगायतका ब्यक्तिहरुलाई कार्यक्रम उद्घाटनका प्रमुख अतिथि एनआरएनए अध्यक्ष कुमार पन्तले एक घण्टा भन्दा बढि कुराएपछि कार्यक्रम शुरुमै फितलो बनेको थियो । कार्यक्रम उद्घाटनमै बेवास्ता गरेको जस्तो महसुस गरेपछि वरिष्ठ संगितज्ञ शम्भुजित वास्कोटाले तिक्तता पोखेका थिए ।

कार्यक्रम उद्घाटन तोकिएको समयभन्दा एक घण्टा भन्दा बढि लम्बिँदापनि कुमार पन्त नआएपछि त्यहाँ कविता बाचन शुरु भएको थियो । त्यहाँ एक पछि अर्को गर्दै कविता बाचन शुरु गरिएको थियो । हल एनआरएनए ‘एनआरएन द सिङ्गर’को उद्घाटन भन्दापनि कविता वाचन सभा जस्तो देखिएको थियो ।

उद्घाटनमा प्रेस मिट भनिएपनि त्यो प्रेस मिट जस्तो थिएन । प्रेस मिट भनिएपनि आयोजकले एउटा प्रेस बिज्ञप्तीसमेत जारि गर्न सकेनन् ।

कार्यक्रममा जर्मनीका एक नेपालीले कार्यक्रम आयोजक, पत्रकार र उपस्थितहरुलाई अपहेलना गर्दै एनआरएनएको यो कार्यक्रमको खरो आलोचना गरेका थिए । कार्यक्रममा अनपेक्षित प्रस्तुति ब्यहोर्नुपरेको भन्दै आयोजकका तर्फबाट माफि मागिएको थियो ।

एनआरएनए भाषा, संस्क्रिति तथा सम्पदा समितिका संयोजक हिकमत थापाले कार्यक्रममा केहि कमजोरी देखिएपनि त्यसलाई सुधार्दै लैजाने नेपालप्लसलाई बताए । उनले प्रवाशमा धेरै नेपाली प्रतिबहहरु रहेको, बिदेशमा सिंगो नेपाल नै रहेको र त्यसभित्र नेपाली भाषा, साहित्य र संस्कृति को महत्व र वैबह्व केलाउन यो कार्यक्रम महत्वपूर्ण हुने बताए ।

कार्यक्रम उद्घाटनको समय बितेको एक घण्टाभन्दा पछि आएका एनआरएनए अध्यक्ष कुमार पन्तले उद्घाटनका क्रममा ‘एन आर एन ए द सिंगर कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभालाइ प्रस्फुटित गर्ने, गायक क्षेत्रका प्रतिभाशाली ब्यक्तिहरुको खोजीका लागि महत्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको बताए ।

कार्यक्रममा भद्रगोल मच्चिएपनि यो कार्यक्रम आयोजक समिति एनआरएनए संस्कृति तथा सम्पदा उप-समितिका संयोजक गोविन्द प्रसाद गौतमले यो प्रतियोगिता अन्तराष्ट्रिय स्तरको हुने दाबि गरे ।

यो प्रतिस्पर्धामा आएका गितहरुलाई पूर्व मूल्यांकन गरी निर्णायकबाट सुनेर छानिएका केहि गित नेपाली टेलिभीजनबाट पनि प्रसारण हुने बताइएको छ ।

गौतमले प्रतियोगिताका केही भागहरु नेपालमा पनि हुने बताए । उनका अनुसार केहि भाग भर्चुअल वा इन्टरनेटबाट गर्ने र केहि भौतिक रुपमै उपस्थित गराएर आयोजना गरिने छ ।

वरिष्ठ संगितकार शम्भुजीत बास्कोटाले सबै नेपालीको साथ, सहयोग र उर्जाबाट एनआरएनएको यो ऐतिहासिक सांगीतिक कार्यक्रम सफल हुने विश्वास व्यक्त्त गरेका थिए ।

प्रवाशमा रहेका नेपालीभाषीहरुको स्वर, गायन प्रतिभा र गितसंगित प्रतिको खोजि र त्यस्ता प्रतिभाहरुको पहिचान गर्ने मुख्य उद्देश्यले ‘एनआरएन द सिङ्गर’ सुरू गरेको आयोजकहरुको भनाई छ ।

एनआरएनए द सिंगर मार्फत प्रथम हुनेलाई १५ लाख रुपैयाँ, द्वीतीय हुनेलाई ७ लाख रुपैयाँ र तृतीय हुनेलाई ४ लाख रुपैयाँ तोकिएको आयोजकहरुले सार्वजनिक गरेका छन् ।

तर केहि विश्लेषकहरुले भने कार्यक्रम जयदै महत्वाकांक्षी घोषणा गरिएको, कार्यक्रमको स्वरुप अनुरुप तयारि नगण्य रहेको, ब्यवस्थापनको पाटो कमजोर रहेको, अन्तर्राष्ट्रिय स्तरको भनिएपनि त्यो स्तर पुग्ने ब्यवस्थापन भने नदेखिएको, पुरस्कारको राशी ठूलो देखाएर अन्य बिधामा ध्यान नदिएको भन्दै आलोचना गरेका छन् ।

‘एनआरएनए द सिंगर’ कार्यक्रम एनआरएनएको संस्थागत भएकाले यसको प्रत्यक्ष प्रशारण एनआरएनएकै फेसबूक वा वेभसाईटबाट गरि सबै मेडियालाई एकै साथ पहुँच दिनुको साटो एनआरएनएको केन्द्रिय समितिमा रहेका, केन्द्रिय समितिमा पहुँच पुगेका केहि निकट ब्यक्तिको मेडियामार्फत सबैभन्दा पहिले प्रत्यक्ष प्रशारण गर्न दिनु, सार्वजनिक गरिनुलाईपनि केहि मेडियाकर्मीहरुले आपत्ती जनाएका छन् ।

यता एनआरएनए द सिंगर नामको यो कार्यक्रम घोषणा भएपनि अर्को तर्फ एनआरएनए मध्यपूर्वले अर्को गायन प्रतिस्पर्धा गरिरहेको छ । मध्यपूर्वका एनआरएनएहरुले केहि महिना अघि शुरु गरेको अर्को गायन प्रतिस्पर्धा अहिलेसम्म चलिरहेको छ ।

एनआरएनएले उस्तै प्रक्रिया, उहि बिधाका कार्यक्रमहरु किन सन्चालन गरेको हो भन्ने प्रश्नपनि धेरैले उठाएका छन् । मध्यपूर्वबाट सन्चालन भैरहेको कार्यक्रमको समापन नहुँदै र उक्त कार्यक्रम चलिरहेकै बेला एनआरएनए द सिंगर भन्ने अर्को महत्वाकांक्षी कार्यक्रम यहि बेला किन घोषणा गरिएको हो भन्ने चासोपनि धेरैको छ ।

तपाइँको प्रतिक्रिया