शुक्रबार, वैशाख १४, २०८१

फ्रान्सलाई हराएको उपलक्ष्यमा स्विजरल्याण्डभरि दुई दिनसम्म उत्सव

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ असार १६ गते १५:४३

Photo Credit-swissinfo.ch

युरोकप च्याम्पियनसिपमा स्विजरल्याण्डले फ्रान्सलाई हराएपछिको खुशियालीमा सोमवारदेखि मंगलवार रातीसम्म स्विजरल्याण्डभरि नाचगान र रमाईलोसित उत्सव मनाएका छन् ।

स्विस राष्ट्रिय फुटबल टोलीले फ्रान्स विरुद्ध नाटकीयरुपमा सन् १९५४ पछि पहिलो पटक जीत हाँसिल गर्दै ठूलो प्रतियोगिताको क्वार्टर फाइनल पुगेको थियो ।

दुबै पक्षले १२० मिनेटसम्मको प्रत्यक्ष खेलमा तीनका बिरुद्द तिन गोल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टीमा विश्व चेम्पियन फ्रान्सलाई चारका बिरुद्द पाँच गोलले हराएको थियो ।

यूरोपीयन फुटबल च्याम्पियनशिप (यूरो २०२०) को अन्तिम १६ चरणमा सोमबार रातको जीतले स्विस नागरिकहरुलाई देशभर उत्सव मनाउन प्रेरित गरेको थियो । सोमवार साँझ स्विजरल्याण्डका हरेक शहरमा नाचगान, खानपिनसहित उत्शब मनाएका थिए । त्यो उत्शव मंगल साँझसम्म जारिरहेको थियो ।

फ्रान्ससितको खेलमा जितेपछि स्विसहरुले देशभरिनै अनेकतरिकाले उत्शव मनाएका थिए । बार, रेस्टुरेन्ट, पवहरु सबै भरिराउ थिए । ‘फ्रान्सेलीहरुलाई बल्ल हराइयो’, ‘स्विस इज स्विस’, अब स्विस जाग्यो’, ‘युरो कप हाम्रै हातमा अब’ लगायतका गफ र चिच्याहट उत्शवमा खुबै जमेको थियो । स्विजल्याण्डका भित्रि गाउँका साना रेस्टुरेन्ट र पसलसमेत भरिभराउ थिए ।

“गत रात हामीले स्विजरल्याण्डको प्रत्येक शहरमा हर्षको एउटा विस्फोटन देख्यौं” ल तँ अखबारले अनलाईनमा राखेको लिंकमा एक स्थानियलाई उल्लेख गर्दै भनिएको छ “राष्ट्रिय फुटबल टीमको ऐतिहासिक जीतले एक देशलाई खुशीमा भुलाईदिएको छ ।”

नुवे जुर्चर जेइटुंग अखबारले ६७ वर्षसम्म युरो वा विश्वकप मध्ये अन्तिम आठका लागि क्वालिफाई हुन भएको असफलतापछि हाल सफल भएकोमा स्विसहरुलाई ऐतिहासिक खुशियाली दिएको उल्लेख गरेको छ ।

रोमानियाको बुखारेस्ट शहरस्थित रंगशालामा खेल सुरु गरेपनि स्विट्जरल्यान्डले प्रारम्भिक चरणमा अग्रसरता लिएको थियो । पछि फ्रान्सले तिन गोल गरेपछि स्विससित एकका बिरुद्द तिन गोल भएको थियो ।

पछिल्ला दस मिनेटमा दुई स्विस स्ट्राइकरले म्याचलाई अतिरिक्त समयमा बराबरी बनाइदिए । त्यसपछि पेनाल्टी प्रहारमा फ्रान्सले एक गोल गुमाएपछि स्विजरल्याण्डको जित सुनिस्चित बन्यो । अर्थात् स्विजरल्याण्डले पेनाल्टी हानेका पाँच सुटनै गोलमा परिणत गरिदियो । फ्रान्सका टप खेलाडी एमबापेले हानेको पेनाल्टी प्रहारलाई स्विस गोल किपर यान सोमेरले असफल पारिदिएपछि स्विजरल्याण्डको जित सुनिस्चित बनेको थियो ।

तपाइँको प्रतिक्रिया