शनिबार, वैशाख ८, २०८१

अमेरिकाद्वारा स्विस बैंकहरुबाट आफ्ना नागरिकको तथ्यांक माग

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ असार १६ गते १६:३९

स्विस बैंकमा सम्पती राखेका आफ्ना नागरिकहरुको पुरा तथ्यांक उपलब्ध गराउन अमेरिकाले स्विस बैंक समक्ष माग गरेको छ ।

आफ्ना बैंका खाता खोल्ने अमेरिकी नागरिकको पुरा बिवरण नदिई स्विस बैंकहरुले केहि जानकारि मात्रै दिएपछि अमेरिकाले स्विस बैंकहरुलाई अमेरिकी नागरिकहरुद्वारा खोलिएका ग्राहक खाताहरुको पूरा विवरण खुलाउन आफ्नो अनुरोध पठाएको हो ।

अमेरिकाको यो ताकेतापछि स्विजरल्याण्डको संघीय कर प्रशासन (फेडरल ट्याक्स एडमिनिस्ट्रेसन) ले सोमबार बैंकहरू, अन्य आर्थिक कारोबारका फर्महरू र बीमा कम्पनीहरूको सूची प्रकाशित गरेको छ ।

यो तथाकथित विदेशी खाता कर अनुपालन ऐन (एफएटिसिए = फ्याक्टा) अन्तर्गत गत डिसेम्बर पछि आन्तरिक राजस्व सेवा (आइआरएस) ले थप जानकारि माग्ने अमेरिकी प्रशासनिक अनुरोध पछि चौथो अपडेट गरिएको हो ।

स्विजरल्याण्डमा आफ्नो लगानी किन लगिएको हो, स्विस बैंकमा किन खाता खोलिएको भन्नेबारे आन्तरिक राजस्व बिभागमा अमेरिकी नागरिकहरुले आफ्नो तथ्यांक बुझाउन अब २० दिन मात्रै बाँकि छ । स्विस अधिकारीहरुले अन्तिम चरणको सूची प्रकाशित गर्न बाँकि रहेको संघिय आयकर प्रशासनले बताएको भन्दै स्विस इन्फोले जनाएको छ ।

अमेरिका र स्विजरल्याण्डबीच बिदेशी कर अनुपालन ऐन (फाट्का) को कार्यान्वयन सरल बनाउन सहयोग गर्ने उद्देश्यले सन् २०१४ मा सम्झौता भएको थियो । यो संझौता अनुसार एक अर्काको देशका नागरिकले खोलेको बैंक खाता र अन्य लगानीको सूची उपलबन्ध गराउनुपर्छ ।

यहि सम्झौता अन्तर्गत स्विस वित्तीय संस्थानहरुले सम्बन्धित अमेरिकी ग्राहकहरुको खाता विवरण तथ्यांक अमेरिकी कर अधिकारीहरुलाई प्रत्यक्षरुपमा खुलासा गरिदिन्छन् ।

“अमेरिकी ग्राहकहरूले आफ्नो सहमति दिन अस्वीकार गरेको खण्डमा अमेरिकाले यो डाटा सामान्य प्रशासनिक सहायता च्यानल मार्फत अनुरोध गर्नुपर्दछ” अन्तर्राष्ट्रिय वित्त बाह्य लिंकको लागि राज्य सचिवालयले किस्टोन न्युजसित भनेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक