शुक्रबार, वैशाख ७, २०८१

कहाँ पुग्यो राष्ट्रपतिको पत्र ? ‘न जवाफ आयो, न खोप’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असार १६ गते १८:२५

Creadit-The Kathmandu Post

अरु योगदानहरु भन्दा ‘जनताको बहुदलीय जनवाद’ नारा लिएर उदाएका कमरेड मदन भण्डारीकी श्रीमती भएकै हैसियतमा छाएकी बिद्यादेवी भण्डारीका कारण नेपाली राजनीतिमा छाएको अन्यौल र सन्नाटाको हिसाबकिताब आफ्नो ठाउँमा होला । तर, ‘थपना’ राष्ट्रपतिकै हैसियतमा बेलायत, अमेरिका, रुस, भारत, चीन लगायतका मुलुकमा पत्र लेख्दै कोरोना भ्याक्सिन मगाएर पनि कतैबाट ‘सुनुवाइ’ नभैरहेको अवस्था के होला ?

‘राष्ट्रपति कार्यालयबाट पत्र आएको हो तर, बेलायती पद्धतीमा त्यो पत्र दर्ज गराउन र बेलायती महारानीलाई त्यसबारे अवगत गराउनै मुश्किलप्राय छ,’लण्डनस्थित नेपाली दूतावासका एक अधिकारीले नेपालप्लससँग भने—‘स्वभावत : यहाँ पनि बिद्यादेवी भण्डारी कार्यकारी राष्ट्रपति अथवा थपना राष्ट्रपति भनेर सोधिने अवस्था छ । हामी जवाफहीन छौं ।’ यसकारण पनि नेपालकी राष्ट्रपति भण्डारीले कोरोना खोप उपलब्ध गराउन बिन्ती गर्दै लेखिएको पत्र ‘डष्टबिन’मा गएको छ भन्नुपर्ने स्थिती उब्जिएको ती कुटनीतिक अधिकारीले बताए ।

राष्ट्रपति भण्डारीले आफ्ना सूचना–संचार र कुटनीतिक सल्लाहकार टीका ढकालको परामर्शमा बेलायत मात्रै होइन, अमेरिकी र अन्य शक्ति राष्ट्रका समकक्षीलाई पनि पत्र काटिन् । तर, त्यसमा अर्थभन्दा अनर्थ रह्यो । हाल रुसको मस्कोमा नेपाली राजदूत नरहेको अवस्थामा राष्ट्रपति भण्डारीले पठाएको अनुरोध पत्र ‘रेसिप्रोसिटी’ अभावमा मस्कोस्थित नेपाली दूतावासको पत्र फाइलमैं लट्किएको छ भने भारतमा राष्ट्रपति रामनाथ कोविडलाई पठाइएको पत्र पनि ‘पत्र प्राप्त भयो, नोटेड’ अवस्थाबाट अघि बढेको छैन ।

राष्ट्रपति भण्डारीले पत्र पठाउनासाथै चीनबाट केही कोरोना भ्याक्सिन आएपछि राष्ट्रपति कार्यालयका प्रवक्ता टीका ढकालले निकै ‘ओजे’ भएर यताबाट पठाइएको पत्रकै कारण खोप आएको भन्दै दावी पेश गरे । तर, त्यो दावी केही घण्टा पनि टिक्न पाएन ।

अमेरिकी राष्ट्रपति जाृन बाइडेनले पनि त्यही बखत एशियाली तथा अफ्रिकी मुलुकम ७० करोड भाइल कोरोना भ्याक्सिन दिन लागिएको बताएपछि उनै प्रवक्ता टीका डकालले ‘हामीकहाँ ५० लाख भ्याक्सिन अमेरिकाबाट आउने र, यो राष्ट्रपति भण्डारीको पत्रकै कारण आउन लागेको’ भन्दै ट्वीटरबाट घोषणा सुनाए । तर, यो घोषणा पनि गलत सावित भयो जसमा ढकालले माफी माग्नुपर्यो ।

उसोभए कहाँ छ त राष्ट्रपतिको अनुरोध पत्र ? परराष्ट्र मन्त्रालयका एक सहसचिव भन्छन्— पत्र सम्बद्ध मुलुकको नेपाली दुतावासको डष्टबिनमैं होला ।

यतिसम्म कि भारतीय राष्ट्रपतिलाई पत्र पठाएर अब लाखौंको संख्यामा खोप आइहाल्छ भनेर जेजसरी हौवा फैलाइएको थियो, त्यो पनि सेलाएको स्थिती छ । कतिसम्म् भने १० लाख भाइल खोप किन्न पैसा बुझाएर पनि भारतको सेरम इन्स्टिच्युटले खोप उपलब्ध गराउन मानिरहेको छैन । केन्द्रको अनुमती नभैकन खोप दिन नसकिने भनेर एउटा प्राइभेट इन्स्टिच्युटले दिइरहेको धाक–धम्कीका सामु दिल्लीमा रहेको नेपाली दूतावास लाचार देखिएको छ भने राष्ट्रपतिको पत्रले गरोस् के ? ‘यसकारण थपना राष्ट्रपतिले आफ्नै हैसियतमा रहनु उपयुक्त हुन्छ, कार्यकारी बन्न खोजेर केही नापिनेवाला छैन,’ परराष्ट्रमा बैदेशिक सहयोग समन्वयमा कार्यरत एक उपसचिवको भनाई छ ।

अहिले आएको तथ्यांकमा कुल जनसंख्याको झण्डै अढाइ प्रतिशत नेपालीले कोरोनाको ‘डबल डोज’ लगाएको तथ्यांक छ । जबकि बिश्व स्वास्थ्य संगठनको अनुसन्धानमा यो अनुपात कम्तीमा कुल जनसंख्याको ४० प्रतिशत पुग्नैपर्छ । कोरोना संक्रमणका कारण समयमा भ्याक्सिन र उचित उपचार नपाएरै बितेको ६ महिनामा ६ हजार नेपालीको निधन भैसकेको छ ! संक्रमितहरुको यकिन तथ्यांक न त सरकारसँग छ न त सम्बन्धित निकायसँग छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक