सोमबार, मंसिर १३, २०७८

सभ्यता र नागरिक अधिकार अन्त्यका केहि संकेत

उमाईर हाक२०७८ असार २३ गते १३:१२

के तपाई गम्भिरतापूर्वक सोच्नुहुन्न सभ्यता पतन हुँदै गैरहेको छ भनेर ? पतन हुँदै गरेको सभ्यता कस्तो हुन्छ ? सभ्यता भत्किँदै छ भन्ने संकेत कस्ता हुन्छन् ? साथी, एउटा बियर लिँदै सोचौं । किनकि आजकाल मलाई यस्तो प्रश्न धेरैले गर्छन् । कहिलेकाहिँ रिसले चुर भएर सोधिन्छ । कतै मजाको रुपमा । कहिलेकाहिँ यो पागल हो र यसैलाइ सोधौं जस्तो गरेर । कसैले गम्भिरतापूर्वकपनि सोध्छन् । मैले आफूले सक्नेजति कोसिस गर्छु । खासमा मेरो भनाई यस्तो हुन्छ-

‘सभ्यता पतन भन्दा तपाई खासमा कस्तो बुझ्नुहुन्छ ? यो वैज्ञानिक औपन्यासिक जस्तो लाग्ने शब्द झन झन बढि बढि सुन्दै जानुभएको होला । अत्यधिक चिन्तित र व्यर्थ व्यक्तिहरू जस्तै म जस्ताबाट धेरै सुन्नुभएको होला । तर यो उपन्यास जस्तो लाग्ने शब्द भएपनि यो उपन्यास जस्तो कल्पित रहेन । वास्तविकता कल्पित कथा जस्तो भएको छ ।

उसो भए अहिले सभ्यता कस्तो देखिन्छ ? हो सभ्यता अब पतन हुँदै गएको छ । तर एक सभ्य पतन जस्तो देखिन्छ । र यो पहिले देखि नै शुरू हुन थालेको छ । अमेरिका, चीन, भारत, अष्ट्रेलिया, बेलायत – यो सबै ठाउँमा हुँदैछ पतन । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, र पारिस्थितिक सबै क्षेत्रमा । तपाइँ र म के सोच्छौं भने जिवन पछि फर्किन्न । तर हामी धेरैजसो त्यतैतिर गएका छौं । अझै जाने छौं ।

अरबपतिहरू महामारीको समयमा समृद्ध हुँदैछन् जसले सजिलै विश्वभरि खोप भुक्तान गर्न सक्दछन् । तर त्यसो गर्न एउटा औंलापनि उचाल्दैनन् ।

बितेका केहि वर्ष सभ्यता पतन भयो । कम्तिमा यसको सुरुवात भयो । हाम्रो राष्ट्रवाद, स्वार्थ र असक्षमताले एउटा विश्वव्यापी महामारी अझ नराम्रो बनायो । अमेरिकाको फासीवादी राजनीतिक आन्दोलन जसले सुस्त हुने कुनै संकेत देखाउँदैन । एक श्रमिक वर्ग जसले प्रजातन्त्रलाई अस्वीकार गरेको जस्तो देखिन्छ । लगभग विश्वव्यापीरुपमै देखिन्छ त्यो । चिनमा एक करोड अथवा तिन करोड कसलाई थाह छ कति भनेर ? ति यातना शिविरमा छन् । अरबपतिहरू महामारीको समयमा समृद्ध हुँदैछन् जसले सजिलै विश्वभरि खोप भुक्तान गर्न सक्दछन् । तर त्यसो गर्न एउटा औंलापनि उचाल्दैनन् ।

के मैले अझै अगाडि बढेर बताउनुपर्‍यो ? बाढी, आगलागी, अनिकाल, हत्या, अराजकता, कट्टरपन्थी, अन्याय, मानवता विरुद्ध अपराध, अन्धविश्वास, चरमपन्थ, सही बनाउन खोज्ने प्रयास, विपत्ति, शक्तिहीनता, निराशा, मौन, जटिलता । सभ्यता पतनका केहि संक्षिप्त विशेषताहरु हुन् । र अहिलेपनि यो जारि छ ।

सबै भत्किरहेको छ । यदि यो सत्य नभएको भए यो कुरा हास्यास्पद हुने थियो । तसर्थ, प्रायः हामी यससँग जुधिरहेका छैनौं । हामी उखानटुक्काका भाँडोमा गँगटा जस्ता छौं । तापक्रम बढ्दै छ। त्यसमा वास्ता छैन । तर मैले नयाँ शाही बच्चाको बारेमा अरू सबै कुरा भन्दा बढी ट्विटहरु देख्छु । अरबौं मानिस जसले कोविड खोपमा पहुँच गर्न सक्दछन् यदि उनीहरूले सहयोग गर्न चाहेर तिनसित भएको अलिकति अंश पनि दिए भनेपनि । तर गर्दैनन् ।

तथ्य यो छ कि सम्पूर्ण विश्वलाई खोप नलगाएसम्म हामी कोविडको नयाँ स्ट्रिन (उत्परिवर्तन) हरू प्रजनन गर्छौं । डेल्टा भेरियन्ट खोप पचाउन सक्ने वा खोप प्रतिरोधी हो ? २४ घण्टामानै हामी यस्ता कुरा बिर्सन्छौं । किनकि हामी हार्दिकतापूर्वकनै बकवासको धेरै तहमा लपेटिएका छौं । सेलिब्रेटी, घोटाला, षड्यन्त्र, आक्रोश – तिनीहरूलाई पत्ता लगाउन कताबाट शुरु गर्ने भन्नेपनि गाह्रो छ ।

किन हामी आफ्नो टाउको बालुवामा गाड्दै छौं । कारण अचम्मको छैन ? यो बिचार वास्तवमै सुखद होइन । विशेष गरी जब प्रायः हामी हाम्रो समाज, जीवनशैली, अर्थव्यवस्थाको पतनबाट बच्नको लागि पहिले नै व्यस्त छौं । र त्यो भयानक छ ।

भत्किनु, पतन हुनु भनेको हामीले सास फेर्ने हावा जस्तै हो । त्यसैले हामी सधैं चिन्ता, निराशा, आघातमा बाँचिरहेका छौं । त्यो बोझ कसले थप्न चाहन्छ ? घैंटा भित्रको गँगटोसित खेल्न जाने त्यो बकवास काममा जाने फूर्सद कसलाई छ ?

विश्वको धनी जो सुपर धनी बने तिनैले सबै लाभहरू कब्जा गरेका छन् । त्यसले ग्रह बचाउने दिशामा सबैलाई पूँजीरहित बनाएर छोडेको छ । यसको मतलव जलवायु परिवर्तनको नराम्रो परिदृश्यहरू जुन सुधार्नुपर्ने हो तिन्मा चाबी लागेको छ । त्यसपछि निम्तिएको वातावरणिय समस्याले गर्दा विश्वव्यापी रूपमा व्यापक आप्रवासको समस्या निम्तिन्छ । हताश मानिसहरू थातथलोबाटै पलायन हुन्छन् । ति नयाँ फासिस्ट समाजहरूमा पुग्छन् ।

हरेक रात तपाई अनेक थरि बिल कसरि तिर्ने भनेर तर्सिनुपर्छ । बिरामी भएँ भने केले तिर्ने ? अस्पतालमा के गर्ने ? बालबचेरा विरामी भए कसरि तिर्ने ? कति लाग्ला ? यसपछि भावनात्मक र संज्ञानात्मक जालोले जेल्छ । संसारको दुर्दशालाई कसले हेर्छ ? कोही पनि छैन त्यो हेर्ने ।

त्यसैले हामी गर्दैनौं । तर मलाई लाग्छ कि हामीले यसलाई समाधान गर्नुपर्छ । किनभने यो अनौंठो, यथार्थपरक मामला हो, सभ्यता पतन भनेको । प्रत्येक शीर्षकको पछाडि कथा हुन्छ । हरेक आधा ब्याख्या गरिएका कथा भित्रको सत्यता । सबै अन्तहीन डिस्टोपियन समाचारहरूको उत्कृष्ट विषयवस्तु । त्यसैले हामीले यसको समाधानकालागि शुरु गर्नुपर्छ । सुस्त, सुस्त, बिस्तारै, बिस्तारै आफूलाई यस भित्र छिराउनुपर्छ र भित्र जानको निम्ति समय लिनुपर्छ । सामर्थ्यकोलागि एक अर्कालाई समातेर पनि वा एकिक्रित भएरपनि गर्नुपर्छ ।

गहिरो अर्थमा सभ्यता पतनको अर्थ के हो ? यसको मतलव तीन प्रकारका अन्तर्विवाहित वा एक अर्कामा समाहित भएका विषय ढल्छन् । आर्थिक, पर्यावरणीय र सामाजिक । र ती पहिले नै हामी माथि छन् । तितो सत्य यो हो कि ति गिरावट भएका छन् । गिरावट भएका ती रूपहरू यहाँ रहेका छन् । र तिनीहरू जादुगरि रूपमा आफूलाई सुधार्न जाँदैनन् वा कुनै पनि समय चाँडै अझ राम्रो हुनेपक्षमा छैन् ।

पारिस्थितिक पतनकै कुरो गरौं । गम्भीर मौसम परिवर्तन पहिलेनै समस्या बनिसकेको छ । मानवजातिले २ देखि ४ डिग्री बीचको वृद्धि समेत रोक्ने सक्ने देखिन्न । वा रोक्न चाहेको छैन । यो सामान्य लाग्न सक्छ । तर यो खराब छ । दैनिक परिणामहरू के हुन हुनसक्छ तपाईं जस्तो जो कोहीको लागि ? तपाई विश्वभरि के हेर्नुहुन्छ । मौसम घटनाहरू यति विपत्तिजनक हुन्छ कि तिनीहरूलाई नयाँ नामहरू दिनुपर्ने भैसक्यो । जस्तो मेगाफायरहरू, द रेड स्काई (रातो आकाश), मेगाफ्लड, मेगा टाईफुन के के हो के के । यो सँगै अनिकाल र विपत्तिहरू आउँदछन् । यसले सबै विनाश ल्याउँदछ। सामूहिक रुपमा हुने बसाईसराईको त उल्लेखनै गर्नु पर्दैन । “हामी कसरी आफ्नो ग्रहमा बाँचिरहेका छौं” भन्ने साधारण शब्दमै सोच्दापनि जीवन फेरि सामान्य अवस्था छैन ।

पर्यावरणिय पतन त पहिले देखिनै नै छ यहाँ । प्रश्न यो हो कि यो केवल भयावह हुनेछ । वा साँच्चिकै आपत्तिजनक अवस्थामा पुग्ने छ । ब्यापक रुपमा प्रक्रितिका अनेक वस्तु लोप हुन्छ भन्ने बारेमा सोच्नुपर्छ । यो लोप हुने प्रक्रिया कसैको क्षमता र पहुँचभित्र छैन । गत केही दशकहरूमा किराहरुकै ७५ प्रतिशत जैवराशी वा जैविक परिमाण (बायोमास) हरायो। पचहत्तर प्रतिशत ? यसको मतलब कहिलेसम्म नासिंदै जाने ? मासिंदै जान दिने ?

सत्य यो हो कि साना साना समस्या, लोप र बिनाशले ठूलो दूर्घटना, क्षती निम्त्याउन सक्छ सक्छन् । कीराहरू मर्दछन् जसले गर्दा माथिल्लो माटो मार्दछ । त्यसले खाना चक्रलाई नष्ट गर्दछ । माहुरीहरू मर्दछन् । फूलहरू परागकण गर्ने जिव हुन्न । त्यो जिवपरिव्रित्ति प्रणाली (इकोसिस्टम) मा देखिन्छन् ।

हामीलाई थाहा छैन । एक संकीर्ण अर्थमा भन्नपनि सकिन्न । तर हामीलाई थाहा छ सत्यतथ्यको अर्थमा । यस ग्रहमा हामीले जाने अनुसार जीवन अविश्वसनीय रूपमा कमजोर तरिकाले बुनेको इकोसिस्टम बिना अस्तित्वमा रहन सक्दैन । कीराहरू, माहुरीहरू, महासागरहरू, चट्टानहरू र सम्भवतः ढिलो होस् वा चाँडो, प्रणाली आफैं नै दुर्घटनाग्रस्त हुनेछ । हामीलाई त्यो धेरै थाहा छ, यो निश्चित हो । महासागरहरू एसिडमा परिणत हुन्छन् । नदीहरू धुलोमा परिणत हुन्छन् । छिन्नभिन्न भएको पृथ्वीमा बालीनाली बढ्न सक्दैन।

अहिले त्यो भयंकर लाग्दछ । तर हामी आफैंले केवल मुश्किल सुरु गर्दै छौं । कठिनाई निम्त्याउँदै छौं । अब पतनको अर्को रूप आर्थिक पाटोलाई विचार गर्नुहोस् ।

मौसम परिवर्तनले विश्वलाई एक किसिमको विकराल आर्थिक चक्रमा फसाउँछ । थप अस्पतालहरू, विश्वविद्यालयहरू, विज्ञान प्रयोगशालाहरू, पुस्तकालयहरू, शहर वर्गहरूमा लगानी गर्नुको सट्टा हामी भर्खरको सबैभन्दा नयाँ आगजनी (मेगा-फायर), बाढी, विनाशको कारण नष्ट भएका मानिसहरूलाई पुनर्निर्माणको लागि पासोमा परेका छौं । त्यसकारण हाम्रो जीवनस्तर कहिल्यै सुधार हुँदैन । हामी पानीको ब्यापार गर्नुपर्ने अवस्थामा पुगेका छौं । हामी केवल एउटा ग्रहमा हाम्रो जीवनस्तर कायम राख्न सख्त प्रयास गरिरहेका छौं जुन प्रतिशोधात्मक र क्रोधजनक बनेको छ । जसले हाम्रो प्रणालीलाई बारम्बार नाश गर्दछ।

हाम्रो समाजमा जतिसुकै बचत भए पनि आगो, बाढी, भूकम्प, आँधीबेहरीले गुमाएको कुरालाई पुनर्निर्माणको लागि उपयोग गर्नुपर्दछ । अझ बढी, अझ राम्रो, नयाँ, सामाजिक अनुबन्ध विस्तार गर्दै सामाजिक प्रणाली विस्तार गर्दै लैजानुपर्छ र त्यसैमा बढि लगानी हुन्छ । हाम्रो जीवन स्तर बाहिर जान्छ । हामी लामो जिवन बाँच्न छैन । बरु खुशी, राम्रो, सुलभ, सहज र बढी शान्तिमय जीवन बाँच्नु छ । हामी विजयी भए पनि बाँच्ने त्यहि जिवन हो । प्रगति एउटा उमेर पुगेपछि एक खास उमेरकालागि रोकिन्छ ।

तर एउटा राम्रो परिदृश्य पनि छ । खराब पनि छ । अधिक यथार्थवादी के भने घातक, बर्बर र हिंसात्मक दमनको पाटो ।

विश्वव्यापी अर्थतन्त्र बिग्रँदै गइरहेको छ । वास्तवमा धेरैले याद गरेका छैनन् । धनीहरू मेगा-धनी भइरहेका छन् । तर ति संसारका निर्धनहरू औसत व्यक्तिले देख्छ । हरेक वर्ष विश्वव्यापी अर्थतन्त्रको हिस्सा कम र कम हुँदै गएको छ तिनमा । तसर्थ, तिनीहरू असन्तुष्ट, निराश, क्रोधित निरुत्साहित हुँदैछन् । र तिनीहरू जनौत्तेजकरुपमा फर्कन्छन् जसले तिनीहरूलाई घृणा गर्न सिकाउँछ । तिनीहरूको जीवन, स्वयं वा समाजहरूमा सुधार गर्नको सट्टा त्यस्तो उत्तेजक बन्नु यो समाजकालागि घातक हो ।

यो प्रवृत्तिलाई वास्तवमै बुझ्नको लागि अमेरिकाको बारेमा सोच्नुपर्छ । यो संसारको पहिलो गरीब धनी देश हो । केहि नयाँ र भयानक छ यहाँ । यो विश्वको सबभन्दा धनी देश हो । तर त्यो भ्रम हो । औसत अमेरिकी प्रभावकारी गरीबीमा बाँचिरहेका छन् । उनीहरू आफ्नो बिल तिर्न असमर्थ छन् । त्यसैले ऋणमा मर्दैछन् । यस्तो जीवन चिन्तित, निराश बनाउने र डरलाग्ने जिवन हो । त्यसैले अमेरिकीहरू जनोत्तेजनामा बदलिए जसले उनीहरूलाई ‘फेरि महान बन्छौ’ भनेका थिए । ती सब गर्नु भनेको घृणाको अमानविय रुप थियो । आज त्यहि पाग पनले फेरि आफ्नो जुलुसहरू सुरू गरिरहेको छ ।

के तपाई देख्नुहुन्छ अमेरिकामा कसरी आर्थिक पतनले काम गर्यो ? म यसलाई स्पष्ट बनाउँछु । औसत अमेरिकी आपतकालकाको लागिपनि केहि सय डलर निकाल्न सक्दैन । तिनीहरूको जीवन आयू, खुशी, वास्तविक आय, बचत सबै गिरिरहेको छ । तिनीहरूसँग मर्यादा, स्वतन्त्रता र उद्देश्यपूर्ण जीवन बाँच्ने कम अवसरहरू छन् । तिनीहरूले स्वास्थ्य सेवाका बिल, उनीहरूको घर वा तिनीहरूको बचत र आफ्नो जीवन र यस्तै अरू बीच छनौट गर्नुपर्ने छ ।

यसै बीचमा थोरै मुठीभर अमेरिकीहरू विचित्र धनी भएका छन् । बेजोस, गेट्स, र बुफेट सम्पूर्ण अमेरिकी शिक्षा बजेट भन्दा ति प्रत्येक बढी मूल्यवान छन् । समाजमा आफ्ना ति सबै चिज बच्चाहरुमा लगानी गर्नुभन्दा यहाँ एक ब्यक्तिको मूल्य बढि छ । तर मित्रहरु यो भनेको आर्थिक पतन हो । किनभने यी व्यक्तिहरू यति मूल्यवान छन् कि अचम्मका कुरा बाँकी अमेरिकाको शिक्षा, स्वास्थ्य सेवा, बाल हेरचाह, निवृत्तिभरण, वृद्ध हेरचाहमा लगानी गर्न पर्याप्त बाँकी छैन । त्यसैले अमेरिकासँग यी कुनै पनि कुरा छैन।

अमेरिकाको काममा हेर्नुस् । धनी झनै धनी हुन्छ । बाँकि सबैजना गरीब हुन्छन् । यसले समाजलाई मानिसका लागि आधारभूत चीजहरू प्रदान गर्न असक्षम बनाउँछ । जस्तै, स्वास्थ्य सेवा वा सेवानिवृत्ति । तर ती चीजहरू बिना, जीवन स्तर कहिले पनि उकास्दैन । र मानिस कहिल्यै धनी हुँदैनन् । जीवन केवल अलग हुन्छ । फरक हुन्छ । अमेरिका वास्तवमै एक सभ्य देश बन्न सकेन । वा यो ‘संस्कृति’ बाट टाढा रहेर गलत दिशामा गयो । एउटा जीवनशैलीकै रूपमा । यो भनेको सभ्यताको पतन वास्तवमै के हो भन्ने कुराको एक संकेत हो । यसको सामाजिक आर्थिक अंश एउटा क्रुर चक्र हो जसले राष्ट्रहरूलाई छोडिदिन्छ । एक पटक छोडिदिएपछि विश्व अत्यन्त गरीब बन्छ जसले कुनै पनि अर्थपूर्ण, योग्य वा साँच्चिकै मूल्यवान् चीजहरूमा लगानी गर्न सक्दैन । प्रगति पतनमा बदलिन्छ । एक अर्कामा स्वास्थ्य लगानी, सेवानिवृत्ति, सुरक्षा, विवेक, बुद्धि, शिक्षामा लगानी बिना मानिसहरूलाई पतनमा बदल्छ।

थोरै मुठीभर अमेरिकीहरू विचित्र धनी भएका छन् । बेजोस, गेट्स, र बुफेट सम्पूर्ण अमेरिकी शिक्षा बजेट भन्दा ति प्रत्येक बढी मूल्यवान छन् । समाजमा आफ्ना ति सबै चिज बच्चाहरुमा लगानी गर्नुभन्दा यहाँ एक ब्यक्तिको मूल्य बढि छ । तर मित्रहरु यो भनेको आर्थिक पतन हो ।

गरिबी, शक्तिहीनता र कुख्यातपना ईन्धनको फासीवाद, अधिनायकवाद, राष्ट्रवाद, ईश्वरतान्त्रिक राजनीति र राजनैतिक दमनका अन्य सबै प्रकारको हलुका गतिमा हुने सामाजिक आर्थिक पतनको बारेमा के भन्न सकिन्छ ? दरिद्र र हताश हुँदै गइरहेका मानिसहरुले आफूहरु भन्दापनि बढी शक्तिहीन र अनाथ, असहायलाई घृणा, अमानवीयतिर मोड्छन । तिनले अरुहरु र उनीहरुका समाजमा अपरिचितलाई त्यस्तो दिशातिर धकेल्छन् । अमेरिकामा ति मेक्सिको र ल्याटिनो हुन् । भारतमा मुस्लिमहरू । चीनमा युगुरहरू । बेलायतमा युरोपियनहरू । तर विषयवस्तु र ब्यवहार ठीक उस्तै उस्तै हो ।

यो संयोग होइन । यी देशहरू सबै राजनीतिक रूपमा ध्वस्त भएका छन् । विभिन्न प्रकारका राष्ट्रवाद, अधिनायकवाद, प्रत्यक्ष फासीवाद, प्रजातन्त्र, शान्ति र स्थिरताबाट टाढा छन् ति । यो एक सम्बन्धले हो । एउटा विश्वको बीचमा कुनै गरिब हुँदै गइरहेको छ । जबकि धनीले धेरै वा सबै लाभहरू लिइरहेका छन् । जसलाई सन् १९२० र ३० को दशकमा भएको सामाजिक-राजनीतिक उत्प्रेरणा निम्त्याउँदछ । अंमानवियता बढ्दो, अग्रणी चरमपन्थी आन्दोलन शुरु हुन्छ । प्रजातन्त्र, शान्ति र सहयोग सबैले काम गर्न छोड्छ ।

हामीले मौसम परिवर्तनमा लगानी गर्नुपर्ने यो उपयुक्त क्षण हो । तर कसैले धेरै गर्न सक्दैन । किनभने विश्वको धनी जो सुपर धनी बने तिनैले सबै लाभहरू कब्जा गरेका छन् । त्यसले ग्रह बचाउने दिशामा सबैलाई पूँजीरहित बनाएर छोडेको छ । यसको मतलव जलवायु परिवर्तनको नराम्रो परिदृश्यहरू जुन सुधार्नुपर्ने हो तिनमा चाबी लागेको छ । त्यसपछि निम्तिएको वातावरणिय समस्याले गर्दा विश्वव्यापी रूपमा व्यापक आप्रवासको समस्या निम्तिन्छ । हताश मानिसहरू थातथलोबाटै पलायन हुन्छन् । ति नयाँ फासिस्ट समाजहरूमा पुग्छन् । त्यो हलोकास्ट, युद्ध र अत्याचारको लागि एक एकतन्त्रियता हो । हो, वास्तवमै त्यो हुन्छ ।

यो सभ्यता पतन जस्तो देखिन्छ । कम्तिमापनि यसको एक सानो भाग हो यो । यो सन् २०२१ को नाटक होइन । यो महाद्वीपहरू मेगाफायरद्वारा बिग्रिएको छ । यो अमेरिकी प्रजातन्त्रलाई नष्ट गर्न खोज्ने रिपब्लिकन पार्टी हो । यो सबै शक्ति आफ्नो हातमा लिने र फासिवादी शक्ति अमेरिकादेखि भारत, चीन देखि यूरोपसम्म कब्जा जमाउने हुन् । यसमा जनावरहरूको सम्पूर्ण योगदानको कर छ । प्रजाति मात्र होईन कि मर्ने क्रममा सिंगो इकोसिस्टमहरू छ । ति पिंधमा झर्दै छन् वा पातालमा भासिँदै छन् । यो वैश्विक अर्थतन्त्रले बकबक गर्दैछ र टुक्रिएको छ । अवरुद्ध छ । धनीलाई अझ धनी बनाउँदैछ, असाधारण दरमा । तर सबैलाई विफल पार्छ जुन करिब सात अर्ब मानिससँग संवन्धित कुरा हो। यो एक अर्कामा हिंसापूर्ण हुने जिवनको भविष्यवाणी हो । यसले प्रकृति, जिवनशैली, हरेक कुरामा हमला गर्छ । चोट पुर्‍याउँछ । एक अर्कालाई चोट पुर्‍याएर, क्षती गरेर उपभोग गर्ने भैरहेको छ ।

यदि हामीले यो संसार कसरी नष्ट गर्‍यो भनेर सोच्न सकेनौं भने हामी अझ राम्रो संसार निर्माण गर्न सक्दैनौं । हरेक अन्त्य पनि एक शुरुआत हो।

यी सबै सभ्यता पतनका परिद्रिष्य हुन् । एउटा पाठ हो । यो औसत अमेरिकीको जिवन हो जो ऋणमा मर्दछ । केहि अज्ञात, अनुहारविहीन रिपब्लिकन पार्टीपक्षधरलाई हुनसक्छ जो आफैंलाई क्यान्सरले मार्न रोजाईको लागि छनोट गर्न सक्छ ताकि तिनीहरूको परिवारलाई घर प्राप्त हुन्छ । रोगी भएपछि घर पाइन्छ भन्ने मानसिकता । यो भारतीय हो जो अचानक आफ्नो मुस्लिम छिमेकीलाई चोर औंलो उठाएर हेप्छ, दबाउँछ । यो चीन र अमेरिकाको यातना शिविर हो । यो ब्रेक्सिट पक्षधर हो जसले युरोपमा आफ्ना पुराना साथीहरूलाई खिल्ली उडाउँछ । तर उनीहरूले कहिले पनि बुझ्दैनन् कि उनीहरूले त्यो फ्याक्ट्री र प्लान्ट निर्माण गरे र उनको सानो शहरमा स्क्वायर बनाए । यो कोआलाहरू (अष्ट्रेलियाको कोवाला भालु) हो साना खुट्टाले दौडँदै ज्वालाको भित्ताबाट उक्लिएर गगनचुम्बी महलको टुप्पामा पुग्न खोज्छ ।

र तपाईपनि त हुनुहुन्छ । चिन्ता र डरबाट भाग्दै यसकोबारे साँच्चै सोच्ने तपाईपनि हुनुहुन्छ । यसले एक भयानक र ठूलो अन्तको स्रिजना गर्छ । हुनसक्छ यो संसारले पनि समग्रमा यहि भोग्छ । यो पूर्ण रूपमा बुझ्न सकिन्छ । तर कोहीपनि यसको अन्तको बारेमा सोच्न चाहँदैन । र यी सबै कुरा सभ्यता पतन भएको संकेत हुन् ।

त्यसैले मेरो हात समात्नुस् र हामी यस सडक सँगै पार गरौं । नरम भएर एक अर्कालाई सहयोग गरौं । जब हाम्रो मांसपेशीहरू थकित हुन्छन् र धूलोले हाम्रा आँखामा भरिभराउ गर्छ त्यो बेला साथ दिउँ । हामी केवल उपत्यकाहुँदै समुद्री किनारमा पुग्न लागेका छौं । यदि हामीले यो संसार कसरी नष्ट गर्‍यो भनेर सोच्न सकेनौं भने हामी अझ राम्रो संसार निर्माण गर्न सक्दैनौं । हरेक अन्त्य पनि एक शुरुआत हो। प्रश्न के हो भने, केको अन्त्य हो ? हामीलाई एक अर्काको साथ चाहिन्छ । प्रिय साथीहरू, सायद त्यो फेरि यहिँबाट शुरु गर्नुपर्छ होला !

जुन २०२१

(मेडियम डेली डाईजेस्टमा प्रकाशित आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

हाकको अघिल्ला लेखपनि हेर्नुस्

महामारीबाट प्लेग जस्तो बन्दै छ कोबिड

बेलायतले विश्वलाई देखाउँदैछ, कोभिडको तेस्रो छाल कस्तो हुन्छ

आर्थिक फाईदाकालागि पूर्णरुपमा निर्मूल पारिने छैन कोरोना भाईरस

विश्वको सबैभन्दा असफल राज्य बन्ने तरखरमा बेलायत !

तपाइँको प्रतिक्रिया

फेसबुक