शुक्रबार, वैशाख ७, २०८१

कोरोना महामारीको भरपुर फाईदा धनाढ्यहरुले लिए, एकै वर्षमा थपिए ५० लाख करोडपति

नेपालप्लस संवाददाता२०७८ असार १७ गते १२:४७

Image credit- africacartoons.com/adeeko-olusegun-

कोरोना महामारीका बेला राज्य, समाज, नागरिक र खासगरि गरिबहरु मारमा परेजस्तो देखिएपनि धनीहरुले भने यसको ब्यापक फाईदा लिएका छन् । स्विजरल्याण्डका धनीहरु जसले आर्थिक लगानी गरेका छन् तिनले गत वर्ष (सन् २०२०) मा लगानी वा धनमा २८७ खरब डलर थप्न सफल भएका छन् । धनाढ्यहरुद्वारा लिईएको यो लाभले गर्दा धनी र गरिबबिचको दूरी झनै बढेको छ । धनीहरु झन धनी र गरिबहरु झन गरिब बनेका छन् ।

“सन् २०२० मा जति सम्पत्ती, धनराशी स्रिजना गरियो त्यसले विश्वले सामाना गरिरहेको चुनौतिहरुलाई सम्बोधन गर्न सकेन” वार्षिक ग्लोबल वेल्थ रिपोर्ट २०२१ मा उल्लेख गरिएको भन्दै स्विजरल्याण्डको दोस्रो ठूलो बैंक क्रेडिट स्विसको रिपोर्टमा जनाईएको छ ।

अचम्म के भने सन् २०२० को दोस्रो आधामा शेयरको मूल्य माथिल्लो मार्गमा पुग्यो । वर्षको अन्त्यसम्म रेकर्ड तहसम्म पुग्यो । भवन निर्माण बजार (हाउजिङ मार्केट) ले पनि विद्यमान आर्थिक योजना, आर्थिक बितरणबाट फाइदा लियो । किनकि घरको मूल्य धेरै वर्षदेखि बढेको थिएन । तर यो कोरोना कालको आर्थिक सहयोग, लगानी योजनापछि बढ्यो ।

सन् २०२० मा ल्याइएको कोरोना सहयोग, कोरोना आर्थिक प्याकेज र लगानीपछि विश्वमा ५० लाख थप ब्यक्ति त करोडपतीको तहमा पुगे ।

गत वर्षको अन्त्यसम्म स्विजरल्याण्डमा कुल सम्पत्ति १२ थोप्लो ५ प्रतिशतले वृद्धि भई ४१७ खरब डलर पुगेको छ । तर अमेरिकी डलरको तुलनामा स्विस फ्रान्कको करीव १० प्रतिशत मूल्यांकनले यो संख्या बढेको छ । गत वर्ष यस महामारीको कारण समग्र विश्वव्यापी सम्पत्ति सात थोप्लो ४ प्रतिशतले वृद्धि भई ४१८ थोप्लो तिन खरब डलर पुगेको छ ।

सन् २०२० को पहिलो तिन महिनामा महामारीले गाँजेपछि समृद्धिका लागि एकदम नराम्रो तस्विर देखिन्थ्यो जसले विश्वव्यापी स्टक बजारमा गिरावट ल्यायो । यो जनवरी र मार्चको बीचमा १७५ खरब सम्पत्ति नष्ट भयो । तर सरकारहरू र केन्द्रीय बैंकहरूको हस्तक्षेपले बजार बढाउन उत्प्रेरित गर्‍यो । वर्षको दोस्रो कालमा स्थिरता प्रदान गर्‍यो ।

मंगलबार सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा क्रेडिट सुइसले विश्वको सबैभन्दा धनी मूल्यवान व्यक्तिहरू बीच सम्पत्तीको निरन्तर बढोत्तरीका बारेमा चेतावनी दिएको छ ।

“शीर्ष एक प्रतिशत कुल सम्पत्ति स्वामित्व र विश्वव्यापी सम्पत्तिको उनीहरूको हिस्साको मामलामा उच्च धनाढ्य वयस्कहरू बढ्दो प्रभावशाली छन्” रिपोर्ट भन्छ ।

क्रेडिट स्विसको रिपोर्ट अनुसार सहस्राब्दीको सुरुदेखि विश्वका धनी व्यक्तिहरूको समूहले भोगेका विश्वव्यापी सम्पत्तिको अंश ३५ प्रतिशतबाट बढेर ४६ प्रतिशत पुगेको छ ।

गत वर्ष पहिलो पटक विश्वका सम्पन्न एक प्रतिशत ब्यक्तिको सूचीमा सामेल हुन १० लाख अमेरिकी डलर चाहिन्थ्यो ।

महामारीकालागि भनेर घोषणा गरिएको आर्थिक सहयोग, लगानी र परियोजना विश्वभर समानरुपमा बितरण, लगानी गरिएको छैन । किनभने आर्थिक रुपमा कमजोर देशहरुले सबैभन्दा नराम्रो प्रभाव भोग्नुपरेको छ ।

“धेरै उच्च आय भएका देशहरूमा आपतकालीन लाभ र रोजगारीका नीतिहरूले श्रम वा व्यवसायको आम्दानीलाई घटाएको थियो” ग्लोबल वेल्थ रिपोर्ट भन्छ “आयस्रोत बढाउन समर्थनको अभाव भएका देशहरूमा महिला, अल्पसंख्यक र युवा मानिसहरू जस्ता कमजोर समूहहरू विशेष रूपमा प्रभावित भएका थिए ।”

स्विजरल्याण्ड पनि जनसंख्याका हिसाबले विश्वको धनी देशमा पर्छ । यहाँ विश्वका धनाढ्य मध्ये करिब चार हजार एक सय जना छन् । यहाँपनि बढ्दो असमानताको मुद्दाले चिन्ताको विषय बनाएको छ । महामारीले धनी र गरिबको बिचमा विभाजन र कर प्रणालीलाई सन्तुलनमा राख्नुपर्दछ भन्ने सार्वजनिक बहसको विषय भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक