बिहीबार, वैशाख १३, २०८१

फ्रान्समा कोरोनाको चौथो छाल आउने वैज्ञानिकहरुको भनाई

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार १७ गते १६:४६

विश्वभर भारतीय स्वरुपको वा भारतीय उत्परिवर्तित कोरोना भाईरस (डेल्टा भेरियन्ट) को महामारी फैलिँदै गएका बेला फ्रान्सेली वैज्ञानिक सल्लाहकारहरुले फ्रान्समा कोरोना संक्रमणको चौथो लहर आउनसक्ने चेतावनी दिएका छन् ।

फ्रान्सको दक्षिणी क्षेत्रमा कोरोना भाईरस सुरक्षाका नियमहरु खुकुलो पार्ने वा हटाउने गरेका बेला स्वास्थ्य नियमहरु लगाएर सतर्कता नअपनाए फेरि चौथो लहरको सामाना गर्नुपर्ने भन्दै सरकारकै अग्रणी बैज्ञानिक सललहकारहरुले फ्रान्समा कोरोनाको चौथो लहर आ उनसक्ने चेतावनी दिएका हुन् ।

फ्रान्सले बुधवार दक्षिण पश्चिम क्षेत्रमा कोरोना भाईरसका प्रतिबन्धहरु हटाउने वा केहि दिन ढिलाईको निर्णय गरेको थियो ।

फ्रान्सेली सरकारका प्रवक्ता गेब्रिएल अटलले दक्षिण पश्चिम फ्रान्सको ल्याण्ड्स क्षेत्रमा डेल्टा भेरियन्टको उच्च उपस्थितिले गर्दा फ्रान्सले स्वास्थ्य प्रतिबन्धहरुलाई जुलाई ६ सम्म ढिलाइ गर्ने जनाएका छन् । त्यस क्षेत्रमा लगाइएको प्रतिबन्धहरूलाई त्यसपछि हटाउने उनले उल्लेख गरेका छन् ।

फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभियर भेरानले यस हप्ताको सुरुमा डेल्टा भेरिएन्टले फ्रान्सको कोभिड घटनाहरूको २० प्रतिशत प्रतिनिधित्व गर्ने बताएका थिए ।

“हामी महामारी पुनः सुरु हुने जोखिम लिन चाहँदैनौं । यसको मतलब आज राष्ट्रिय स्तरमा भइरहेको प्रतिबन्धात्मक उपायहरु सहज पार्न ल्याण्ड्सम्मा कम्तीमा जुलाई ६ सम्म प्रतिबन्धहरु बढाइएको छ” प्रवक्ता अटलले मेडियाहरुसित भनेका छन् “महामारीको चौथो छालबाट बच्न हामीसँग सबै कार्डहरू छन् । धेरै भन्दा धेरै व्यक्तिले कोभिड खोपहरू लगाएमा भाइरसलाई जालमा पारेर राख्न, भित्र छिर्न नदिन सकिन्छ ।”

फ्रान्सेली सरकारका अग्रणी वैज्ञानिक सल्लाहकार प्रोफेसर जँ फ्रँस्वा डेलफ्रेसीले पहिलेनै भनेका थिए “डेल्टा संस्करण प्रसारको अर्थ फ्रान्समा चौथो कोरोना तरंग आउने छ । यद्यपि अघिल्लो तीन छालहरू भन्दा कम्ती गम्भिर देखिने छ ।”

डल्फ्राइसीको चेतावनीमा सहमति जनाउँदै महामारीविद अर्नाउड फोंटनेटले समेत सेप्टेम्बर वा अक्टोबरमा कोरोना भाईरसको चौथो छालको अपेक्षा गरेको बताएका छन् ।

फ्रान्सेली स्वास्थ्य अधिकारीहरूले बुधवार कोरोना भाईरस संक्रमित २,४५७ नयाँ घटनाहरू रिपोर्ट गरेका छन् जुन ११ दिन पछि सबभन्दा बढी हो । सात दिनको संक्रमण दर हेर्दा दैनिक नयाँ संक्रमणको तेस्रो दिन १,८५४ पुगेर बढेको छ । त्यो आंकडा १० हप्ता अघि ४० हजार सीमाभन्दा माथि गएको थियो ।

फ्रान्समा कोरोना भाईरसबाट एक लाख ११ हजार भन्दा बढीको मृत्यु भएको छ । यो भनेको विश्वमा कोरोना भाईरसबाट मृत्यु हुनेमा फ्रान्स नवौं उच्चतम श्रेणीमा पर्छ ।

तपाइँको प्रतिक्रिया