शुक्रबार, वैशाख ७, २०८१

जर्मनीलाई बेलायतले हराएपछि राजकुमार ह्यारी र विलियमको संवाद

नेपालप्लस संवाददाता / बेलायत२०७८ असार १७ गते १७:४१

Image Credit-nation.lk

युरो कप च्याम्पियनसिपमा बेलायतले जर्मनीलाई हराएपछि लामो समयको मौनदा तोड्दै बेलायती राजकुमार ह्यारी र विलियमले खुशि साटासाट गरेका छन् ।

मंगलवार जर्मनी र बेलायतबिच भएको फूटबल भिडन्तमा बेलायतले जर्मनीनाई शुन्यका बिरुद्द दुई गोलले जितेको थियो । बेलायतले जर्मनीलाई हराएपछि ह्यारी र विलियम ‘टेक्ट म्यासेज (लिखित खबर मार्फत)’ खुशियाली साटासाट गरेको फ्रंस १ टिभीले आज बिहिवार सार्वजनिक गरेको छ ।

फ्रँस १ टिभी रिपोर्ट अनुसार राजकुमार ह्यारी र विलिमले फ्रान्स र जर्मनीको खेल भैरहेका बेला एक अर्काबिच सूचना आदानप्रदान गरिरहेका थिए ।

अंग्रेज टीमले जर्मनीलाई २-० ले पराजित गरेपछि राजकुमारी डायनाको प्रतिमाको अनावरण अगाडि उनीहरुबिच सम्पर्क सहज पार्न मद्दत पुर्‍याएको थियो ।

ह्यारीले आफ्नी श्रीमती मेघन मार्कलसँग शाही परिवारको एक वरिष्ठ सदस्यबाट बाहिरिएपछिशाही दाजुभाईबिचको संवन्ध धमिलिँदै आएको छ र उनीहरुबिच खासै आत्मिय संपर्क हुने नगरेको भनाई मेडियाहरुको छ ।

गत मार्चमा अ मेरिकी पत्रकार ओप्रा विन्फ्रेसित अन्तर्वार्ताका बेला ह्यारी र मेघनले शाहि परिवारमाथि अनेक आरोप लगाएर ‘बम’ प्रहार गरेदेखि शाहि परिवारमा तनाव अझ बढेको छ ।

एक शाही स्रोतलाई उल्लेख गर्दै फ्रंस १ टिभीले बेलायत र जर्मनीबिचको खेलको नतिजामा ह्यारी र विलियमले केहि सकारात्मक पाठ सन्देशहरू साटासाट गरेको जनाएको छ । “यो दुई जनाबिच सकारात्मक कुरा हो । कम्तिमापनि आफ्नी आमालाई आदर र सम्मान गर्ने हो भने ति दुई बिच भएको फूटबल नतिजाको खबर आदानप्रदान्पनि सहि दिशामा एक राम्रो पाईला हो” स्रोतलाई उल्लेख गर्दै टिभीले भनेको छ ।

प्रिन्स विलियम, केट मिडलटन र उनीहरूको जेठो छोरा प्रिन्स जर्ज लगभग ४० हजार समर्थकहरू भएको वेम्बली स्टेडियममा बेलायतको खेल हेर्न युरो २०२० को फुटबल प्रतियोगितामा सहभागी भएका थिए ।

राजकुमार ह्यारी क्वारेन्टाइनबाट बाहिर निस्केपछि सार्वजनिक उपस्थित जनाएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक